Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

पल शाह र सन्दीपको घिनलाग्दो दृश्य, नाबालिग बलात्कार घटनामा मजाक

बलात्कारको विषयलाई मजाक, समाजिक सञ्जालमा सन्दीपको आलोचना

खबरडबली संवाददाता

काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधको विषयलाई मजाक बनाए पछि यतिबेला कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीको व्यापक आलोचना भइरहेको छ । 

नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई कार्यक्रममा निम्ता गरेपछि हास्य कलाकार तथा टेलिभिजन प्रस्तोता क्षेत्रीको व्यापक आलोचना भइरहेको हो।

उनले कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘ह्वाट द फ्लप’ शो’मा क्षेत्रीले शाहलाई अतिथिको रूपमा निम्ता गरेका थिए । शाहले उक्त कार्यक्रममा जेल पर्दाको अनुभव सुनाएका थिए । उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको भन्दै यतिबेला उनको आलोचना भइरहेको हो ।

कसले के लेखे सामाजिक सञ्जालमा ?

‘पल शाह र सन्दीपको घिनलाग्दो दृश्य नाबालिग बलात्कार घटनामा मजाक,’ अमृता लम्सालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् । 

त्यस्तै, दिनेश काजीले लेख्छन्, ‘एउटा छोरीको बाउ सन्दीप क्षेत्री कसरी यस्तो निर्लज्ज, पतित हुन सक्छ ?.......को पीडामा उसको छोरीको अनुहार याद आएन छ ? अझ अट्टहास पो गर्दैछ ।

त्यस्तै, हिम विष्ट लेख्छिन्, ‘सन्दीप क्षेत्री न हिजो सुध्रियो न आज । भोलि पनि यसरी नै गम्भीर विषयलाई उनले हँसिमजाक मै उडानेछन् । सुध्रिन पर्ने त उनी जस्ता असंवेदनशील पात्रहरूलाई ‘लाइमलाइट’ दिने संस्थाहरू हो । 

स्मरण रहोस्, केही दिनअघि यही प्रकरणमा पीडित रहेकी गायिकाले एक कार्यक्रममा आफूलाई समाजले अझै प्रताडित गरिरहेको बताउँदै अर्को जन्ममा ‘छोरी भएर जन्मन नपरोस्’ भन्दै  भक्कानिएकी थिइन् ।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया भन्छन: कारवाही हुन्छ

आलोचना बढेपछि कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले ‘यो घटनालाई गम्भीर रूपमा लिएको र आवश्यक कारबाही गरिने बताएका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

सरकारी आश्वासनपछि खुले चिया उद्योग, भारत निकासी अझै अन्योलमा

१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

शनिबारसम्म तराईमा तातो हावाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...

३२ वर्षदेखि अतिक्रमणमा कारागारको डेढ विघा जग्गा, अदालतको आदेश पनि कार्यान्वयन भएन

राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending