Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

चर्चामा रहेका मन्त्रीद्वय किराती र मोदी मध्य एकजनालाई छाँयामा पार्दै प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा जनमतका अध्यक्ष सीके राउतलाई भेटेर सरकारमा आउन  गरेको  आग्रहसँगै माओवादीबाट सरकारमा मन्त्री भएका एक मन्त्री छाँयामा पर्ने भएका छन् ।

बजेट पारित गर्ने बेलामा प्रमुख प्रतिपक्षसँगै मतदान गरेको जनमत पार्टीलाई सरकारमा ल्याउन गठबन्धन दलको प्रयास भएपछि माओवादीबाट वर्तमान सरकारमा मन्त्री भएका अमनलाल माेदी र सुदन किराती मध्य एक छाँयामा पर्ने भएका हुन् ।

गठबन्धन दलको बैठक राखेर प्रधानमन्त्रीले जनमत पार्टीलाई सरकारमा ल्याउने कोसिस थाले सँगै किराती र माेदी मध्य एकजनाकाे पद जाने निश्चित भएकाे छ  । सत्तारुढ गठबन्धन दलको बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो  । बैठकमा सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेबारे छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । बिहान प्रधानमन्त्री प्रचण्ड र राउतबीच सरकारमा सहभागी हुने विषयमा सकारात्मक छलफल भएको थियो । प्रचण्डले माओवादी केन्द्रका कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउने तयारी गरेका हुन् ।

त्यसका लागि आजको बैठकमा कसलाई फिर्ता बोलाउने भन्नेबारे पनि छलफल हुने स्रोतले जानकारी दिएकाे छ  । सरकारमा माओवादीका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित ६ जना मन्त्री रहेका छन् ।

त्यसमध्ये पर्यटन मन्त्री सुदन किराँती वा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीमध्ये एक जनालाई फिर्ता बोलाउन सक्ने स्राेतकाे दाबी छ । यद्यपि प्रचण्डले भने यो विषयमा गठबन्धन दलसँग छलफल गर्ने बताएका छन् ।

सीके राउतले कृषि र उद्योगमध्ये एक मन्त्रालय मागेका  भए पनि कृषि मन्त्रालय नेकपा एस र उद्योग मन्त्रालय नेपाली कांग्रेससँग रहेकाे छ ।

विगतमा एमाले पनि सरकारमा रहेका बेलामा प्रचण्ड सरकारको पालामा उद्योग मन्त्रालय मागेको सो पार्टीले उद्योग नपाएपछि खानेपानी मन्त्रालयमा चित्त बुझाएको थियो ।

गत चैत १७ गते भएको मन्त्रिपरिषद् पुनर्गठनमा उद्योग मन्त्रालय नपाएपछि जनमत पार्टी सरकारबाट बाहिरिएको थियो । प्रधानमन्त्री प्रचण्डले जनमतलाई उद्योग मन्त्रालय नदिई खानेपानी मन्त्रालयमै निरन्तरता दिएपछि तत्कालीन अवस्थामा खानेपानीमन्त्री रहेका जनमत पार्टीका अब्दुल खानले राजीनामा दिएका थिए । जनमत पार्टीले शुरुदेखि नै उद्योग मन्त्रालयमा दाबी गर्दै आएको  छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड अहिले माओवादीले पाएकै एउटा मन्त्रालय दिएर जनमतलाई सरकारमा ल्याउने तयारीमा रहेका छन् । नेपाली कांग्रेस या माओवादीले पाएका मन्त्रालयमध्येबाट एउटा दिनेगरी जनमतलाई सरकारमा ल्याउने तयारी भएको भए पनि माओवादीले पाएको मन्त्रालय दिने सम्भावना बढी रहेकेा स्राेतले बताएकाे छ ।

जनमत सरकारमा आउन राजी भए संघीय मामिलामन्त्री अमनलाल मोदी या पर्यटन, नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई राजीनामा गराउने प्रयास हुनेछ । यस अघि पाि किराती र माेदी मध्य एक जनालाई फिर्ता बाेलाउने गृहकार्य भने भएकाे थियाे ।

पर्यटनमन्त्री किराँती अहिले नागरिक उड्डयन प्राधिकरण र विमानस्थललाई अलगअलग बनाउन प्रयासरत छन् । यो प्रयासमा केही व्यक्तिहरू खुशी नभएको स्रोतले बतायो । पर्यटनमन्त्रीको प्रयास नियामक र सेवा प्रदायक निकायलाई अलगअलग गर्नुपर्छ भन्ने भए पनि राम्रो कामकाे केहीलाई चित्त नबुझेको स्रोतले  बतायाे ।

त्यसो त उनले निजी क्षेत्रलाई हेलिपोर्ट बनाउन दिएर सुरक्षा चुनौतीसमेत मोलेका छन् । नेपाली सेनाले सुरक्षा दिन कठिन हुने बताइरहँदा बिजनेस टाइकुन रामेश्वर थापाको सिम्रिक एयरलाई हेलिपोर्ट बनाउन स्वीकृति दिएसँगै उनी आलोचित भएका छन् ।

स्रोतका अनुसार पर्यटन वा संघीय मामिला मन्त्रालयमध्ये एउटा पाए जनमत पार्टी सरकारमा जान तयार रहेकाे  तर खानेपानी मन्त्रालयमा भने जनमतले सरकारमा नजाने जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र लघुवित्त पीडितबीच सात बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending