काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन र संसदीय समितिका सभापति चयनका गर्न पहल गर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र सत्ता पक्षका नेताहरुसँग छलफल गरेर संसदको अवरोध हटाउन र संसदीय समितिका सभापति चयनका गर्न पहल गर्ने निर्णय गरेको हाे ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । यस विषयमा आज दिउँसो एक बजे संसद बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले पनि शीर्ष नेताहरुसँग छलफल गर्दै छन् । यही छलफलबाट समस्याको समाधान हुने माओवादी केन्द्रको विश्वास लिएकाे माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
सदन सन्चालनका लागि सत्ता पक्षको मात्र नभइ प्रतिपक्ष पनि जिम्मेवार हुनुपर्ने उनकाे भनाइ छ । विभिन्न तहमा छलफल हुँदैहुँदै सभामुखले नै शीर्ष नेतालाई नै बोलाएकाे र त्यहाँ समस्याको समाधान हुन्छ भन्ने कुरामा माओवादी विश्वस्त रहेकाे उनले बताए ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरे पनि सरकारले त्यसको आवश्यकता नभएको जनाएको छ । सुन तस्करी प्रकरणमा राजश्व छलीसँग सम्बन्धित विषय राजश्व अनुसन्धान विभागले र संगठित अपराधसँग सम्बन्धित विषय सीआईबीले अनुसन्धान गरिरहेकाले त्यसबाटै निचोडमा पुग्न सकिने माओवादी नेता पाण्डेको भनाइ छ ।
यसक्रममा सुशासनका जति पनि विषयवस्तु पनि छन् त्यसमा निर्दोष व्यक्ति पर्दैनन् र दोषी व्यक्तिले उन्मुक्ति पाउँदैनन् भनेर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले र उप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बैठकमा भनेको पाण्डेले जानकारी समेत दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...
फाल्गुन २६ गते, २०८२ - १९:२६
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...
फाल्गुन २६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...
फाल्गुन २५ गते, २०८२ - २३:२४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...
फाल्गुन २५ गते, २०८२ - २२:२९
काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...
फाल्गुन २५ गते, २०८२ - २१:४०
काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...
फाल्गुन २५ गते, २०८२ - २१:३७
काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...



प्रतिकृया लेख्नुहोस्: