Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

मध्य साउनमा मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

खबरडबली संवाददाता

जनकपुर । साउनको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रुपमा चिनिने मधेशप्रदेशभित्र धान दिवस अर्थात् असार १५ गतेसम्म ११ प्रतिशत मात्र धान रोपाइँ भएको थियो ।

समान्यतया रोपाइँ सम्पन्न भइसक्नुपर्ने समयमा आइपुग्दासमेत मधेसका आठ जिल्लामा समग्रमा लगभग ४१ प्रतिशत खेतमा रोपाइँ हुन नसकेको प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक कमलदेव कुशवाहाले जानकारी दिए । 

देशको कूल ग्राहस्र्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ । मधेश प्रदेशमा सबैभन्दा बढी धान नै उत्पादन हुुँदै आएको थियो तर एक दशकयतादेखि उत्पादनमा कमी हुँदै आएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार देशको कूल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन मात्रै यस प्रदेशमा हुने गरेको छ ।

प्रदेशका आठवटै जिल्लामा गरी कूल पाँच लाख ७४ हजार तीन सय ६० हेक्टर खेतीयोग्य जमिन रहेकामा चार लाख पाँच हजार चार सय ५० हेक्टर क्षेत्रफल धान रोपाइँयोग्य जग्गा रहेको छ । अहिलेसम्म मात्र दुई लाख ३८ हजार चार सय ४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन नसकेको प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक कुशवाहाले जानकारी दिए ।

यसपाली धनुषासहित मधेस प्रदेशको जिल्लामा लामो समयदेखि वर्षा नै नभएका कारण सिँचाइका लागि निर्मित नहरमा पानी नै आएको छैन । भूमिगत सिँचाइको वैकल्पिक व्यवस्था गरिएको क्षेत्रमा जसोतसो धान रोपाइँ भए पनि नहरबाट सिँचाइ हुने क्षेत्र साउनको दोस्रो साता बिते पनि सुक्खा छ ।

यस प्रदेशमा साना तथा ठूला सिँचाइका स्रोतसमेतलाई आधार मान्ने हो भने तीन लाख ५७ हजार सात सय ९३ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइको व्यवस्था रहेको कृषि निर्देशनालयले जनाएको छ । खडेरीले यसवर्ष मधेस प्रदेशमै धानखेती प्रभावित भएको छ । अधिकांश खेत सिँचाइको अभावमा बाँझै छ भने रोपाइँ भइसकेको खेत पनि सुकेर चिरा पर्न थालेको छ । 

बोरिङमा विद्युतीय मोटर जडान गरी रोपाइँ भएको खेतमा पनि पर्याप्त पानी नपुगेर बाली सप्रिन नसकेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ का किसान दिपो यादवले दु:खेसो गरे । “पाँच बिघा धानखेती गर्ने तयारी थियो, दुई बिघामा मोटरले पानी लगाएर रोपाइँ त गरेँ, तर खेतमा पानी जमिरहन सक्ने अवस्था छैन, बाँकी दुई बिघामा कहिलेसम्म रोपाइँ गर्ने हो भन्ने ठेगानै छैन”, धनुषाको धनुषाधाम नगरपालिकाका किसान फुलगेन महतोले भने । 

प्रदेश कृषि निर्देशनालयको तथ्याङ्कअनुसार मधेस प्रदेशमै सबैभन्दा बढी रोपाइँ सप्तरीमा भएको छ । सप्तरीमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ भने धनुषामा जम्मा २७ प्रतिशत रोपाइँ भएको कृषि निर्देशनालयका निमित्त निर्देशक कुशवाहाले जानकारी दिए ।

कुशवाहाका अनुसार बारामा ७५, रौतहटमा ७०, महोत्तरीमा ६० र पर्सामा ५५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सर्लाही र सिरहामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ । धान उत्पादनको दृष्टिकोणले मधेसको सबैभन्दा बढी धान फल्ने जिल्लाको रुपमा धनुषा चिनिन्छ । 

प्रदेश कृषि निर्देशनालयको रेकर्ड अनुसार सबैभन्दा बढी धनुषा र सबैभन्दा कम रौतहटमा धान उत्पादन हुने गरेको छ । धनुषामा दुई लाख ५१ हजार एक सय ८६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ । रौतहटमा एक लाख ३४ हजार सात सय ६० मेट्रिक टन, बारामा दुई लाख ४८ हजार छ सय ६३ मेट्रिक टन, पर्सामा एक लाख ९१ हजार नौ सय २५ मेट्रिक टन, सप्तरीमा एक लाख ८३ हजार आठ सय ८८ मेट्रिक टन, सर्लाहीमा एक लाख ७३ हजार छ सय १८ मेट्रिक टन, सिरहामा एक लाख ७२ हजार एक सय ७६ मेट्रिक टन र महोत्तरीमा एक लाख ३८ हजार आठ सय २९ मेट्रिक टन धान उत्पादन हुने अनुमान निर्देशनालयको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending