Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

हेर्नुहोस् काठमाडौंमा कति सम्पत्ति हुनेले कति कर तिर्नुपर्छ ?

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगर पालिकाले आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट सार्वजनिक गरेको छ । महानगरका तर्फबाट उपमेयर सुनिता ढंगोलले बजेट सार्वजनिक बजेटमा कुन शीर्षकमा कति कर लगाइयो वा छुट दिइयो भन्ने उल्लेख छ 

प्रमुख बालेन्द्र शाह (बालेन) ले पेस गरेका २०८०/८१ को आर्थिक विधेयक शीर्षकमा कति कर लगाएको भन्ने आर्थिक विधेयकमा उल्लेख छ । विधेयकअनुसार महानगरले पहिलो सुरुको १ करोड रुपैयाँसम्मको मूल्य रहेको सम्पत्तिको दर ०.०१० प्रतिशत तोकेको छ ।

उक्त सम्पत्तिको १ हजार रुपैयाँ कर तोकेको छ । १ करोडमा २ करोडसम्मको सम्पत्ति भएमा ०.०१५ प्रतिशतमा १५ सय थप भई २५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

महानगरले १ करोडमा ३ करोडसम्मको सम्पत्ति भएमा ०.०२० प्रतिशतमा २ हजार थप गरी ४५ सय रुपैयाँ कर निर्धारण गरेको छ ।

४ करोडसम्मको सम्पत्तिमा ०.०४० प्रतिशतमा ४ हजार थप गरी ८ हजार ५ सय रुपैयाँ, ५ करोडसम्मको सम्पत्ति भएकाले ०.०६० प्रतिशतमा ६ हजार थप गरी १४ हजार ५ सय रुपैयाँ र ६ करोडसम्मको सम्पत्ति भएकाले ०.१०० प्रतिशतको आधारमा १० हजार थप गरी २४ हजार ५ सय रुपैयाँ, ८ करोडसम्मको सम्पत्तिमा ०.३०० प्रतिशतमा ६० हजार कर थप भई ८४ हजार ५ सय रुपैयाँ र १० करोड रुपैयाँसम्मको सम्पत्तिमा ०.४५० प्रतिशतमा ९० हजार रुपैयाँ थप गरी १ लाख ७४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

यद्यपी १० करोडभन्दा माथिको सम्पतिमा ०.६०० प्रतिशत कर थप हुने उल्लेख गरेको छ । महानगरको १३औं नगरसभामा नगरप्रमुख बालेन्द्र शाहले उक्त करको दर तोकेका हुन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायिका सत्यकला राई रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

काठमाडौं । गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। खोटाङ जिल्लाबाट उन...

कांग्रेस निर्वाचनमा जान आतुर छ, फागुन २१ मै निर्वाचन हुनुपर्छ: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर...

गुल्मीमा मृत भेटिएको १३ दिनपछि शवको पहिचान

गुल्मी। गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उनी रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल भएको जिल...

मुस्ताङ भ्रमणमा गएका विद्यार्थी अचेत अवस्थामा उद्धार

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरि...

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही प्रस्थान, हुस्सुका कारण उडान ढिलाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारा...

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending