Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

एनएमबी बैंकको ‘खेती कर्जा’ कसरी र कसले पाउने ?

खबरडबली संवाददाता

काठमाडौं । एनएमबी बैंकले किसानहरुका लागि ‘एनएमबी खेती कर्जा’ सार्वजनिक गरेको छ । शुक्रबार बैंकले सार्वजनिक गरको कर्जाका लागि किसानहरुले ‘खेती एप’ मार्फत जानुपर्छ । कर्जा उत्पादनसँग जोडिएका किसानहरुलाई कृषि सामाग्री खरिदका लागि दिइने छ ।

‘खेती मोबाइल एप’ के हो ?

खेती किसानका समस्याको समाधान तथा बजार व्यवस्थापनको डिजिटल माध्यम ‘खेती एप’ हो । जसबाट किसानहरुले बजार माग तथा बिक्री बितरणका बारेका डिजिटल रुपमा बुझ्न तथा प्रयोग गर्न सक्छ । एप सर्वसाधारणहरुले निशुल्क रुपमा चलाउन सक्छन् ।

किसानहरुका समस्याहरुको सामाधानका लगि एपलाई बनाइएको हो । हालसम्म खेती एप चलाउने ३० हजार भन्दा बढि प्रयोगकर्ता रहेका छन् । जसमा १० हजार भन्दा बढि ‘एक्टिभ’ प्रयोगकर्ता रहेको बैंकका संस्थापक तथा सिइओ तुल्सी गिरी बताउँछन् ।

आजभन्दा १४ वर्ष अघिबाट प्रत्यक्ष रुपमा कृषिमा निरन्तर काम गरीरहेका तुल्सी गिरी अहिले ‘खेती मोबाइल एप’ मा सीइओ छन् । स्थानीय कृषि तथा खाद्यान्न क्षेत्रमा एक दशकभन्दा लामो अनुभव भएका गिरीले ‘खेती मोवाइल एप’ को अवधारणा सन् २०१६ मा ल्याएका थिए । आधुनिक युगमा प्रविधिमय कृषि बनाउनलाई उनको जोड अतुल्यनीय रहेको छ ।

गिरीले सन २०१९ मा आएर ‘खेती कोबाइल एप’ लाई पूुर्णता दिएका हुन् । गिरी भन्छन, ‘डिजिटल रुपमा डाटाहरुलाई नहेर्दासम्म किसानले कसरी उत्पादन, बिक्री बितरण तथा बजारको अवस्था कस्तो रहेको छ भन्ने कुरा थाहा पाउन सकिदैन । त्यसैकारण कृषिले बजार पाइरहेको हुदैन । बजारको चरम मागलाई सम्बोधन गर्न र कृषिलाई डिजीटल रुपमा लैजान ‘खेती एप’ को अवधारण ल्याइएको हो ।’

किसानले एनएमबी कर्जाका लागि ढुक्क हुने आधार खेती एप रहेको गिरी बताउँछन् । ‘जसमा किसानले कुनैपनि कृषि सामाग्री खरिद गरिसकेपछि किसानले आफैले सामाग्री प्राप्त गरिसके भनेर ‘ब्याक एण्ड एप्लिकेशन’ नभरेसम्म कर्जा सुरु हुँदैन । जसका लागि किसानले ढुक्क भएको आफूलाई आवश्यक सामाग्री खरिद अथवा अनलाइनमार्फत माग गर्न सक्नेछन ।’

बैंकले किसानहरुलाई कर्जा मात्रै प्रदान गर्ने बैंकका डिजिटल व्यवस्थापक शिवराज उपाध्ययले बताए । उनले भने, ‘कर्जाका लागि बैंकसँग ७/८ प्यारामिटरहरु रहेका छन । जसबाट कर्जाका लागि योग्य किसानलाई छनोट गरिन्छ । किसानहरुलाई गोल्ड, सिलवर र प्लाटिनियम गरेर वर्गिकरण गरेको आधारमा कर्जा प्रर्दान गर्ने व्यवस्था गरिएको छ ।’

उपाध्याय भन्छन, ‘बैंकले खेती एपबाट प्राप्त भएको डाटालाई चेकजाच गर्ने गर्छ । जसमा अन्य बैंकबाट कति कर्जा लिएको छ ? पैसाको कारोबार कस्तो छ ? जस्ता सामान्य जानकारी हरेर वास्तविक किसानलाई पहिचान गर्ने काम गर्छ ।’

त्यसको छनोटपछि कर्जा लिन योग्य किसानलाई वर्गिकरणको आधारमा १ लाख, १ ललाख ५० हजार र २ लाखसम्म कर्जा दिने व्यवस्था रहेको छ । बैंकले आफ्रनौ एप बनाएर मात्रै कर्जा प्रवाह गर्छ भन्ने मात्रै नभएर बैंकले अब आफ्नो सेवा पनि विस्तार गर्न सक्छ भन्ने सोचका साथ ‘खेती एप’ संग सहकार्यको काम अगाडी बढेको उपाध्यायले बताए ।

कस्ता किसानहरुलाई कति कर्जा प्रवाह गरिन्छ ?

किसानले अधिकतम सीमा २४ महिनाको लागि १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा पाउने छन् । कर्जाको न्यूनतम अवधिमा ३ महिनाको हुने जनाइएको छ । भने, कर्जा लिनको लागि किसानको खाता एनएमबी बैंक र खेती एप दुबैमा हुनुपर्ने प्रावधान रहेको छ ।

किसानको योग्यता र क्षमताको आधारमा कर्जा प्रवाह गरिनेछ । जसमा ‘खेती’ एपले प्रयोगकर्ताको कृर्याकलापहरुको आधारमा छनोट गर्दछ । अहिले बागमती र गण्डकी प्रदेशका किसानलाई मात्रै कर्जा उपलब्ध गराइने छ ।

त्यस्तै, पछिल्लो एक वर्षदेखि खेती एपमा आवद्ध किसान यस्तो कर्जा लिन योग्य हुनेछन् । साथै कर्जालाई ३ किसिममा वर्गिकरण गरी कर्जा पाइने छ । प्लाटिनम, गोल्डेन र सिल्भर । कर्जाको वर्गिकरणको आधारमा किसिनले कर्जा पाउनेछन् । कुनै किसानले लिएको कर्जा साँवा वा ब्याज भुक्तानी नगरेका कालोसूचीमा राखि भविष्यमा कर्जाको लागि अयोग्य मानिने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending