सिन्धुली । सिन्धुलीमा पहिलो पटक व्यवसायिक प्याराग्लाडिङ उडान सुरु गरिने भएको छ । गत वैशाख १२ गते पहिलो पटक सफल परीक्षण उडान गरिए पछि साउन २२ गते सोमबारबाट व्यवसायिक प्याराग्लाडिङ उडान सुरु गरिने भएको हो ।
प्रयास होटल प्रालि कमलामाई नगरपालिका ६ रातमाटाले बागमति प्रदेशमै पहिलो पटक सिन्धुलीमा प्याराग्लाईडिङ ब्यवसाय सुरु गर्न लागेको हाे । कम्पनीले पाइलट दिल कुमार सुनवार, विक्रम सुनुवार र शंकर थापा मगर गरि ३जनाले उडान संचालन गर्ने नेत्र जंग थापाले जानकारी दिए ।
प्याराग्लाइडिङमा उड्नका लागि प्रति व्यक्ति ६ हजार ५ सय रुपैयाँ शुल्क तोकीएको छ । सिन्धुलीबासीको हकमा एक महिना सम्मको लागि १ हजार छुट गरी ५ हजार ५ सय तोकिएको थापाले बताए । प्याराग्लाइडिङको फ्लाइट अवधिको फोटो तथा भिडियो यसै शुल्क अन्तर्गत रहेको छ । प्याराग्लाइडिङ उड्ने ठाउँ सम्म पुग्नको लागि कम्पनीले सिन्धुलीमाढीको १ नं बजार, २ नं बजार, माझीटार, ढुंग्रेबास र धुराबजारबाट ल्याउने र पुर्याउने सुविधा समेत रहेको संचालक थापाले बताए ।
कम्पनीले प्याराग्लाइडिङको अवतरणका लागि जसेदमार, रातमाटा र धुराबजार लाई ल्याण्डिङ स्टेसन बनाएको छ । प्याराग्लाइडिङको टेक अफ साइट समुद्री सतहबाट ९ सय ७० मिटर उचाइमा छ । प्याराग्लाइडिङ टेक अफ साइट बाट करिब एक हजार मिटर माथि सम्म उड्नेछ । यस्तै प्याराग्लाइडिङको ल्याण्डिङ स्टेशन समुद्री सतहबाट ४ सय मिटरको उचाइमा रहेको छ ।
सिन्धुलीगढी हरिहरपुरगढी संगै र नागबेली बिपी राजमार्गले चर्चित सिन्धुली जिल्ला ३ वटा राजमार्गले छोएको जिल्ला हो । सिन्धुलीमा राजधानी काठमाण्डौँ र भारतको ठुलो शहर पट्ना लगायत अन्य जिल्ला जानको लागि सहज भएकाले महिनामा लाखौँको संख्यामा पर्यटकहरु सिन्धुली जिल्ला भएर आवात जावत गर्ने गर्दछन् । सोहि पर्यटकलाई सिन्धुलीमा आकर्षित गराउनको लागि पाराग्लाईडिङ मुख्य व्यवसाय हुने संचालक थापाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - २१:५८
काठमाडौँ । नेपालमा जलविद्युत उत्पादन भन्नासाथ ठूला बाँध, सुरुङ र उचाइबाट पानी खसाल्ने परम्परागत मोडेल सम्झिन्छौँ। तर, अब यो धारणा बदलिने संकेत देखिएको...
बैशाख ३ गते, २०८३ - २१:५०
पोखरा । हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । रौतहटको डुमरिया गाउँप...
बैशाख ३ गते, २०८३ - २१:४४
काठमाडौं । अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभाग...
बैशाख ३ गते, २०८३ - २०:१०
काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...
बैशाख ३ गते, २०८३ - २०:०१
बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...
बैशाख ३ गते, २०८३ - १९:५३
काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...
बैशाख ३ गते, २०८३ - १९:४२
काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...
बैशाख ३ गते, २०८३ - १९:२९
काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...
बैशाख ३ गते, २०८३ - १९:२८
काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...
बैशाख ३ गते, २०८३ - १९:१९
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...


प्रतिकृया लेख्नुहोस्: