काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मात्र एक दर्जन उपसचिव, तीस शाखा अधिकृत र २८ जना खरिदार सुब्बाहरू जिम्मेवारी विहीन बनेका छन् ।
मोहन घिमिरे, नवराज ढकाल, मुकेश रेग्मी, किसान न्यौपाने, गीता आचार्य, राजेन्द्रप्रसाद कँडेललगायतका एक दर्जन उपसचिव जिम्मेवारी विहीन भएर बरण्डामा थन्किएका छन् ।
यस्तै शाखा अधिकृतहरू सुवास रिजाल, अभिलाषा महर्जन, प्रकाश दुलाल, प्रभा पोखरेल, रामबहादुर यादव, तीर्थराज निरौला, उदयराज भट्टराई, निरञ्जन पाख्रिन, शालिग्राम देवकोटा, वीरबहादुर बस्नेत, सिन्धुकुमारी पाण्डे समेतले जिम्मेवारी पाएका छैनन् ।
यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारीको हरिबिजोग पनि उस्तै छ । भौतिक मन्त्रालयका ६ जना उपसचिवहरू तीन सातादेखि जिम्मेवारी विहीन छन् ।
अमितकुमार शर्मा, क्षितिज जोशी, शुभाञ्जन दाहाल, तेजस्वी शर्मा, ज्ञानेन्द्रप्रसाद कलौनी र आशिका पोखरेलले कुनै जिम्मेवारी पाएका छैनन् । स्थानीयतह कर्मचारी विहीन भएकाे अवस्थामा दर्जनाैं कर्मचारीहरुलाई सिंहदरबारकाे बरण्डामा थन्क्याइ रहँदा कतिपय स्थानीय तहहरुमा सेवाग्राही समस्यामा परी रहेका छन् ।
अघिल्लो आर्थिक वर्षमा कर्मचारीहरूलाई अतिरिक्त समूह अर्थात् बरण्डामा राखेरै १० करोड ४७ लाख ३२ हजार भुक्तानी दिइएको भेटिएको छ । निजामती सेवा नियमावली २०५० नियम ३४ 'ग' मा अतिरिक्त सेवा सम्बन्धी व्यवस्था गरिएको छ । सोही दफामा टेक्दै आजभाेली मन नपरेका प्रशासकहरूलाई अतिरिक्तमा थन्काइने प्रवृत्ति बढ्दै गएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: