दाङ । दाङमा विषालु च्याउ खाँदा दुई जना बिरामी परेका छन् । जङ्गलबाट खोजेर ल्याएको विषालु च्याउ खाँदा गढवा गाउँपालिका–५ धर्मापुरमा एकै परिवारका दुई जना बिरामी भएका हुन् ।
मङ्गलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा धर्मापुर निवासी ७२ वर्षीय बसन्तु चौधरी र उनकी ७६ वर्षीया श्रीमती छुकनी चौधरी बिरामी भएको गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादवले जानकारी दिए ।
बिहान साढे १० बजेतिर खाना खानुभएका उनीहरुलाई रिँगटा लाग्ने, वान्ता हुने जस्ता समस्या देखापरेपछि स्वास्थ्य चौकीमा भर्ना हुनुभएको प्रमुख यादवले जानकारी दिए । उनले जंङ्गलबाट खोजेर ल्याएको विषालु च्याउ खाँदा दुई जनाको स्वास्थ्यमा समस्या देखिएको र अहिले उपचार भइरहेको बताए ।
उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यचौकी प्रमुख यादवले बताउनुभयो । केही दिनअघि पनि दाङकै बङ्गलाचुली गाउँपालिका वडा नं। १ को स्युजमा विषालु च्याउ खाँदा दुई जना बिरामी पर्नुभएको थियो ।
जङ्गली विषालु च्याउ खाएर मानिसहरु बिरामी पर्न थालेपछि जिल्ला प्रहरी कार्यालय दाङले जङ्गली च्याउ नखान सर्वसाधारण नागरिकलाई आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: