Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

चर्चामा रहेका मन्त्रीद्वय किराती र मोदी मध्य एकजनालाई छाँयामा पार्दै प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा जनमतका अध्यक्ष सीके राउतलाई भेटेर सरकारमा आउन  गरेको  आग्रहसँगै माओवादीबाट सरकारमा मन्त्री भएका एक मन्त्री छाँयामा पर्ने भएका छन् ।

बजेट पारित गर्ने बेलामा प्रमुख प्रतिपक्षसँगै मतदान गरेको जनमत पार्टीलाई सरकारमा ल्याउन गठबन्धन दलको प्रयास भएपछि माओवादीबाट वर्तमान सरकारमा मन्त्री भएका अमनलाल माेदी र सुदन किराती मध्य एक छाँयामा पर्ने भएका हुन् ।

गठबन्धन दलको बैठक राखेर प्रधानमन्त्रीले जनमत पार्टीलाई सरकारमा ल्याउने कोसिस थाले सँगै किराती र माेदी मध्य एकजनाकाे पद जाने निश्चित भएकाे छ  । सत्तारुढ गठबन्धन दलको बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो  । बैठकमा सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेबारे छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । बिहान प्रधानमन्त्री प्रचण्ड र राउतबीच सरकारमा सहभागी हुने विषयमा सकारात्मक छलफल भएको थियो । प्रचण्डले माओवादी केन्द्रका कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउने तयारी गरेका हुन् ।

त्यसका लागि आजको बैठकमा कसलाई फिर्ता बोलाउने भन्नेबारे पनि छलफल हुने स्रोतले जानकारी दिएकाे छ  । सरकारमा माओवादीका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित ६ जना मन्त्री रहेका छन् ।

त्यसमध्ये पर्यटन मन्त्री सुदन किराँती वा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीमध्ये एक जनालाई फिर्ता बोलाउन सक्ने स्राेतकाे दाबी छ । यद्यपि प्रचण्डले भने यो विषयमा गठबन्धन दलसँग छलफल गर्ने बताएका छन् ।

सीके राउतले कृषि र उद्योगमध्ये एक मन्त्रालय मागेका  भए पनि कृषि मन्त्रालय नेकपा एस र उद्योग मन्त्रालय नेपाली कांग्रेससँग रहेकाे छ ।

विगतमा एमाले पनि सरकारमा रहेका बेलामा प्रचण्ड सरकारको पालामा उद्योग मन्त्रालय मागेको सो पार्टीले उद्योग नपाएपछि खानेपानी मन्त्रालयमा चित्त बुझाएको थियो ।

गत चैत १७ गते भएको मन्त्रिपरिषद् पुनर्गठनमा उद्योग मन्त्रालय नपाएपछि जनमत पार्टी सरकारबाट बाहिरिएको थियो । प्रधानमन्त्री प्रचण्डले जनमतलाई उद्योग मन्त्रालय नदिई खानेपानी मन्त्रालयमै निरन्तरता दिएपछि तत्कालीन अवस्थामा खानेपानीमन्त्री रहेका जनमत पार्टीका अब्दुल खानले राजीनामा दिएका थिए । जनमत पार्टीले शुरुदेखि नै उद्योग मन्त्रालयमा दाबी गर्दै आएको  छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड अहिले माओवादीले पाएकै एउटा मन्त्रालय दिएर जनमतलाई सरकारमा ल्याउने तयारीमा रहेका छन् । नेपाली कांग्रेस या माओवादीले पाएका मन्त्रालयमध्येबाट एउटा दिनेगरी जनमतलाई सरकारमा ल्याउने तयारी भएको भए पनि माओवादीले पाएको मन्त्रालय दिने सम्भावना बढी रहेकेा स्राेतले बताएकाे छ ।

जनमत सरकारमा आउन राजी भए संघीय मामिलामन्त्री अमनलाल मोदी या पर्यटन, नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई राजीनामा गराउने प्रयास हुनेछ । यस अघि पाि किराती र माेदी मध्य एक जनालाई फिर्ता बाेलाउने गृहकार्य भने भएकाे थियाे ।

पर्यटनमन्त्री किराँती अहिले नागरिक उड्डयन प्राधिकरण र विमानस्थललाई अलगअलग बनाउन प्रयासरत छन् । यो प्रयासमा केही व्यक्तिहरू खुशी नभएको स्रोतले बतायो । पर्यटनमन्त्रीको प्रयास नियामक र सेवा प्रदायक निकायलाई अलगअलग गर्नुपर्छ भन्ने भए पनि राम्रो कामकाे केहीलाई चित्त नबुझेको स्रोतले  बतायाे ।

त्यसो त उनले निजी क्षेत्रलाई हेलिपोर्ट बनाउन दिएर सुरक्षा चुनौतीसमेत मोलेका छन् । नेपाली सेनाले सुरक्षा दिन कठिन हुने बताइरहँदा बिजनेस टाइकुन रामेश्वर थापाको सिम्रिक एयरलाई हेलिपोर्ट बनाउन स्वीकृति दिएसँगै उनी आलोचित भएका छन् ।

स्रोतका अनुसार पर्यटन वा संघीय मामिला मन्त्रालयमध्ये एउटा पाए जनमत पार्टी सरकारमा जान तयार रहेकाे  तर खानेपानी मन्त्रालयमा भने जनमतले सरकारमा नजाने जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending