Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

आफ्नै घरकाे आठौँ तलाबाट किन हामफाले त न्युरोडका व्यापारी गुप्ता ?

खबरडबली संवाददाता

काठमाडौं । गत साउन १६ गते काठमाडौंको व्यापारिक केन्द्र न्युरोडआठौँ तलाबाट एक पुरुष अकस्मात् भुईंमा बजारिए । हरेक दिन चलायमान हुने न्युराेडका ५५ वर्षीय सञ्जय गुप्ता घरकाे आठाैतलाबाट हाम फालेका थिए ।

 बिहानदेखि राति १० बजेसम्म किनमेल गर्नेको भीड देखिने न्युराेडमा  दिउँसो साढे १ बजेको समयमा सडकमा सवारीसाधनको चाप नै रहेकाे भए पनि आकक्कमात गुप्ता सडकमा बजारीएका थिए ।

प्रहरी वृत्त जनसेवाको टोलीले गुप्तालाई तत्काल उपचारका लागि केही दूरी पर रहेको वीर अस्पतालमा पुर्‍याए पनि अस्पतालले गुप्तालाई मृत घोषित गर्‍यो । स्थानीयवासीले गुप्ता घरको छतबाट खसेको अनुमान गरेका थिए ।तर, प्रहरीको अनुसन्धानमा उनले आत्महत्या गर्न आफ्नै घरको आठौँ तलाबाट हामफालेको खुलेको छ । कपडा व्यापारी गुप्ताको न्युरोडमा आठतले घर र गैरीगाउँमा समेत अर्को घर छ ।

प्रहरी वृत्त जनसेवाका प्रमुख एवं डीएसपी भेषराज रिजालका अनुसार न्युरोडको घर गुप्ताले व्यापारिक प्रयोजनका लागि प्रयोग गरेका थिए । त्यही घरबाट हामफालेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको उनले बताए । प्रारम्भिक अनुुसन्धानले गुप्ताले आत्महत्या गरेको देखिएको र प्रहरीले थप अनुसन्धान गरीरहेकेा उनले बताए । हाल गुप्ताले प्रयोग गर्ने मोबाइल परीक्षणको लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाएका  डीएसपी रिजालले  बताए ।

परिवारका सदस्यले प्रहरीलाई दिएको जानकारीअनुसार गुप्ता केही समयअघिदेखि तनावमा देखिएका थिए । तर, के कति कारणले उनले ‘आत्महत्या’को बाटो रोजे, परिवारका सदस्य र प्रहरीले समेत कुनै ‘क्लु’ फेला पारेका छैनन् ।

आर्थिक समस्याका कारण गुप्ता तनावमा रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा जोगाउन खोज्दा एमालेमा जाँदैछ भनियो, अन्यायको मौन समर्थन गर्न सकिनँ : हरिबोल गजुरेल

काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...

मानुपातिक मतपरिणाम सार्वजनिक : कुन दलले कति मत पाए ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...

रास्वपाको दुई तिहाइमा ‘दुई सिट’को दूरी : यस्तो छ संसद्को नयाँ अंकगणित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...

सकियो समानुपातिकतर्फको मतगणना

काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE