Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

के हो लम्पी स्किन ? कसरी बचाउने पशु चौपाया ?

खबरडबली संवाददाता

काठमाडौं । यत्तिखेर  देशभर पशुचौंपायमा लम्पी स्किन रोग देखा परेकाे छ ।  ७७ वटै जिल्लामा फैलिएको याे राेग विशेष गरी सुलुरपश्चिम प्रदेश धेरै प्रभावित बनेकाे छ ।

लम्पीस्किन रोगबाट हाल सम्म देशभर २८ हजारभन्दा बढी पशु चौंपायाहरु मरीसकेका छन् भने अर्बौ रुपैंयाको क्षती भइसकेको छ । हलसम्म ७ लाख ४२ हजार १ सय २४ पशु सक्रमित भइसकेका छन्  । अहिले पनि यस रोगबाट २ लाख, ३२ हजार ३ सय ९ पशु चौंपायाहरु सकृय संक्रमित रहेकाे पशु सेवा विभागका बरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बताए । विभागका अनुसार हालसम्म दुई लाख ५० हजार ७ सय पशुमा खोप लगाइसकिएको छ ।

पशु सेवा विभागले यस प्रकोपबाट बचाउनका लागि विभिन्न उपायहरू सुझाएको छ । संक्रमित पशुहरूलाई अलग्गै राखेर उपचार गर्नेदेखि संक्रमति पशु चौपायाहरूलाई रोगको प्रकृति हेरेर उपचार गर्न विभागले सुझाव दिएको छ । 

लम्पी स्किन रोग सङ्क्रमित पशुहरुको उपचारको लागि प्रयोग गर्न सकिने उपचार विधि

लम्पी स्किन रोग गाई/गोरू / राँगा/भैंसीमा क्याप्रीपक्स भाइरस अन्तर्गतको लम्पी स्कीन डिजिज भाइरसका कारण लाग्ने रोग हो। यो रोग सामान्यतया टोक्ने वा रगत चुस्ने झिँगा (डाँस), लामखुट्टे, किर्ना, भुसुना जस्ता किराहरूको टोकाइ, सङ्क्रमित पशु एक स्थानबाट अन्यत्र लैजाँदा वा सङ्क्रमित पशुको सम्पर्कमा आएका अन्य पशुमा सजिलै सरी छोटो समयमा धेरै स्थानमा फैलिन सक्ने प्रकृतिको भएकोले यस रोगको शीघ्र पहिचान तथा नियन्त्रण गर्न आवश्यक छ ।

हाल नेपालका अधिकांश जिल्लामा यो रोग देखा परेको सन्दर्भमा फिल्डस्तरमा कार्यरत प्राविधिकहरूले सङ्क्रमित पशुहरुको उपचारको लागि निम्नानुसारको उपचार विधिको प्रयोग गर्न सकिने जानकारी गराईन्छ ।

रोग देखिएका पशुलाई गरिने उपचार विधिः
१. रोगी पशुलाई निरोगी पशुबाट छुट्टाई अलग्गै राख्ने

२. रोगी पशुलाई प्रशस्त मात्रामा पानी, कुँडो वा नरम घाँस, झोलिलो पदार्थ, सख्खर / गुँड पानी, इलोक्ट्रोलाइट खुवाउने
३. ज्वरो आएको पशुलाई आराम गराउने, जोत्ने, गाडा तान्ने काममा नलगाउने

४. रोगको लक्षणका आधारमा देहाय अनुसारको उपचार गर्ने

ज्वरो घटाउनका लागि

बजारमा उपलब्ध हुने पारासिटामोल १५०० एमजी र मेलोक्सिकेम १०० एमजी भएको बोलस वा इन्जेक्सन: 

ठूला पशु: २ बोलस हरेक ८ घण्टाको फरकमा खुवाउने वा १ एमएल प्रति १० केजी वा ताैल अनुसार सुई लगाउने ।

पाडापाडी/बाच्छाबाच्छी: १ बोलस हरेक ८ घण्टाको फरकमा मुखबाट खुवाउने वा १ एमएल प्रति १० केजी वा ताैल अनुसार सुई लगाउने ।  ८ घण्टाको फरकमा औंषधि दिँदा ज्वरो कम नभएमा ४ देखि ६ घण्टाको फरकमा पुनः प्रयोग गर्ने।
शरीरमा चिसो पानीमा भिजाइएको कपडा, बोरा प्रयोग गरी पानी पट्टी लगाउने ।

गाँठा गुठी/गिर्खा र चिलाउने कम गर्नका लागि
Chlorpheniramine maleate Pheniramine maleate:  

ठूला पशु: १०-१५ एमएल  २४ घण्टाको फरकमा सुई लगाउने
पाडापाडी/बाच्छाबाच्छी: ३-५ एमएल २४ घण्टाको फरकमा सुई लगाउने

दाना पानी खान नसकेका र अत्यन्तै कमजोर पशुमा २० प्रतिशत रिन्टोज / डेकस्ट्रोज सलाईन दिने

उच्च ज्वरो नभएको अवस्थामा Ivermectin 1% – 1ml/50kg bodyweight अनुसार १ पटक सुईबाट प्रयोग गर्ने

फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक र झिँगा नबस्ने (Fly Repellant ) मलहम वा स्प्रे प्रयोग गर्ने

भिटामिन ई र सेलेनियम मिसिएको बोलस खुवाउने वा सुई लगाउने

छाला, फोक्सो, पाचन प्रणाली, मुत्र प्रणालीमा सङ्क्रमण भएमा

गर्भिणी वा दुध दिने बाहेकका पशुमाः
Oxytetracycline plain 1 ml/ 5kg bodyweight दिनको २ पटक ३ देखि ५ सुई लगाउने वा Oxytetracycline Long Acting 1ml/ 10kg bodyweight ७२ घण्टाको फरकमा दुई पटक सुई लगाउने
अथवा Tetracycline Bolus 500 mg:
ठूला पशुलाई:- २ बोलस दिनको २ पटक खुवाउने
पाडापाडी/बाच्छाबाच्छीः- १ बोलस दिनको २ पटक खुवाउने
गर्भिणी वा दूध दिने पशुमाः
Procaine Penicillin 1ml/ 20kg bodyweight दिनको २ पटक ३ देखि ५ दिनसम्म सुई लगाउने वा
Procaine Penicillin Long Acting 1ml/ 20kg bodyweight ४८ घण्टाको फरकमा दुई पटक सुई लगाउने
माथि उल्लेखित औषधि नपाए Amoxicillin तथा Ampicillin पनि प्रयोग गर्न सकिने

सङ्क्रमण रोकथामका उपायः

१. सङ्क्रमित क्षेत्र भन्दा बाहिरका स्वस्थ ३ महिनाभन्दा बढी उमेर समूहका पशुलाई उत्पादकले तोकेको मात्रामा लम्पी स्किन विरूद्ध वर्षेनि खोप लगाउने

२. गर्भिणी सङ्क्रमित पशुबाट जन्मेका बाच्छबाच्छी / पाडापाडीलाई ४ महिनापछि खोप लगाउने

३. सङ्क्रमणबाट निको भएका पशुलाई १ वर्ष पछाडी मात्र खोप लगाउने

४. गोठमा झिँगा, लामखुट्टे, भुसुना लाग्न नदिन गोठ वरिपरि धुँवा लगाउने

५. गोठमा अनावश्यक व्यक्तिलाई आवतजावत गर्न नदिने, रोगी पशुलाई सामुहिक चरन / खर्क आहालमा नलैजाने

६. सङ्क्रमित क्षेत्रबाट पशुको ओसारपसार नगर्ने/नगराउने

७. सङ्क्रमित साँढे वा राँगो रोग निको नभएसम्म प्रजनन्‌को लागि प्रयोग नगर्ने/नगराउने

८. गोठखोर सफा राखी नियमित फिनेल पानी छर्किने

९. नयाँ पशु गोठमा भित्राउँदा बथानमा नमिसाई कम्तिमा २८ दिन अलग्गै राख्ने

१०. मरेका पशु र लसपस भएको सोत्तरलाई गहिरो खाडलमा पुर्ने

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending