Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

दुस्मनले बाक्सिलामा हालेको ‘सी’ आकारको घेरा तोड्दा

सोनाम सज्जन किराती

रावाखोला र तापखोलापारिका भूगोल पुग्न बाँकी थियोे । संवत् २०६४ को दसैंलगत्तै लक्ष्मण राई ‘सागर’ र सीता राईसँगै उँभोखोलातिर लाग्यौं । यात्रामा पंक्तिकार, सागर, सीता राई (सागरकी श्रीमती) र उनीहरूका छोरा निश्चल थियौं । भाउजूले निश्चललाई कोक्रोमा बोकेकी थिइन् ।

च्यास्मिटारबाट हिँडेको तीन दिनमा बाक्सिला बजार पुग्यौं । बाक्सिलामा तीन दिन सँगै बितायौं । मलाई त्यस क्षेत्रको पार्टी सम्पर्कका केही व्यक्तिमार्फत पार्टी कामबारे ‘मुभ’ गर्ने योजना सुनाए । सागर श्रीमती सीतालाई माइती दोभाने भोजपुर पुर्याउनेगरी कार्यक्षेत्रमा हिँडेका थिए । साता दिनपछि फर्कनेगरी सागरदम्पती र छोरा दोभाने भोजपुरतिर लागे । सागर र सीता भाउजू सहिद परिवारका सदस्य हुन् । सागरको काइँला भाइ सुकराज राई ‘विधान’ जनमुक्ति सेनाको प्लाटुन कमान्डर थिए । उर्लाबारी मोरङमा तात्कालिक शाही सेनासँगको भिडन्तमा सहिद भए । उता भाउजूकी सहोदर दिदी पनि जनयुद्धकी सहिद हुन् ।

म साता दिनसम्म बाक्सिलामै बसें । पार्टीसम्बद्ध र स्थानीयसँग चिनजान र भलाकुसारीमा व्यस्त रहें । बजारमा मुना तामाङ, कुमार परियार, मौलकुमार राई, संगीता राई, रणबहादुर राई, कोमल रिमाल, भुवन निरौला, चन्द्र परियार र विमल राई ९खाद्यान्न कार्यालय बाक्सिलामा कार्यरत राई मेरो गाउँ दाम्लीकै काका०सँग भलाकुसारी गरें ।

बाक्सिला बजार तल्तिर रावापट्टि ९ गैरीगाउँ र पीपलडाँडा पर्छ । दुर्गाबहादुर राई (साइनोले सोल्टी पर्ने) र पदम राई छिमेकी हुन् । राईद्वयको गाउँदेखि अझै तल खड्गबहादुर तामाङ, गोपाल तामाङ, टेकु तामाङ र पीपलडाँडामा रहेको निम्नमाध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम अधिकारीसँग पनि भेटघाट भयो ।

पार्टी कार्यालयले हाम्रो कार्यक्षेत्र त्यता तोकेको थियो । नयाँ भूगोलमा पार्टीको काम गर्न पाउँदा असाध्यै खुसी लागेको थियो । कमरेड सागरले सो क्षेत्रमा पहिल्यै भूमिका निर्वाह गरिसकेका थिए । पार्टीले त्यस क्षेत्रलाई जनयुद्धको आधार इलाका घोषणा गरी विशेष जिल्ला बनाएको थियोे ।

म बाक्सिलाको गैरीगाउँमा छु । सिर्जना तोलाङ्गे ‘एकता’ (निर्मलीडाँडा) र नौसरी राई ‘सावित्रा’ (च्यास्मिटार) यही ठाउँमा ढलेको सुनेको थिएँ । त्यस घटनामा लक्ष्मी तामाङ ‘ज्ञानु’ (खार्मी) पनि परेकी थिइन् । ज्ञानुले गैरीगाउँ घटनाबारे यसरी सुनाएकी थिइन्– दिक्तेलबाट आएका दुस्मनले हामीलाई अघिल्लो दिनदेखि पिछा गरिरहेको चाल पायौं । हामीले उच्च सतर्कता अपनायौं । दुस्मनले हामीलाई ‘सी’ आकारले घेरामा पारिसकेका रहेछन् । रोलकल सकेर हिँड्ने तयारीमा थियौं । बाकाचोलको हरिसे पुग्नु थियो । त्यहाँ क्षेत्रीय स्तरको प्रशिक्षण बैठक थियोे । नम्रता र म (ज्ञानु) रुट कमान्डर थियौं । हामी बाटो लाग्यौं । बाटो लागेको पाँच मिनेटमै दुस्मनले कमरेड रक्तिमले बोकिरहेको झोला च्याप्प समाते । उनी झोला छाडेर फुत्किन् । उनले सिमसिम–सिमसिम भन्दै कोड भाषा बोलिन् । सिमसिम–सिमसिम भनेको सेना आयो भन्ने सांकेतिक भाषा थियो । नम्रता, म र (मेरो म ज्ञानुको) स्टाफ पनि सिमसिम–सिमसिम भन्दै दौडियौं । रोलकल सकेर हिँडेको समूहमा जनसेनाका तीन प्लाटुन टुकडी, पार्टी सीसीएम सुरेशकुमार राई ‘हिमाल’, जिल्ला सेक्रेटरी पुण्यबहादुर मगर ‘हिरण्य’, जिल्ला सचिवालय सदस्य सिर्जना तोलाङ्गे ‘एकता’ थिए ।

दुस्मनले ‘ब्रस फायर ओपन’ गर्यो । दुस्मन र हामीबीचको दूरी २५ मिटरजति थियो । एकता, सावित्रा, केशरी ढकाल ‘प्रमोद’, मेनुका तामाङ ९उदयपुर० र स्थानीय थिरबहादुर अधिकारी ९लाटो० दुस्मनको गोली लागेर ढले । बालबाल जोगिएका हामी रावाखोला तरेर राखा हुँदै लिदिङखोला तर्यौं । दिम्माको उकालो उक्लेर हरिसे पार्टी सम्पर्कमा पुगेपछि पार्टीलाई बाक्सिला घटनाबारे जानकारी दियौं ।

बाक्सिला रहँदा कमरेड ज्ञानुले सुनाएको गैरीगाउँ घटनाले घोचिरह्यो । साता दिनपछि सागर बाक्सिला आइपुगे । उनले भाउजु र निश्चललाई सप्तेश्वरसम्म पुर्याएर फर्केका थिए । लगत्तै छिरिङ सर ९बाक्सिला बजारमा भन्दा माथि०को घरको माथिल्लो तलाको बरन्डापट्टिको एक कोठा पार्टी कार्यालयका लागि व्यवस्थापन गर्यौं । पार्टी गतिविधि अर्थपूर्ण र चलायमान बनाउन कार्यालयले सघाउ पु¥यायो । तोकिएको क्षेत्रको जिम्मेवारीमा व्यस्त रह्यौं । सप्तेश्वरबाट संगठन निर्माण, भेटघाट सुरु गरेर बाक्सिला, बासपानी, खार्तम्छा, फेदी हुँदै सुङ्देलसम्म पुग्यौं ।

सागरले पार्टीको क्षेत्रीय व्युरो कार्यालयमा रहेर काम गरिसकेका थिए । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पूर्वी कमान्ड इन्चार्जको भूमिका सम्हालेपछि उनले कमान्ड हेडक्वार्टरमा रहेर पार्टीको जिम्मेवारी पाए । उनी वर्ष दिनजति बादलको स्टाफ भए ।

तीन महिना सँगै काम गरेपछि सागर घर फर्के । घर गएका उनी कार्यक्षेत्र फर्केनन् । उनी निष्क्रिय रहे । उनी सेक्रेटरी थिए । सागर घर फर्केपछि दीपक पाण्डे ‘आकाश’ आए । उनी एरिया पार्टी इन्चार्जको जिम्मेवारीमा आएका थिए । यो पहिलो संविधानसभा निर्वाचनअघिको कुरा हो ।

सागर र आकाशसँग काम गर्दा मेरो कार्यक्षेत्र १ नम्बर एरियामात्रै थियोे । आकाश र होमप्रसाद आचार्य ‘विनोद’ आएपछि मेरो भूमिका थपियो । मलाई वाईसीएल खोटाङले तीन एरिया इन्चार्जको भूमिका दिएको खबर आकाशबाट थाहा पाएँ । त्यतिबेलाको पार्टी संरचनाअनुसार १ नम्बरमा आकाश, २ नम्बरमा दीपक तामाङ ‘बादल’, ३ नम्बरमा सीताराम अधिकारी ‘भूमि’ र ४ नम्बरमा ‘विनोद’ इन्चार्ज थिए । मलाई १, २ र ४ नम्बर एरियाको वाईसीएल इन्चार्जको भूमिका दिइएको थियो ।

१ नम्बर एरियाअन्तर्गत सुङ्देल, बाक्सिला, दारेगौंडा सप्तेश्वर, बासपानी, खार्ताम्छा र फेदी पथ्र्यो । महेश्वरी रिब्दुङ, जलेश्वरी सिम्ले, ऐंसलुखर्क, बाकाचोल, राखा र दिप्सुङ २ नम्बरमा पथ्र्यो । खार्पा, लामीडाँडा, धारापानी, ज्यामिरे, दुबेकोल, माक्पाबाहेक खोटाङको उत्तर–पूर्वका साबिक सबै गाविस ३ नम्बरमा पथ्र्यो भने ४ नम्बर एरियामा तापखोलावारि दिक्तेलतर्फका पाथेका, खार्मी, जाल्पा, हौंचुर र कुभिण्डेसम्म पथ्र्यो । उल्लिखित तीनवटै एरियामा वाईसीएलको संगठन लोभलाग्दो बनाएयौं ।

१ नम्बर एरियाका वाईसीएल अध्यक्ष लक्ष्मण राई तेक्वान्दो खेलाडी थिए । नवीन राईले २ नम्बर एरियाका अध्यक्षको भूमिका निर्वाह गर्थे । ४ नम्बरको अध्यक्ष चयनका लागि भेला गर्नै बाँकी थियोे ।

पहिलो संविधानसभा निर्वाचनमा जुट्नुपर्ने भयो । खोटाङ इन्चार्ज रामकुमार राई ‘पासाङ’ खोटाङ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बने । म निर्वाचनका लागि खटिएँ । पासाङ ०६५ चैत २८ गते संविधानसभा सदस्यमा निर्वाचित भए । संविधानसभा निर्वाचनपछि जिल्ला पार्टीको पहिलो बैठक बुइपाको बसेरीमा रहेको धनपति भट्टराईको घरमा बस्यो । ०६६ जेठ ३ गते बसेको बैठकले म (सोनाम सज्जन किराती)लाई माओवादी जिल्ला कमिटी सदस्यमा मनोनीत गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...

नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको स्थिरता, किसान मारमा

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...

थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...

नेपालमा समानुपातिक प्रणाली स्थापनामा माओवादी जनयुद्धको भूमिका

नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: