Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्न भुटानको चासो

खबरडबली संवाददाता

रुपन्देही । बौद्ध धर्मावलम्बीहरु धेरै रहेको भुटानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानको अनुमति मागेकाे छ । अहिलेसम्म काठमाडौंबाट मात्र उडान भरिरहेको भुटानले बुद्ध जन्मस्थल रुपन्देहीमा रहेको यो विमानस्थलबाट उडानको अनुमति मागेको हो ।

भुटानले अनुमति मागे सँगै लामो समयदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निराश स्थानीयलाई भने खुसी बनाएको छ । ०७९ जेठ २ गतेबाट संचालनमा आएको यो विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि स्थानीयलाई निरास बनाएको थियाे । सातामा तीन उडान गरिरहेको जजिरा एयरलाइन्सले भैरहवामा केही समययता आफ्नो उडान स्थगित गरी काठमाडौं केन्द्रित गरेको छ । हिमालय एयरले पनि उडान रोकेको महिनौं भएको छ । लामो समय विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल उडानबिहीन हुँदा निजी क्षेत्रमा चरम निराशा छाएकाे छ । भुटानले नियमित उडान गर्यो भने राहत मिल्ने व्यवसायीहरु बताउँछन् ।

गौतमबुद्ध विमानस्थललाई लक्षित गरेर निजी क्षेत्र भैरहवा र आसपासमा अर्बौं लगानी गरेका छन् । भुटानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडानको प्रस्ताव गरेको छ । भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको ‘भुटान सिभिल एभिएसन अथोरिटी’ले भैरहवा र पोखराबाट उडान अनुमति मागेपछि अर्र्बौ लगानी गरेको निजी क्षेत्र उत्साहित बनेको छ ।

भुटानले उडान अनुमति माग गरेर गत शुक्रबार नेपाल नागिरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पत्र पठाएको हो । नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिन कुनै प्राविधिक समस्या नरहेको प्राधिकरणले जनाएको छ । भुटानी वायुसेवाले नेपालमा दशकौंदेखि उडान भर्दै आइरहेकाले छ ।

दुई देशबीच एक दशकअघि वार्षिक २ लाख १८ हजार सिटका लागि हवाई सम्झौता भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल भुटानका दुई अन्तर्राष्ट्रियसहित ३० वटा वायुसेवाले उडान भर्दै आएका छन् ।

नेपालका नयाँ सहरमा सिधा उडान हुँदा ठूलो संख्यामा बौद्धमार्गी पर्यटक लाभान्वित हुनसक्ने भुटानको आकलन छ । चाँडो अनुमति दिलाउन र सहजीकरण गर्न भुटानको सम्बन्धित मन्त्रालयले भनेको छ । भुटानले यी दुई रुटमा हुने अन्तर्राष्ट्रिय उडानले नेपाली र भुटानीबाहेक अरू मुलुकका पर्यटकका लागि पनि सहज हुने पत्रमा उल्लेख गरेको छ ।

लामो समयदेखि यो विमानस्थललाई पूर्ण रुपमा संचालनका लागि माग गर्दै आएका पर्यटन व्यवसायी र निजी क्षेत्रले अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले उठानको चासो राखेपनि सरकारले आवश्यक वातावरण तयार नगरेको र क्यान आफै यसका लागि सहज नभएको गुनासो गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending