Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

बाल्टिमोरमा गोली चल्दा दुईको मृत्यु, दर्जनौँ घाइते

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकाको बाल्टिमोर शहरमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । 

मेरिल्याण्ड राज्यको ब्रुकलिन नजिकैको एक सडकमा आइतबार राति १२ः३० बजेपछि गोली चलेको सूचना प्रहरीलाई प्राप्त भएको कार्यवाहक प्रहरी आयुक्त रिच वोर्लेले पत्रकार सम्मेलनमा जानकारी दिए । 

वोर्लेले भने, “अधिकारीहरू आएपछि हामीले गोली लागेर घाइते भएका थुप्रै व्यक्तिहरू फेला पारेका थियौं ।”

घटनास्थलमा १८ वर्षीया एक महिलाको शव फेला परेको छ भने २० वर्षीय पुरुषको पनि मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । 

घाइतेको इलाका अस्पतालमा उपचार भइरहेको र तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको उनले बताए । 

वोर्लेका अनुसार अधिकारीहरूले शङ्कास्पद व्यक्तिको पहिचान गर्न र गोली चलाउनुको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेका छन् । 

“यो एक कडा प्रबृतिको आपराधिक दृश्य हो, हाम्रा जासुसहरू केही समय यहाँ बसेर यसको अनुसन्धान गर्नेछन्,” उनले भने । 

बाल्टिमोरका मेयर ब्रान्डन स्कटले घटनास्थलमा पत्रकारसँग कुरा गर्दै गोली काण्डको निन्दा गरे । 

उनले भने, “यो हुँदै हुन नहुने नितान्त त्रासदीपूर्ण घटना हो ।”

स्कटले भने, “यसले हाम्रो सडकमा अवैध बन्दुकको अत्यधिक प्रसारको प्रभाव र सामना गर्ने आवश्यकतालाई फेरि उजागर गरेको छ ।
 
‘गन भायलेन्स आर्काइभ (जीभीए)’ का अनुसार सन् २०२२ मा ४४ हजार ३५७ जनाको गोली लागी मृत्यु भएको छ, जसमध्ये २४ हजार ९० जनाले आत्महत्या गरेका हुन् । 

जीभीएका अनुसार आइतबारको सामूहिक गोलीकाण्ड यस वर्ष जानकारीमा आएको ३३७ औँ घटना हो । अमेरिकामा चार वा सोभन्दा बढी व्यक्ति गोली लागि घाइते वा मारिएका छन् भने यसलाई सामुहिक गोलीकाण्ड मानिन्छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: