Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

हाडनाता सम्बन्धको असरबारे बोल्दा अधिवक्ता शीतल पाण्डेविरुद्ध जाहेरी दर्ता

तामाङ, मगर समुदाय आन्दोलित, संसदमै पुग्यो विवाद

खबरडबली संवाददाता

काठमाडौं । अधिवक्ता पाण्डेको अभिव्यक्तिले आफूहरूको आत्मसम्मानमा ठेस पुगेको भन्दै नेपाल तामाङ घेदुङले जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दरखास्त दिएको छ ।  जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८, मुलुकी अपराध संहिता २०७४ विपरीत कसुर गरेको भन्दै जाहेरी दर्ता भएको हो । 

जाहेरीमा पाण्डेसँगै कार्यक्रम प्रस्तोता दिक्पाल कार्की र कार्यक्रम प्रशारण गर्ने टेलिभिजन प्राइम टाइम टिभीलाई विपक्षी बनाइएको छ । अधिवक्ता पाण्डेको अन्तर्वार्ता सार्वजनिक भएपछि आन्दोलित बनेको तामाङ, मगर समुदायका विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरिनुपर्ने बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै नेपाल मगर संघले भनेको छ, ‘मगर समुदायमा मामाकी छोरीलाई साली र फुपूको छोरालाई भेना भनिन्छ । मामा चेली, फुपू चेलाबीचको साइनो कुनै समुदायमा दाजु बहिनी होला, तर मगर जातिमा सालीभेना नाता हुन्छ र विवाह पनि गरिन्छ । यदि यो सम्बन्धमा विवाह गर्नै हुन्न भन्न खोजिएको हो भने पनि बहु जातीय, बहु धार्मिक देशमा भएको विविधताको घोर अपमान गरिएको छ ।’

विज्ञप्तिमा टेलिभिजनबाट अन्तरवार्ता हटाइनुपर्ने तथा अधिवक्ता पाण्डेले माफी माग्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै विभेदकारी कानुन खारेजी संघर्ष समितिका संयोजक मुक्तान थेवाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सिंगो समुदायलाई नै अपराधी उत्पादन गर्ने आपराधिक समुदायको रुपमा तामाङ, मगर समुदायलाई व्याख्या गरेकी छन्, जुन अधिवक्ता पाण्डेको अमानवीय र आपराधिक मनोविज्ञानको उपज हो । उक्त अभिव्यक्तिलाई मुस्लिम, मगर र तामाङ समुदायको आत्मसम्मान र संस्कृतिबारे जनमानसमा बिल्कुल गलत र भ्रामक सूचना एवं सन्देश प्रवाह भएको छ ।’

अधिवक्ता पाण्डेले कुनै समुदायलाई चोट पुग्ने गरी बोल्ने आफ्नो नियत नभएको भन्दै सार्वजनिक रूपमा माफी पनि मागिसकेकी छन् । तर, माफीले नपुग्ने भन्दै जाहेरी दर्ता गरिएको हो ।

संसदमै पुग्याे विवाद

बुधबार भएको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सुशीला थिङ र एमाले सांसद ईश्वरी घर्ती मगरले अधिवक्ता पाण्डेमाथि कारबाही गरिनुपर्ने आवाज उठाएका थिए । अधिवक्ता पाण्डेले तामाङ, मगर लगायत समुदायको आत्मसम्मानमा चोट पुगेको अधिवक्ता थिङको भनाइ थियो । उनको अभिव्यक्तिले आफ्नो मन सुन काण्डले भन्दा ज्यादा पोलेको  बताएकी थिइन् ।

उनले टेलिभिजन कार्यक्रम सञ्चालक दिक्पाल कार्की र अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गरिनुपर्ने बताएकी थिइन् ।

त्यस्तै सांसद घर्ती मगरले पाण्डेले पाण्डेको अभिव्यक्तिले आफ्नो समुदायमा गम्भीर आघात पुगेको भन्दै  अधिवक्ताको लाइसेन्स खारेज गरेर कानूनी कारबाही गराउन माग गरेकी थिइन् ।

अधिवक्ता पाण्डेले के भनेकी थिइन् ?

प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘मुस्लिम, मगर, तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुँदो रहेछ । यस्तो विवाहले जीनमा खराबी उत्पन्न गर्छ । नजिकको सम्बन्ध पशुमा पनि बारिन्छ ।’ जीनको पनि आपराधिक कर्ममा भूमिका हुने भएकाले अहिले चलिआएको कानून सुधार्न आवश्यक रहेको उनले औँल्याएकी थिइन् ।

नेपालको कानूनले हाडनाता सम्बन्ध वर्जित गरे पनि प्रथा र परम्पराअनुसार चलिआएको समुदायमा छुट दिइएको पाण्डेको भनाइ थियो ।

उन भनेकी छन्, ‘क्रिमिनल लमा क्राइम कसरी बढ्छ भन्दा कहिलेकाहीँ जीनका कारण पनि आपराधिक क्रियाकलाप भइरहेको हुन्छ भनिन्छ । यो अध्ययनको विषय पनि हो । कुनै समुदायमा दाजु बहिनीमा विवाह हुँदा कट्टरवादी, एक लाइनको सोच्ने जिनको विकास हुँदो रहेछ ।’ विवादमा परेपछि पाण्डेको अन्तरवार्ता युट्युबबाट हटाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending