गण्डकी । गण्डकी प्रदेशसभाको आजको वैठकको शून्य समयमा सदस्यले समसामयिक विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सदस्यले बाढीलगायतका विपत्ति, मलबीउको अभाव लगायतमा प्रदेश सरकारको ध्यानार्षण गराएका थिए । बैठकमा प्रदेशसभा सदस्य श्यामराजा महतले तनहुँको शुक्लागण्डकीको दुलेगौँडाबाट साँखेसम्मको बाटो बाढीपहिरोका कारण चारपाँच ठाउँमा भत्केपनि सफा नगर्दा आवतजावतमा समस्या भएको बताए ।
प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले यसअघि शून्य समयमा पटक–पटक म्याग्दी जिल्ला अस्पताल अलपत्र, बेनी जोमसोम सडक निर्माणमा ढिलाइ, मल बीउको अभाव लगायतका कुरा उठाउने गरेपनि त्यसको आजसम्म कुनै जवाफ नआएको जनाउँदै शून्य समयको औचित्यबारे प्रश्न गरे ।
प्रदेशसभा सदस्य चम्पादेवी खड्काले साँढे दुई दशक अघि ट्र्याक खुलेको मध्यपहाडी लोकमार्ग अन्तर्गतको वागलुङ उपल्लाचौरदेखि बीउ, घोडाबाँधेसम्मको सडक दुई वर्षमा कालोपत्र हुनुपर्नेमा पटक–पटक म्याद थप्दा पनि सातवर्षसम्म पनि कालोपत्र नभएको जनाउँदै सो ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जान सरकारको ध्यानकर्षण गराएका थिए ।
अर्का सदस्य बेदबहादुर गुरुङले गत जेठ ३१ र ३२ तथा यही असारको ३ र ४ गतेको बाढीका कारण मादीको ताङतिङ—सिक्लेस बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानी तथा बिरामीलाई अस्पताल लैजानसमेत समस्या भएको जनाउँदै सरकारको ध्यानाकर्षण गराए ।
शून्य समयमा भक्तबहादुर कुँवर, सुधीरकुमार पौडेललगायतले समसामयिक विभिन्न विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराउनुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - ०७:५८
काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...
आषाढ़ २८ गते, २०८३ - ०७:३४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...
आषाढ़ २८ गते, २०८३ - ०७:३१
सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्यो, घटनाको बहुआयामिक छानबिन तीव्र
आषाढ़ २८ गते, २०८३ - ०७:२८
काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...
आषाढ़ २७ गते, २०८३ - २०:४१
तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन
आषाढ़ २७ गते, २०८३ - २०:२४
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...
आषाढ़ २७ गते, २०८३ - २०:१६
धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...
आषाढ़ २७ गते, २०८३ - २०:१२
रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...



प्रतिकृया लेख्नुहोस्: