Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

होन्डुरसमा लागूऔषधसम्बन्धी गोली काण्डमा ११ जनाको मृत्यु, कर्फ्यु जारी

खबरडबली संवाददाता

तेगुसिगाल्पा । लागूऔषध तस्करहरूले बिलियर्ड हलमा ११ जनाको गोली हानी हत्या गरेपछि राष्ट्रपति सिओमारा क्यास्ट्रोले होन्डुरसको एक क्षेत्रमा आइतबार कफ्र्यूको घोषणा गर्नुभएको छ । 

गरिबी, सामूहिक हिंसा र लागूपदार्थको ओसारपसारबाट ग्रस्त यस देशको दोस्रो ठूलो शहर सान पेड्रो सुला नजिकैको शहर चोलोमामा सामूहिक गोलीकाण्ड भएको थियो ।

राष्ट्रिय प्रहरीका प्रवक्ता मिगुएल मार्टिनेजका अनुसार हलमा जन्मदिन मनाइरहेका समय बन्दुकधारीहरु भित्र पसेर गोली चलाएपछि १० जना पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको थियो । प्रत्यक्षदर्शीहरूले पूल हलमा रगताम्य शवहरूको भिडियो अनलाइनमा पोस्ट गरेका देख्न सकिन्छ । 

क्यास्ट्रोले ट्वीटरमा चोलोमा र सान पेड्रो सुलामा आइतबार राति ९ बजेदेखि बिहान ४ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको बताउनुभएको छ । 

कास्त्रोले सुला भ्याली भनिने समस्याग्रस्त क्षेत्रमा लागूऔषध कारोबारीद्वारा प्रशिक्षित र निर्देशित भाडाका हत्याराहरूले गरेको क्रूर र निर्मम आतङ्कवादी हमलापछि आफूले यस्तो कदम चालेको बताउनुभएको छ । 

राजधानी तेगुसिगाल्पा नजिकैको एक कारागारमा प्रतिद्वन्द्वी समूहबीच भएको भिडन्तमा कम्तीमा ४६ महिलाको मृत्यु भएको एक हप्तापछि उक्त आक्रमण भएको हो ।

अधिकारी र प्रत्यक्षदर्शीका अनुसार ब्यारियो १८ समूहका सदस्यहरू प्रतिद्वन्द्वी मारा साल्भाट्रुचा ९एमएस–१३० समूहको इलाकामा पसेर उनीहरूमाथि गोली प्रहार गरी आगजनी गरेपछि हिंसा भड्किएको हो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending