काठमाडौं । बेलारूसका शक्तिशाली नेता अलेक्जेन्डर लुकाशेन्कोले मस्कोको सेना र रूसमा विद्रोह गर्ने वाग्नर भाडाको समूहबीच लामो समयदेखि रहँदै आएको तनावलाई गलत तरिकाले व्यवस्थापन गरिएको बताएका छन्।
आफ्ना रूसी सहयोगी भ्लादिमिर पुटिनलाई झकझकाउने विद्रोह अन्त्यका लागि मध्यस्थता गरेको तीन दिनपछि लुकासेन्कोले उक्त कुरा बताएका हुन्।
वाग्नर र रूसी सेनाबीचको विवाद महिनौंसम्म चर्किरहेको थियो र भाडाका सेनाका प्रमुख येभगेनी प्रिगोजिनले जर्नेलहरूविरुद्ध कडा टिप्पणी गरेका थिए।
लुकाशेन्कोले भने, “हामीले सहज परिस्थितिलाई गुमायौं र सोच्यौँ यो आफैँ समाधान हुनेछ, तर त्यसो हुन सकेन । मोर्चामा लडेका दुई व्यक्ति आपसमा लडेका थिए, यस मामिलामा कुनै नायक छैनन्।”
रूसी समूहबीच मध्यस्थकर्ताका रुपमा हेरिएका पुटिनले पनि द्वन्द्वलाई राम्रोसँग वा समयमा सम्बोधन नगरेको भन्दै उक्त आरोप लगाइएको थियो ।
पर्यवेक्षकहरूले रूसका केही ‘सिलोभिकी’ अर्थात् रूसको सुरक्षा संयन्त्रका सदस्य र उनीहरूका नजिकका व्यक्तिहरू पनि पुटिनसँग असन्तुष्ट हुने बताएका छन् ।
लुकाशेन्कोको मध्यस्थतामा भएको सम्झौताअनुसार प्रिगोजिन बेलारुस जाने अपेक्षा गरिएको छ । तर बेलारुसका शक्तिशाली नेताले प्रिगोजिनको स्थान भने खुलाएका छैनन्।
रूसी नेता पुटिनले वाग्नर लडाकुलाई बेलारुस जाने वा नियमित रूसी सेनामा सामेल हुने अवसर पनि दिइने बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: