Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

गर्मी छल्न नरपानीमा पर्यटकको भिड

खबरडबली संवाददाता

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–६ नरपानीडाँडा चिसो हावापानीका प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्य देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन । यहाँ भारतबाट समेत पर्यटक आउने गरेका छन् ।   

पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी प्रमुख वनभोजस्थलको रुपमा विकसित हुँदै गएको छ । गर्मीको समय आजभोलि पनि सर्वसाधारण यहाँ आउने गरेका छन् । सन्धिखर्क–६ नरपानीका पूर्ववडाध्यक्ष कृष्णबहादुर आचार्य कोरोना महामारीका कारण केही समय आवत जावत बन्द भए पनि फेरि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढिरहेको बताउछन्। 

“यहाँ दिनहुँ गर्मी छल्न आउने क्रम बढ्दो छ”, उनले भने– “दैनिकरुपमा ३० देखि ७० वटा समूहको यहाँ आवत जावत रहन्छ ।” शनिबार भने तेब्बर बढी पर्यटक नरपानी पुग्ने गरेका छन् । महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दूरीमा नरपानीमा आउन सकिन्छ । गोरुसिङ्गे सनिधखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटक बढी आउने गरेका छन् । 

सुपा देउरालीमा धार्मिक विश्वासका साथ पाठापाठी चढाउन आउने र देउरालीमा चढाएका पाठापाठी लिएर नरपानीमा वनभोज खाने गर्दछन् । यहाँ वरिपरि हरियाली छ । बीचमा समथर भूभाग छ । भविष्यमा यस क्षेत्रले थप फड्को मार्ने अध्यक्ष आचार्यको विश्वास छ । 

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाक्कल गरे समस्या टर्ने विश्वास छ । त्यसैले यहाँ पाठी, बोका, भाकल गरी बलि चढाइन्छ । 

दैनिक झण्डै तीन हजार व्यक्तिले दर्शन गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीले बताए । मासिकरुपमा लाखौँ भेटी उठने गर्छ । सन्धिखर्क–७ खाँचीकोटस्थित सुपा देउराली मन्दिरमा उठेको  भेटीबाट दुई विद्यालय सञ्चालनका साथै विकास निर्माणका काम भइरहेका छन् । 
  
मन्दिरमा चढाएको भेटीबाट सन्धिखर्क–७ स्थित आदर्श माध्यमिक विद्यालय खाँचीकोट, शीतगङ्गा नगरपालिकाको शान्ति आधारभूत विद्यालय, सीता आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयमा गरी १० निजी शिक्षक राखेर विद्यालय सञ्चालन गरिएको छ । मासिकरुपमा सन्धिखर्क खाँचीकोटको आदर्श माध्यमिक विद्यालयमा रु ७० हजार, शीतगङ्गा–२ को शान्ति आधारभूत विद्यालयमा  रु ६२ हजार पाँच सय, सीता आधारभूत विद्यालयमा रु २१ हजार छ सय र देउराली आधारभूत विद्यालयमा रु ११ हजार छ सय खर्च हुने गरेको सुपादेउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए ।  

भेटीबाट अनाथ, असहाय र दैवी प्रकोपमा परेका परिवारलाई आर्थिक सहयोग गर्नाका साथै अन्य मठमन्दिर पौवा, बाटाघाटो, बिजुली, खानेपानी, दैवीप्रकोप राहतलगायतका मानवीय सेवाका क्षेत्रमा खर्च गरिएको उहाँले जानकारी दिनुभयो । भेटीबाट मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री खरिदमा गरिने खर्चका साथै ती विद्यालयमा चार/चारकोठे भवन पनि निर्माण गरिएको छ । मन्दिरको भेटीबाट निजी स्रोतका शिक्षक राखेर विद्यालयको पठनपाठनमा सहयोग पुगेको आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले बताए । 

सुपा मन्दिरको शिरमा जान सकिने केबुलकार र साहसिक पदमार्ग बनाउन सके यहाँ पर्यटन व्यवसायबाट पर्याप्त आम्दानी लिन सकिन्छ । सुपाको पूर्व रहेको भैँसी मेलामा मन्दिर बनाएर केबुलकार बनाउने, पश्चिमको सिद्ध मन्दिरमा आउने पुल बनाउने तथा साहसिक पदमार्गको निर्माण गर्नसके नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बनाउन सकिने थापाले बताउनुभयो । सुपा देउराली  पर्यटकीय गन्तव्य बनिसकेको छ  ।  सन्धिखर्क गोरुसिङ्गे सडक खण्डसँगै जोडिएकाले पनि यसको महत्व बढ्दो छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना प्रक्रिया अघि बढाउन मन्त्री मेहताको निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...

डोल्पामा बोलेरो जिप दुर्घटना अपडेट: एक जनाको मृत्यु, १३ जना घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस, कानुनविद्सँग परामर्श

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...

गृहमन्त्री गुरुङको धनकुटा भ्रमण : मन्दिर दर्शनदेखि सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षण

धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...

सरकार संविधान र गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढ्दैछ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...

नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...

डोल्पाको जगदुल्लामा जिप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...

संविधान संशोधन हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...

निजामती सेवामा राजीनामा बढ्यो, १५ दिनमै १४६ कर्मचारीले छाडे सेवा

काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending