Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

छात्रवृत्तिले विद्यार्थीको उत्साह थप्दै

खबरडबली संवाददाता

रामपुर । हुम्लाको ताजाकोट गाउँपालिका–२ खटिकबाडाका राजेन्द्र खत्री रामपुरमा बसेर इन्जिनियरिङ शिक्षा अध्ययन गर्छन् । उनी रामपुरस्थित दरैठाँटी माविमा सिभिल इन्जिनियरिङको तेस्रो सेमेष्टरमा अध्ययनरत छात्र हुन् । सो सेमेष्टरको भर्ना अभियान चलेको हुँदा पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ताले पिरोलिएका थिए । परिवारमा पैसा बन्दोबस्त गर्न नसक्दा पढाइ बीचमै छाड्ने कि अगाडि बढाउने भन्ने दोधारमा उनी रहेका थिए । यसै क्रममा पाल्पाको रामपुर नगरपालिकाले रु ३० हजार बराबरको मेयर छात्रवृत्ति कोषबाट रकम सहयोग गरेपछि भर्ना गर्ने पीरलो टरेको छ ।

“परिवारमा कमाउने कोही छैन, इन्जिनियरिङ पढ्ने इच्छा धेरै भएर सुरु गरिहाले, भर्ना शुल्क, पढाइमा लाग्ने विविध खर्चमा रकम जुटाउन नसक्दा बीचमै पढाइ छाड्ने कि भन्ने मनमा कुरा खेलिरहेको बेला नगरपालिकाले एकै पटक रु ३० हजार बराबरको छात्रवृत्ति दिएपछि भर्ना हुने पीरलो हटेको छ”, उनले भने । परिवारको आर्थिक अवस्था कमजोर रहे पनि इन्जिनियरिङ पढ्ने तीव्र इच्छाले चार दिनको समय लगाएर पाल्पाको रामपुरमा पढ्न आएको उनी बताउँछन् । एकतर्फीमात्र गाडीभाडा रु दश हजार लाग्दछ । जीवनमा इन्जिनियरिङ विषय पढेर केही गर्ने सपना बुनेका खत्रीको नगरपालिकाले पढाइमा सहयोग गरेपछि हौसला थपिएको छ । उनलाई तेस्रो सेमेष्टरमा भर्ना हुन रु ३० हजार रकम लाग्छ । सो रकम नगरपालिकाको पूरा सहयोगमा पढ्न पाउँदा आफू बाहिरी जिल्लाको विद्यार्थी हुँ भन्ने अनुभूति नभएको उनी बताउँछन् ।

“आफू जन्मेको गाउँपालिकाले शिक्षामा केही सहयोग गरेको छैन, हामीजस्ता गरिब, विपन्न परिवारका विद्यार्थीले आफ्नो पालिकाबाट केही सेवासुविधा पाइएको छैन”, उनले भने, “घरदेखि चार दिन टाढाको दूरीमा बसेर अध्ययन गर्न आउने हामीलाई यहाँको स्थानीय सरकारले पढाइमा ठूलो मद्दत पुर्याएको छ ।”  दु:खसँग ऋण गरेर जसोतसो भर्ना भएर पढ्न थालेको उनले बताए । घरमा बुबा पाँच वर्षदेखि प्यारालाइसियसको बिरामी भएर थला परेका छन् भने भाइ, आमाको लालनपालन, घरको जिम्मेवारी काँधमा रहँदा त्यसमाथि आर्थिक अभावमा पढाइमा धेरै दु:खसँग उनले सङ्घर्ष गरिरहेका छन् ।

इन्जिनियरिङका लागि एक वर्ष पढेर पढाइ पूरा नहुँदा भर्ना शुल्क, पढाइका लागि शैक्षिक सामग्री लगायतमा रकम जुटाउन विपन्न परिवारका विद्यार्थीलाई निकै समस्या छ । नगरपालिकाले बाहिरका विद्यार्थीलाई स्थानीय सरह नै शैक्षिक क्षेत्रमा लगानी गरेपछि बाहिरबाट यहाँ पढ्न आउने विद्यार्थीमा आत्मबल बढेको छ ।  रामपुर–१ कुमैडाँडा बस्ने बालकुमारी सुनारले यस वर्ष रु २१ हजार रकम छात्रवृत्तिस्वरुप बुझेका छन् । रामतुलसी नमूना माविमा कृषि बाली विज्ञानअन्तर्गत दोस्रो सेमेष्टरमा अध्ययनरत उनी सो रकमले पढाइमा धेरै राहत पुगेको बताउँछन् । छात्रवृत्तिबापत पाएको रकम भर्ना तथा शैक्षिक सामग्रीमा खर्च गर्ने उनले बताए ।

“नगरपालिकाले दिएको छात्रवृत्ति रकमले पढाइमा मनोबल बढाएको छ, मेहनत गर्ने हामीजस्ता विपन्न परिवारका सदस्यलाई पढाइमा सहयोग पाएपछि भविष्यमा पढेर केही गर्छु भन्ने हिम्मत र साहस बढेको छ”, उनले भने । एउटा सेमेष्टरमा रु ३० हजार बुझाउनुपर्छ, यस रकमले धेरै सहयोग पुग्ने हुँदा रामपुर नगर सरकारले यस कार्यक्रमलाई निरन्तरता दिन उनको अनुरोध छ । यो कार्यक्रम नगरपालिकाले आर्थिक वर्ष २०७७र७८ देखि सुरु गरेको हो ।

यस आर्थिक वर्षमा नगरपालिकाले गङ्गा माविका चार जनालाई रु ६२ हजार, रामपुर आधारभूत विद्यालयका चार जनालाई रु ३४ हजार, आधारभूत माविका पाँच जनालाई रु ५४ हजार, रामतुलसी नमूना माविका छ जनालाई रु ८७ हजार, दरैठाँटी माविका पाँच जनालाई रु एक लाख ३० हजार, नवदुर्गा माविका दश जनालाई रु ९० हजार, सहिद बहुमुखी क्याम्पस रामपुरका ३३ विद्यार्थीलाई रु दुई लाख ९१ हजार छ सय ५० गरी ६७ विद्यार्थीलाई जम्मा रु सात लाख ४८ हजार छ सय ५० बराबरको छात्रवृत्ति रकम वितरण गरिएको नगर शिक्षा अधिकृत विकल काफ्ले बताउँछन् ।

कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई प्रतिव्यक्ति रु आठ हजार, ६ देखि ८ सम्म रु दश हजार, ९ देखि १२ सम्म रु १२ हजार, सोभन्दा माथिल्लो वा प्राविधिक धारतर्फ अध्ययन गर्नेलाई रु ३० हजारसम्म छात्रवृत्ति वितरण गरिएको छ । क्याम्पस भर्ना शुल्कका लागि प्राविधिक धार र जेहेन्दारको लाग्ने खर्चका आधारमा रकम वितरण गरिएको नगरपालिकाले जनाएको छ ।  आव २०७८/७९ मा नगरपालिकाले रु पाँच लाख ६५ हजार छ सय ४० रकमबाट प्राविधि धारतर्फका रामतुलसी नमूना माविका सात र दरैठाँटी माविका चार, गङ्गा माविका दुईजना गरी १३ जना, क्याम्पसतर्फ सहिद बहुमुखी क्याम्पसका २७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको थियो । यस्तै आव २०७७/७८ मा ‘मेयर छात्रवृत्ति कोष’ अन्तर्गत नगरपालिकाले पहिलो वर्ष रु पाँच लाख रकम विनियोजन गरेकामा रु दुई लाख २४ हजार एक सय ८० रकम बराबरको छात्रवृत्ति प्रदान गरियो ।

त्यसअन्तर्गत रामतुलसी नमूना मावि, गङ्गा मावि, सहिद बहुमुखी क्याम्पस, नवदुर्गा मावि, कृष्णादेवी मावि, दरैठाँटी माविका विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको छ । नगरप्रमुख रमणबहादुर थापाले साना कक्षादेखि ठूला कक्षामा पढ्ने विद्यार्थीलाई उनीहरुको पारिवारिक अवस्था हेरेर सबै वर्ग, क्षेत्र मिलाएर छनोट गरेर छात्रवृत्ति वितरण गरिएको बताए । गत वर्षमा विद्यालय तथा क्याम्पसको खातामा रकम पठाएर छात्रवृत्ति वितरण गरिन्थ्यो भने यस वर्षदेखि भने नगरपालिका कार्यालयमा नै विद्यार्थी, सम्बन्धित विद्यालय, अभिभावक बोलाएर वितरण गरिएको नगरप्रमुख थापाले बताए ।

“पढ्न नसकेर समस्यामा परेका न्यून आय भएका विपन्न परिवारका सदस्यलाई नगर सरकारले ‘मेयर छात्रवृत्ति कोष’ खडा गरेर छात्रवृत्तिका रुपमा वितरण गरिरहेको छ”, उनले भने, “बाहिरबाट आउने र स्थानीय विद्यार्थीमा शैक्षिक सहयोगमा भेदभाव छैन, सबैलाई समान रुपमा उनीहरुको अवस्था हेरेर रामपुरभित्र बसोबास गरेर अध्ययन गर्ने विद्यार्थीलाई सहयोग दिइरहेका छौँ ।”  आगामी आवका लागि ‘मेयर छात्रवृत्ति कोष’अन्तर्गत नगरपालिकाले रु दश लाख विनियोजन गरेको छ । कार्यक्रम सञ्चालन भएको तीन वर्षको अवधिमा हालसम्म रु १५ लाख बराबरको रकम छात्रवृत्ति विद्यार्थीलाई वितरण गरिएको छ । यस कार्यक्रमले विद्यार्थीको पठनपाठनमा ठूलो टेवा पुगेको शिक्षकहरु बताउँछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद् बन्ने भएपछि निफ्राबाट लीमा अधिकारीको राजीनामा

काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...

बसपार्कबाट गाडी सञ्चालन नगरे २५ सय सम्म जरिवाना

सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...

ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घरमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...

सी जिनपिङको पुस्तक जलाएकोमा चीनको चासो, घटनामा छानबिन गर्न निर्देशन

काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...

चौरजहारी नगरपालिकाका नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...

नवनिर्वाचित सांसदहरूको शपथ र बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...

घरदैलोमै पुगेर जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: