Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

आफ्नै घरकाे आठौँ तलाबाट किन हामफाले त न्युरोडका व्यापारी गुप्ता ?

खबरडबली संवाददाता

काठमाडौं । गत साउन १६ गते काठमाडौंको व्यापारिक केन्द्र न्युरोडआठौँ तलाबाट एक पुरुष अकस्मात् भुईंमा बजारिए । हरेक दिन चलायमान हुने न्युराेडका ५५ वर्षीय सञ्जय गुप्ता घरकाे आठाैतलाबाट हाम फालेका थिए ।

 बिहानदेखि राति १० बजेसम्म किनमेल गर्नेको भीड देखिने न्युराेडमा  दिउँसो साढे १ बजेको समयमा सडकमा सवारीसाधनको चाप नै रहेकाे भए पनि आकक्कमात गुप्ता सडकमा बजारीएका थिए ।

प्रहरी वृत्त जनसेवाको टोलीले गुप्तालाई तत्काल उपचारका लागि केही दूरी पर रहेको वीर अस्पतालमा पुर्‍याए पनि अस्पतालले गुप्तालाई मृत घोषित गर्‍यो । स्थानीयवासीले गुप्ता घरको छतबाट खसेको अनुमान गरेका थिए ।तर, प्रहरीको अनुसन्धानमा उनले आत्महत्या गर्न आफ्नै घरको आठौँ तलाबाट हामफालेको खुलेको छ । कपडा व्यापारी गुप्ताको न्युरोडमा आठतले घर र गैरीगाउँमा समेत अर्को घर छ ।

प्रहरी वृत्त जनसेवाका प्रमुख एवं डीएसपी भेषराज रिजालका अनुसार न्युरोडको घर गुप्ताले व्यापारिक प्रयोजनका लागि प्रयोग गरेका थिए । त्यही घरबाट हामफालेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको उनले बताए । प्रारम्भिक अनुुसन्धानले गुप्ताले आत्महत्या गरेको देखिएको र प्रहरीले थप अनुसन्धान गरीरहेकेा उनले बताए । हाल गुप्ताले प्रयोग गर्ने मोबाइल परीक्षणको लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाएका  डीएसपी रिजालले  बताए ।

परिवारका सदस्यले प्रहरीलाई दिएको जानकारीअनुसार गुप्ता केही समयअघिदेखि तनावमा देखिएका थिए । तर, के कति कारणले उनले ‘आत्महत्या’को बाटो रोजे, परिवारका सदस्य र प्रहरीले समेत कुनै ‘क्लु’ फेला पारेका छैनन् ।

आर्थिक समस्याका कारण गुप्ता तनावमा रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending