Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

'नेपाल ईभी एक्स्पो २०८० ' भदाै १५देखी भृकुटीमण्डपमा

खबरडबली संवाददाता

काठमाडाैं । इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल (EVMIAN), मीडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को सयुक्त आयोजनामा नेपाल ईभी एक्स्पो सुरू हुने भएको छ । यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरू हुने भएको हाे ।

नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो आयोजना हुन गइरहेको आयोजकले जानकारी गराएका छन् । विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उदेश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता र १५० भन्दा धेरै ब्राण्डका गाडी तथा विद्युतीय सामग्रीहरु प्रदर्शनीका लागि राखिने आयोजकले जनाएका छन्  ।

एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशन लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरुको उल्लेखनिय सहभागिता रहने विश्वास लिइएकाे छ ।

यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुने तथा प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्ने र विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा देख्न पाइने बताइएकाे छ ।

पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । यसका साथै उत्पादीत विद्युत खपत बढाउनका लागि पनि पहिलो प्राथमिकतामा विद्युतीय सवारी रहेकोले प्रवर्द्धन गर्न लागिएको जनाइएको छ । विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरूले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरू पनि कम गर्दछ । यसरी विद्युतीय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जीको खपत बढाउँछ ।

यसका साथै प्रदर्शनीले पछिल्ला दिनमा विद्युतीय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि जनमानसमा सूचित गर्ने बताइएको छ । गत आर्थिक बर्षको तथ्यांक हेर्ने हो भने  आयातका हिसाबले कार जिप भ्यानको शिर्षकमा  विधुतिय सवारीको हिस्सा झन्डै ४० प्रतिशत रहेको छ भने विद्युतिय दुइ पाग्रे , रिक्सा माइक्रोवस वस तथा अन्य सवारी साधनहरुमा  पनि उल्लख्य रुपमा वढेको छ । आउने बर्षहरुमा विधुतिय सवारीको बजार क्षेत्र अझै विस्तारित हुँदै जानेमा कुनै संका छैन ।

हालका दिनहरुमा प्रायजसो ग्राहकहरुको रोजाइ विधुतिय सवारी नै हुने गरेको र आर्थिक मन्दी को अवस्थामा पनि विधुतिय सवारीहरु राम्रो सँग बिक्री भै रहेको EVMIAN का अध्यक्ष तथा यस एक्स्पोका सम्योजक श्याम सुन्दर सापकोटाले वताउनु भयो । EVMIAN को उदेस्य र कार्यक्रमहरु माथि थप प्रस्ट पार्दै सापकोटाले, EVMIAN  विधुतिय सवारी साधन  सम्बन्धी काम गर्ने आयतकर्ता , निर्माणकर्ता , ब्यवसायी , डिलर , चार्जिङ स्टेसन सन्चालक सबैको साझा संस्था रहेको र बिगत ११ बर्ष देखी विधुतिय सवारीको प्रवर्धन , विस्तार तथा निती निर्माणको  काममा सहयोग गर्दै आएको ईतिहास बोकेको सस्था हो ।

यो एक्स्पो EVMIAN को आयोजनामा हुन गै रहेको पहिलो कार्यक्रम भयतापनी भविस्यमा पनि यसलाई निरन्तरता दिने र अझै परीस्क्रित गर्दै लगिने सापकोटाले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending