Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

गायक सपुतलाई जन्मस्थलोमा दर्शककाे साथ

खबरडबली संवाददाता

बागलुङ । गायक तथा अभिनेता प्रकाश सपुत शनिबार साँझ आफ्नो जन्मथलो बागलुङका दर्शकमाझ प्रस्तुत भए । बागलुङ महोत्सवको क्रममा उनलाई बागलुङ उद्योग वाणिज्य सङ्घले मञ्चमा उभ्याएको हो । सप्तान्हतको साँझ गीतसङ्गीतप्रेमी दर्शक सपुतका गीतमा झुमे, रमाए । डेढ घण्टा बढी प्रस्तुती दिनुभएका गायक सपुतले आफ्ना चर्चित गीत ‘बोलमाया...’ देखि ‘गलबन्दी...’ सम्म प्रस्तुत गरे।

‘नमस्कार...’ बोलको गीतसँगै मञ्चमा देखा परेका उनले ‘दोहोरी ब्याटल’सँगै आफ्नो प्रस्तुतिको मैजारो गरे । छिपिँदो रातसम्म सपुतलाई दर्शकले साथ दिए । दुई वर्षपछि उनले आफ्नो गृहथलोमा प्रस्तुति दिएका हुन्। सपतुले ‘पिर...’, ‘फूलमाया...’, ‘मेरो पनि होइन र...’ लगायत गीत सुनाए । सपुतले आफूद्वारा अभिनित चलचित्रका गीतसमेत गाएका थिए । उनको गायन र प्रस्तुतिमा दर्शक मन्त्रमुग्ध देखिन्थे ।

स्वस्थ मनोरञ्जनदेखि सामाजिक विषयवस्तुका गीत सृजनामा पारङ्गत सपुतले आफ्नो साङ्गीतिक सफलताको श्रेय बागलुङलाई जाने बताए । उनले बागलुङको परिवेश, हावापानी, संस्कार र संस्कृति नै आफ्ना सृजनाको स्रोत रहेको उल्लेख गरे । उनको प्रस्तुति सुन्न प्रौढदेखि बालबालिकासम्म महोत्सवस्थल पुगेका थिए ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपुत गायन र अभिनय कलामा पोख्त छन्। उनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘वसन्त’ गत वर्ष प्रदर्शनमा आएको थियो । उनले ‘पूर्णबहादुरको सारङ्गी’, हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ लगायत चलचित्रमा अभिनय गरेका छन् । सपुतसँगै शनिबार गायक कुमार पुन, गायिका टीका पुनलगायतका कलाकारले महोत्सवमा प्रस्तुति दिएका थिए ।

यही पुस ११ गतदेखि सुरु भएको महोत्सव सोमबारसम्म सञ्चालन हुनेछ । महोत्सवका अवधिभर विभिन्न कलाकारहरूको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका संयोजक एवं बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले बताए । महोत्सवमा खुला प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल, खुला राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, पञचेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भोले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैँटौफोर, तारो हान्नेलगायत विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।

महोत्सवमा फोटो प्रदर्शनी, सांस्कृतिक झाँकी, स्थानीय खाना प्रवर्द्धन, सुन्तला, माछाको प्रदर्शनी, हस्तकला, कृषि तथा पशु, औद्योगिक उत्पादन, स्थानीय जडीबुटी, सूचना प्रविधि आदिको प्रदर्शनी तथा बिक्रीकक्ष रहेको अध्यक्ष शाक्यले बताए ।

आठ लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको सङ्घका पूर्वअध्यक्ष एवं सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक नरेश कँडेलले बताए । महोत्सवको प्रतिटिकटबाट रु १० मानवसेवा आश्रम बागलुङलाई सहयोग गरिने भएको छ । टिकटबाट उठेको रकमबाट नेपाल पत्रकार महासङ्घ बागलुङको संस्थागत विकास र जिल्लाको खेलकुद विकासमा सहयोग गरिने जनाइएको छ ।

महोत्सवबाट बचेको रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोसेली घर सञ्चालन आदिमा खर्च गरिने जनाइएको छ । महोत्सवमा रु दुई करोड २० लाख आम्दानी हुने र रु एक करोड ७० लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सवमा दुई सय बढी व्यावसायिक ‘स्टल’ रहेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन प्रहरीको नियुक्ति १५ माघमा, परिचालन २५ माघबाट

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना हुने निर्वाचन प्रहरीलाई २५ माघदेखि ‘फिल्ड’ मा खटाइने भएको छ । नेपाल प्रहरी ...

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जा...

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस...

सशस्त्र प्रहरी बलको २५ वर्षे यात्रा : हलचोकमा रजत महोत्सव विशेष समारोहको आयोजना

काठमाडौँ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्ष...

माघ शुक्ल पञ्चमी: आज श्रीपञ्चमी पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । ...

पश्चिमी वायुको प्रभाव- कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान ग...

सानोथिमि बाल सुधारगृहमा दुई समूहबीच झडप, प्रहरीमाथि ढुङ्गामुढा

भक्तपुर । भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिण...

वैशाखदेखि हालसम्म पाँच हजार नौ सय ६६ विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि हालसम्म देशभर कूल पाँच हजार नौ सय ६६ वटा विपद्का घटना घटेका छन् । विपद्मा परेर चार सय २४ जनाको ज्यान गएको छ भने एक हजार छ सय ४...

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४...

प्रतिनिधिसभा निर्वाचन- उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending