Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा झडप, २२ सुरक्षाकर्मी घाइते

फइल तस्विर
खबरडबली संवाददाता

भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुम्वासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका छन् । शनिबार साँझ परेपछि सुकुम्वासी बस्तीमा सुरक्षाकर्मीले डोजर प्रयोग गरी सात पक्की घर भत्काएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा सुकुम्वासी बस्तीमा घर भत्काउने क्रममा सुरक्षाकर्मीमाथि ढुङ्गा, इँटा र बोतल प्रहार भएको जानकारी दिए ।उनले भने, “मनोहराका ८० प्रतिशत सुकुम्वासीले दिउँसै सामान लगिसकेका थिए, थापाथली र ग्रैह्रीगाउँको सुकुम्वासी बस्ती हटाएर डोजरसहितको टोली मनोहरा ल्याएपछि यहाँका संरचना भत्काउन थालिएको हो, प्रहरीले कुनै बल प्रयोग नगरी सामान सार्नेलाई सहयोग गर्दै घर भत्काउने क्रम सुरु भयो, पक्की घर भत्काउने क्रममा रातिको समयमा सुरक्षाकर्मीमाथि एकसाथ ढुङ्गा, इँटा र बोतल प्रहार भयो ।”

आक्रमणमा परी मध्यपुरथिमि प्रहरी बृत्तका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित ११ प्रहरी घाइते भएका छन् ।

त्यसैगरी, आक्रमणमा सशस्त्र प्रहरी बल नं २२ दुवाकोटबाट खटिएका सशस्त्र प्रहरीका थप ११ जना घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतले जानकारी दिए । आइतबार बिहानैदेखि फेरि संरचना भत्काइने उनको भनाइ छ ।

मनोहरा सुकुम्वासी बस्तीमा ७७७ घरटहरा रहेका छन् । बस्तीका सुनिल लामाले बस्ती छाड्दै गर्दा भने, “यहाँ अधिकांश घर भाडामा लगाइएका छन्, यहाँ सुरुमै टहरा बनाएर एक समूहले तीन लाखदेखि सात लाखसम्म तथा पक्की घर १८ लाखसम्ममा बिक्री गरेका छन् । हामी पनि टहरा किनेर बसेको १५ वर्ष भयो । सरकारले हामीजस्ता सुकुम्वासीलाई उचित व्यवस्थापन गरोस्, त्यति भए पुग्छ ।”

सुकुम्वासी बस्तीका बासिन्दासँग भाडा उठाउन कही व्यक्ति नियमित आउने गरेका बताइएको छ । बस्तीका धेरैले भाडा तिर्ने गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...

ढुंगामुढा भएको मनोहरा क्षेत्रमा आज बिहानैबाट डोजर चल्दै

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...

बाँझो जमिनबाट ‘चिया गाउँ’सम्म : एउटा जुक्तिले फेरिएको रेशगाउँ

बागलुङ । कहिल्यै खेती नगरेर झाडीले ढाकिएको पाखो जमिन—रेशगाउँको पहिचान यही थियो। बसाइँसराइ बढ्दै जाँदा खेत बाँझै बस्न थालेका थिए, गाउँ सुनसान हुँदै थिय...

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ  ५० पैसा र बिक्रीदर १५१ र...

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

मकवानपुर । मकवानपुरको भिमफेदी कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको...

सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा झडप, २२ सुरक्षाकर्मी घाइते

भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुम्वासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी...

बाह्र दिनमा चार सय २२ विपद्का घटना, २७ जिल्ला प्रभावित

 काठमाडौं। वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि ...

फोप्लीमा झरीको रेकर्ड, याे साताभर वर्षाकाे सम्भावना

काठमाडौं । प्रिमनसुनको संकेत अब स्पष्ट देखिन थालेको छ। पछिल्लो २४ घण्टामा फोप्ली मा ९७.६ मिलिमिटर वर्षा मापन भएसँगै पश्चिमदेखि पूर्वसम्म मौसम सक्रिय ब...

वैशाख १२ : सम्झनामा पीडा, यथार्थमा अधुरो पुनर्निर्माण

काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो।  २०७२ काे भुकम्पले भत्काएको केव...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending