Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

पल शाह जेल मुक्त भएपछी फिल्ममा कमब्याक, शीर्षक तय हुन बाकी

खबरडबली स‌‌‌वाददाता

काठमाडौं । अभिनेता पल शाहले आफ्नो फिल्मबारे खुलासा गरेका छन् । गत साता हङकङ पुगेको बेला स्थानीय नेपाली सञ्चारमाध्यमसँग कुरा गर्दै आफू फिल्म फर्कन लागेको खुलाए। शीर्षक तय भइ नसकेको फिल्मलाई दिनेश राउतले निर्देशन गर्ने भएका छन्।

एक वर्ष लामो कारागार बसाइपछि पहिलोपटक उनले फिल्मबारे कुरा गरेका हुन् । आफूले काम गर्न लागेको यो नयाँ फिल्मको पटकथा ‘प्रकाश’ फेम्ड विकास सुवेदीले लेखिरहेको उनले बताए । यसअघि अन्तर्वार्ता कुरा गर्दै लेखक सुवेदीले पलले नै आफूलाई फिल्म ‘अप्रोच’ गरेको बताएका थिए । अब भने पल र सुवेदीले सहकार्य गर्ने पक्का भएको छ ।

उक्त अन्तर्वार्तामा शाहले असार दोस्रो सातादेखि आफू फिल्मको तयारीमा जुट्ने र अभिनय सिक्ने बताए । भदौदेखि छायांकन सुरु हुने फिल्मको रिलिज तिहारपछि समेत हुने पलले जनाएका छन् । ‘असार दोस्रो सातादेखि फिल्मलाई समय दिनेछु,’ उनले भने, ‘फिल्मको स्क्रिप्टको पहिलो ड्राफ्ट सकिएको छ ।’

सामाजिक कथावस्तुमा निर्माण हुने फिल्ममा पलको भूमिकाबारे स्पष्ट रुपमा खुलाइएको छैन । यसअघि कुरा गर्दै लेखक सुवेदीले यो फिल्मले पलको करिअरलाई उकास्ने बताएका थिए ।

पल शाह प्रोडक्सनबाट फिल्म निर्माण गर्ने योजना रहे पनि यसमा रिसर्च गर्न समय लाग्ने भएकाले बाहिरी कम्पनीको फिल्म गर्न लागेको उनले बताएका छन् । ‘म पनि आफ्नै प्रोडक्सनबाट फिल्म गर्ने तयारीमा थिएँ । मैले गर्न लागेको र अहिलेको फिल्मको लेखक विकास सुवेदी एउटै हुनुहुन्छ,’ उनले भने । अझै दुई साता आफू म्युजिक भिडियोमै व्यस्त हुने पनि पलले बताएका छन् ।

‘नाइँ नभन्नु ल ४’ बाट डेब्यु गरेका पलको पछिल्लो फिल्म भने  ‘म यस्तो गीत गाउँछु २’ रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: