Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

मेयर र हाकीमबीच समन्वय नहुँदा नगरपालिकाको कामकाज ठप्प

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीको भँगाहा नगरपालिकाको कामकाज ठप्प भएको छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच समन्वयको अभाव हुँदा नगरपालिकाको कामकाज ठप्प भएको हाे ।

प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नआउँदा कार्यालयको दैनिक प्रशासनिक कार्यसहित अन्य महत्त्वपूर्ण कार्य ठप्प रहेको मेयरसंजीव कुमार साहले बताए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नहुँदा पानीको हाहाकार हुँदा समेत नगरबासीका लागि पानी व्यवस्थापन गर्न नसकेको, घरपालुवा जनावरहरुमा फैलिएको लम्पी स्किन रोगको औषधि खरिद लगायतको सेवाहरु ठप्प भएको बताए  ।

नगरपालिकामा मेयर र हाकिमबीच राम्रो सम्बन्ध नरहेको कारण नगर प्रमुख साहले 'आफ्नो नगरपालिकाको हाकिम हराएको भन्दै कोही कसैले भेटेमा जानकारी गराउनु हुन' भन्दै  सामाजिक सञ्जालमा आह्वान गरेका छन् ।

व्यङ्ग्यसहित नगर प्रमुखको पोष्टमा लेखिएको छ, ‘हाम्रो भँगाहा नगरपालिकाको कार्यकारी प्रमुख श्रवण कुमार साह १८ दिनदेखि अफिस नआएको साथै फोन समेत नलागेकाले कोही कसैले भेटेमा जानकारी गराउनु होला ।’ मेयर साहले फेसबुक मार्फत हाकिमको खोजी गरिरहँदा प्रमुख प्रशासकीय अधिकृत साह भने सरुवा खोज्दै सिंहदबारमा धाइरहेका बताइएकाे छ ।

कार्यालयका एक जना कर्मचारीका अनुसार नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत साहबीचमा आन्तरीक विवाद भएबका कारण उनी भँगाहाबाट सरुवा गराउन काठमाडौं धाइरहेका छन् ।

यता प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साह आफू साउन ११ र १२ गते जनकपुरमै स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कार्यक्रम सहभागी भएको बताउँछन् । उनले आफू मन्त्रालयबाट बिदा स्वीकृत गराएर निजी काममा व्यस्त रहेको बताएका छन् ।  प्रमुख प्रशासकीय अधिकृत साहले गत आइतबारदेखि आफू बिदामा रहेको र आन्तरिक विवादका कारण आफुलाइ बदनाम गर्न खाेजीएकाे बताए । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य समस्याका कारण प्रचण्ड सर्वदलीय बैठकमा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...

साइकलसँगै सडक किनारमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

रौतहट । रौतहटको गढीमाई नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान सडक छेउमा शव देखिएको सूचनापछि प्रहरी घटनास्थल पुगेको हो। जिल्...

पूर्वगृहमन्त्री गुरुङलाई क्लिनचिट, सम्पत्ति विवादमा समितिको प्रतिवेदन सार्वजनिक

​काठमाडौं । सम्पत्ति विवरण सार्वजनिक भएपछि विवादमा परेर गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङलाई सरकारद्वारा गठित छानबिन समितिले सफाइ दिएको छ। प...

रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन् ...

आजको कृषिउपजको थोक मूल्य सार्वजनिक, गाजर र च्याउ महँगो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार...

पाँचथरमा गुरुङ, तनहुँमा बाँस्तोला र बाँकेमा श्रेष्ठ निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्ल...

अवैध लागुऔषधसहित ११ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ...

ईश्वरी हत्याको अभियोगमा थप ३ जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतिया...

प्रतिनिधि विवादले रास्वपा उदयपुर अधिवेशन प्रभावित, निर्वाचन प्रक्रिया स्थगित

उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण स्थगित भएको छ। प्रतिनिधिको वैधतामाथि प्रश्न ...

संसदीय गतिरोधबीच रास्वपाको पहल, रविले बोलाए सर्वदलीय बैठक

​काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending