Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

हाडनाता सम्बन्धको असरबारे बोल्दा अधिवक्ता शीतल पाण्डेविरुद्ध जाहेरी दर्ता

तामाङ, मगर समुदाय आन्दोलित, संसदमै पुग्यो विवाद

खबरडबली संवाददाता

काठमाडौं । अधिवक्ता पाण्डेको अभिव्यक्तिले आफूहरूको आत्मसम्मानमा ठेस पुगेको भन्दै नेपाल तामाङ घेदुङले जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दरखास्त दिएको छ ।  जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८, मुलुकी अपराध संहिता २०७४ विपरीत कसुर गरेको भन्दै जाहेरी दर्ता भएको हो । 

जाहेरीमा पाण्डेसँगै कार्यक्रम प्रस्तोता दिक्पाल कार्की र कार्यक्रम प्रशारण गर्ने टेलिभिजन प्राइम टाइम टिभीलाई विपक्षी बनाइएको छ । अधिवक्ता पाण्डेको अन्तर्वार्ता सार्वजनिक भएपछि आन्दोलित बनेको तामाङ, मगर समुदायका विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरिनुपर्ने बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै नेपाल मगर संघले भनेको छ, ‘मगर समुदायमा मामाकी छोरीलाई साली र फुपूको छोरालाई भेना भनिन्छ । मामा चेली, फुपू चेलाबीचको साइनो कुनै समुदायमा दाजु बहिनी होला, तर मगर जातिमा सालीभेना नाता हुन्छ र विवाह पनि गरिन्छ । यदि यो सम्बन्धमा विवाह गर्नै हुन्न भन्न खोजिएको हो भने पनि बहु जातीय, बहु धार्मिक देशमा भएको विविधताको घोर अपमान गरिएको छ ।’

विज्ञप्तिमा टेलिभिजनबाट अन्तरवार्ता हटाइनुपर्ने तथा अधिवक्ता पाण्डेले माफी माग्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै विभेदकारी कानुन खारेजी संघर्ष समितिका संयोजक मुक्तान थेवाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सिंगो समुदायलाई नै अपराधी उत्पादन गर्ने आपराधिक समुदायको रुपमा तामाङ, मगर समुदायलाई व्याख्या गरेकी छन्, जुन अधिवक्ता पाण्डेको अमानवीय र आपराधिक मनोविज्ञानको उपज हो । उक्त अभिव्यक्तिलाई मुस्लिम, मगर र तामाङ समुदायको आत्मसम्मान र संस्कृतिबारे जनमानसमा बिल्कुल गलत र भ्रामक सूचना एवं सन्देश प्रवाह भएको छ ।’

अधिवक्ता पाण्डेले कुनै समुदायलाई चोट पुग्ने गरी बोल्ने आफ्नो नियत नभएको भन्दै सार्वजनिक रूपमा माफी पनि मागिसकेकी छन् । तर, माफीले नपुग्ने भन्दै जाहेरी दर्ता गरिएको हो ।

संसदमै पुग्याे विवाद

बुधबार भएको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सुशीला थिङ र एमाले सांसद ईश्वरी घर्ती मगरले अधिवक्ता पाण्डेमाथि कारबाही गरिनुपर्ने आवाज उठाएका थिए । अधिवक्ता पाण्डेले तामाङ, मगर लगायत समुदायको आत्मसम्मानमा चोट पुगेको अधिवक्ता थिङको भनाइ थियो । उनको अभिव्यक्तिले आफ्नो मन सुन काण्डले भन्दा ज्यादा पोलेको  बताएकी थिइन् ।

उनले टेलिभिजन कार्यक्रम सञ्चालक दिक्पाल कार्की र अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गरिनुपर्ने बताएकी थिइन् ।

त्यस्तै सांसद घर्ती मगरले पाण्डेले पाण्डेको अभिव्यक्तिले आफ्नो समुदायमा गम्भीर आघात पुगेको भन्दै  अधिवक्ताको लाइसेन्स खारेज गरेर कानूनी कारबाही गराउन माग गरेकी थिइन् ।

अधिवक्ता पाण्डेले के भनेकी थिइन् ?

प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘मुस्लिम, मगर, तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुँदो रहेछ । यस्तो विवाहले जीनमा खराबी उत्पन्न गर्छ । नजिकको सम्बन्ध पशुमा पनि बारिन्छ ।’ जीनको पनि आपराधिक कर्ममा भूमिका हुने भएकाले अहिले चलिआएको कानून सुधार्न आवश्यक रहेको उनले औँल्याएकी थिइन् ।

नेपालको कानूनले हाडनाता सम्बन्ध वर्जित गरे पनि प्रथा र परम्पराअनुसार चलिआएको समुदायमा छुट दिइएको पाण्डेको भनाइ थियो ।

उन भनेकी छन्, ‘क्रिमिनल लमा क्राइम कसरी बढ्छ भन्दा कहिलेकाहीँ जीनका कारण पनि आपराधिक क्रियाकलाप भइरहेको हुन्छ भनिन्छ । यो अध्ययनको विषय पनि हो । कुनै समुदायमा दाजु बहिनीमा विवाह हुँदा कट्टरवादी, एक लाइनको सोच्ने जिनको विकास हुँदो रहेछ ।’ विवादमा परेपछि पाण्डेको अन्तरवार्ता युट्युबबाट हटाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending