Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

पप्पु कन्स्ट्रकसनले ठेक्का लिएको चुमखोला मोटरेबल पुल निर्माण वर्षाैदेखी अलपत्र

खबरडबली संवाददाता

गोरखा  । गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार मोटरेबल पुल अझै निर्माण हुन सकेकेा छैन । ठेक्का लगाएको ९ वर्षसम्म पनि पुल निर्माण हुन नसकेको हाे । 

कूल १७ करोड ४६ लाखमा पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रकसनले पुल निर्माणको काम अलपत्र पारेर छोडेको हो ।  अहिलेसम्म पुल निर्माणको करीब ११ प्रतिशत मात्र भौतिक प्रगतिको काम भएको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका सूचना अधिकारी आस्था देवकोटाले जानकारी दिए ।उनका अनुसार ठेकेदार कम्पनीले पुलको दुवैतर्फ पिल्लर मात्रै उठाएर मात्र लामो समयदेखि छाडेको हाे ।

आयोजना कार्यालयले काम छिटो गर्न पटक–पटक भने पनि ठेकेदार कम्पनीले अटेरी गरेपछि पुल निर्माणको रोकिएको हो । निर्माण शुरू भएको लामो समयसम्म पनि काम अघि नबढेपछि आयोजना कार्यालयले कम्पनीसँग ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का सम्झौताका लागि प्रक्रिया अघि बढाएको देवकोटाले बताए । ‘कम्पनीले काम नगरेपछि ठेक्का तोडेर नयाँ ठेक्का लगाउन बोलपत्र निकालिएको हो,’ देवकोटाले भने, ‘अब नयाँ ठेक्का सम्झौता गरेर रोकिएको पुल निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ ।’

पप्पु कन्ट्रक्सन आयोजना कम्पनीसँग २०७४ पुस २९ गतेसम्ममा पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । पुरानो ठेक्का रद्द गरेपछि आयोजना कार्यालयले ३१ करोड ६३ लाख ९७ हजार ७०० अनुमानित लागतमा पुल निर्माणको नयाँ ठेक्का सम्झौता गर्नका लागि बोलपत्र आह्वान गरेको उनले बताए । पुल १५१ मिटर लम्बाइको हुने उनले बताए ।

पहिलो पटकको ठेक्का सम्झौतापछि विक्रम संवत् २०७१ असार २९ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुलको शिलान्यास गरेका थिए । पुल निर्माण नहुँदा गोरखाको गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिकाका नागरिकले वर्षौंदेखि सास्ती खेप्दै आउनुपरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा जङ्गली फल खाँदा ६ बालबालिका बिरामी, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

मनसुन अनिश्चित, किसानको भविष्य अन्योलमा : खेती जोगाउने तयारी अझै कमजोर

काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...

खोपदेखि मलसम्म अभावै अभाव, राज्यको सेवा प्रणाली किन धराशायी हुँदैछ ?

काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending