काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङसहित त्यहाँका कर्मचारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङले रिसको झोँकमा कुटपिट गरेको स्वीकारेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयका अधिकारीहरुको उपस्थितिमा प्रहरीले लिएको बयानमा उनले १५ असारमा क्लबमा जाने क्रममा रिसेप्सन अगाडि उभिएका सञ्चालक र बाउन्सरहरुले आफू र साथीहरुलाई अपशब्द बोलेर धकेलेको बताएका छन् ।
‘त्यसरी धकेलेपछि रिसको सुरमा जाहेरवाला राजेन्द्र गुरुङ, सुरेश खड्का र नितेश खड्गी लगायतलाई हातपात लछारपछार गरेर कुटपिट गरेर हामी क्लबबाट भागेका थियौं’, गुरुङले भनेका छन्, ‘यसको १०÷१२ दिन पहिले पनि क्लबमा दुई पक्षबीच झगडा हुँदा सञ्चालक, बाउन्सर र अरु कर्मचारीले मेरो नाम जोडेर प्रहरी आउँदा सोफा पछाडि लुकेर बस्यो भन्दै तथानाम आरोप लगाएर हल्ला मच्चाएका रहेछन् ।’
घटना भएको दिन १५ असारमा आफ्नो जन्मदिन भएकाले साथीहरुसँग ठमेलस्थित चखेवा रेष्टुरेन्टमा बसेर मादक पदार्थ सेवन गरेर रमाइलो गर्न भन्दै क्लबमा गएको उनले बताएका छन् । त्यसक्रममा उक्त कुटपिटको घटना भएको गुरुङले बताएका छन् ।
‘म विगत ९/१० वर्षदेखि नुवाकोटमा बालुवा सम्बन्धी ठेक्कापट्टाको काम गर्दै काठमाडौंमा बस्दै आएको छु, जाहेरवाला मेरो गाउँको पुरानो साथी पनि हुन्’, सानुभाइले भनेका छन्, ‘कारोबार गर्ने क्रममा हिसाबको कारोबार नमिलेर हामीहरु आफ्नो आफ्नो बाटो लागेर व्यवसाय सञ्चालन गर्दै आएका थियौं ।’
सानुभाइ विगतमा गुण्डा नाइके कुमार घैंटेसँग जोडिएका व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा मारिएपछि उनी बलेट प्रुफ ज्याकेट लगाएर हिँड्न थालेका थिए । पछि प्रहरीले हतियार र ज्याकेटसहित पक्राउ गरेको थियो ।सानुभाइविरुद्धको अभद्र व्यवहारसम्बन्धी मुद्दा बुधबार जिल्ला अदालत, काठमाडौंमा सुनुवाइ हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: