काठमाडौं । मारवाडी सेवा समितिले २० वर्षदेखि प्रयोग गर्दै आइरहेको पशुपतिस्थित गौशाला धर्मशालाको जग्गाको सम्झौता खारेज गर्दै भाडा पुनरावलोकन गरी पुन: सम्झौता लागि १५ दिनको म्याद दिइएको छ ।
बुधबार बिहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले सो निर्णय गरेको हो ।
मारवाडी सेवा समितिले २०६० जेष्ठ ९ गतेबाट क्षेत्र विकास कोषको गौशलामा रहेको ९ रोपनी १४ आना जग्गा वार्षिक ५१ हजारमा प्रयोग गर्दै आइरहेको थियो । कोष सञ्चालक परिषद्को २०६० जेठ ९ गतेको निर्णयअनुसार पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि त्यसै वर्ष जेठ १२ गते सम्झौता भएको थियो । कोषसँग गरिएको भनिएको समितिलाई कहिलेसम्म सञ्चालन गर्न दिने सम्झौता, कति भाडा दिने भन्ने समेत उल्लेख छैन ।
कौडीको भाउमा भाडा लिई उक्त जग्गामा मारवाडी सेवा समितिले धर्मशाला सञ्चालन गर्दै आइरहेको छ । धर्मशालको नाममा शुल्क समेत लिँदै आएकोले जनस्तरमा यसको चर्को विरोध भइरहेको बेला क्षेत्र विकास कोषले भाडा पुनः मूल्याङ्कन गरी सम्झौता गर्न १५ दिनको म्याद दिने निर्णय गरिएको पर्यटन मन्त्रालय स्राेतले जानकारी दियाे ।
२० वर्षको अन्तरालमा कोषले पटक पटक सम्झौता नवीकरण गर्न आग्रह गर्दा समाजले अटेरी गर्दै आएको थियो ।क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रचलित कानुन,अख्तियार अनुसन्धान आयोगको निर्देशन र सर्वोच्च अदालतको फैसलाको आधारमा समय सापेक्षा सम्झौता र दिर्घकालीन समस्या समधानका लागि आजसम्मको सम्झौता खारेज गर्ने निर्णय गरेको बताइएकाे छ ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान र सर्वोच्च अदालतले समेत भाडा पुन: नवीकरण गर्नु भनेर निर्णय गरेको थियो । त्यति मात्र होइन संसद्को सार्वजनिक लेखा समिति, सतर्कता केन्द्र र महालेखा परीक्षकको कार्यालयले कोषको हित प्रतिकूल रहेको सम्झौता रद्द गर्न निर्देशन दिएको थियो ।
तर विभिन्न बहानामा मारवाडी सेवा समाजले उक्त निर्णय कार्यन्वयन गर्न आलटाल गरिरहेको थियो । समितिले एकातिर लामो समयदेखि सम्झौता नविकरण आनाकानी गर्दै आएको थियो भने अर्कोतर्फ अर्कोतर्फ सम्झौताभन्दा बाहिर गएर मापदण्डविपरीत आफूखुसी नयाँ संरचना थप्दै लगेको थियो ।
थपिएका सरंचना हटाउन कोषले गत वर्ष कार्तिकमा ३५ दिनको अल्मिेटम दिएको समेत दिएको थियो । ३५ दिने म्याद पुरा हुँदा पनि समितिले संरचना नहटाएपछि कोषले भत्काउन थालेको थियो । संरचनाहरु हटाउने क्रममा माडवाडी समुदायबीच भनाभन भएपछि हटाउन पछि हटेको थियो ।
समितिले धर्मशाला परिसरमा २० सटर भाडामा लगाएर महिनाको लाखौं भाडा असुल्ने गरेको छ । धर्मशालामा बस्नको लागि २७० वटा कोठाहरु समेत रहेका छन् । उक्त कोठाहरु समेत प्रतिकोठा ४ सय देखि एक हजार रुपैया सम्म लिने गरेको छ ।
यसअघि कोषले भने रकमबारे समेत पुन: सम्झौता गर्न कोषले पटकपटक समितिलाई ताकेता गर्दा माथिल्लो निकायको हस्तक्षेपले सम्झौता नवीकरण हुन नसकेको बताउँदै आएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: