Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

तनहुँमा आँखा पाक्ने रोगको प्रकोप बढ्दो, विद्यालय बन्द

खबरडबली संवाददाता

तनहुँ । दमौली अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । तीन दिनको अवधिमा ५२ जना आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आएको अस्पतालले जनाएको छ ।  गत बिहीबार १४, शुक्रबार १३ र आइतबार २५ जना गरी ५२ जना बिरामी आँखा पाक्ने रोगबाट सङ्क्रमित भएको दमौली अस्पतालका नेत्र सहायक लक्ष्मी चौधरीले जानकारी  दिए ।ु

यसअघि दिनमा तीनरचार जना आँखा पाक्ने समस्याका बिरामी आउने गरे पनि तीन दिनदेखि सङ्ख्या बढेको उनले बताए । आँखा उपचारमा आउने बिरामीमध्ये झन्डै ५० प्रतिशत आँखा पाक्ने रोगका सङ्क्रमित हुने गरेको उनले जानकारी दिए ।  मुख्य गरेर एडिनो भाइरसका कारण आँखा पाक्ने प्रकोप बढेको पाइएको छ ।

उनले भने, “कतिपय व्याक्टेरिया र धुलोधुवाँका कारण पनि यस किसिमको समस्या हुने गरेको छ ।” सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने, आँखा रातो हुने, आँखामा कचेरा लाग्ने, आँशु बगिरहने र घाम वा उज्यालोमा हेर्न अप्ठयारो हुने यस रोगको मुख्य लक्षण भएको चिकित्सकहरुले बताएका छन् ।

एक हप्तादेखि बढीमा दुई हप्ताभित्र यो रोग निको हुन्छ । उनले भने, “महामारीअन्तर्गत सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ, सतर्कता अपनाउन जरुरी हुन्छ ।” उपचारमा आउने बिरामीको लक्षणका आधारमा औषधि दिई आराम गर्न बिरामीलाई सल्लाह दिइएको नेत्र सहायक चौधरीले बताए ।

चिसो बरफले आँखा सेक्ने, घाममा नहिँड्ने, भीडभाडमा नजाने र हिँड्डुल गर्नुपरेमा कालो चश्मा लगाएर हिँड्नेलगायतका सुझाव दिइएको छ । आँखा पाकेका बिरामीको आँशुबाट यो रोग सर्ने भएकाले घरपरिवारका अन्य सदस्यले बिरामीले प्रयोग गर्ने रुमाल प्रयोग नगर्ने, साबुन पानीले समय समयमा हात धोएर सतर्कता अपनाउन चिकित्सकले बताएका छन् । 

दुई विद्यालय बन्द  
त्यसैगरी आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि जिल्लाका दुई विद्यालयमा पठनपाठन बन्द गरिएको छ । शुक्लागण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालय बन्द गरिएको हो ।

खैरेनीटार माध्यमिक विद्यालय साउन आजदेखि यही साउन २४ गतेसम्म बन्द गर्ने निर्णय गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मोहनप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार वर्षे बिदाबाट कट्टा गर्नेगरी विद्यालय बन्द गर्ने निर्णय भएअनुरुप बन्द गरिएको सो विद्यालयले जनाएको छ ।

त्यसैगरी पञ्चमुनि माध्यमिक विद्यालयले साउन १९ गतेदेखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । साउन २४ गते विद्यालय संचालन गर्ने कि नगर्ने विषयमा संङ्क्रमण नरोकिए पुन: सूचना जारी गरी विद्यालय बन्द गर्न सकिने सो विद्यालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending