काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्त ढङ्गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा मुलुक नयाँ नयाँ समस्याको दलदलमा भासिएको बिचार ब्यक्त गरेका छन् ।
आज काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले देशले भोग्नु परेको सम्पुर्ण समस्याको मुल जड सनातन धर्म,संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणाली भएको, हिन्दुधर्म अन्धबिश्वास,रुढीबादी र बिभेदमा आधारित छ,धर्म निरपेक्षता,गणतन्त्र र जातिय पहिचानमा आधारित संघीयता सम्पुर्ण रोग,भोक,अशिक्षा ,गरिबी र पछ्यौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत भएको जिकिर गरे ।
मुलुकमा हाल बिधमान संकट समाधान गर्न राप्रपा नेपाल सङ्ग बैकल्पिक मार्ग चित्र रहेको भन्दै थापाले सुशासनको माध्यमबाट आर्थिक बिकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्बर्द्धनबादको बैचारिक धरातलमा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने आबश्यकतामा जोड दिए ।
सुदृढ स्थानिय स्वायत्त शासन प्रणाली लागू गरि प्रदेश तहको संरचना तत्काल खारेजी गर्नुपर्ने आबश्यकता औल्याउदै थापाले आत्मसमर्पणबादी मानसिकताले गर्दा मुलुकको स्वाधीनता माथी गम्भीर प्रश्न चिन्ह उठिरहेको अबस्थामा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न छरियर रहेका सबै शक्ति एकै ठाउँमा आउनुपर्ने र त्यो बाताबरण निर्माण गर्न आफू कृयाशिल भईरहेको समेत बताए ।
सो प्रशिक्षणमा हिन्दुत्वको बिषयमा पार्टीका उपाध्यक्ष डाक्टर बिष्णु भण्डारी ,संगठन निर्माण सम्बन्धमा पार्टीका महामन्त्री राजाराम बर्तौलाले प्रशिक्षण दिनुभएको बिभागका प्रमुख सुशील श्रेष्ठले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १३:२२
काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...
फाल्गुन २७ गते, २०८२ - १३:२०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...
फाल्गुन २७ गते, २०८२ - १३:१७
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...
फाल्गुन २७ गते, २०८२ - १०:२५
काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...
फाल्गुन २६ गते, २०८२ - १९:२६
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...
फाल्गुन २६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...



प्रतिकृया लेख्नुहोस्: