काठमाडाैं । हिन्दी चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर भारतमै विवाद उत्पन्न भएकाे छ । शुक्रबारदेखि भारतलगायत अन्य देशका हलमा पुगेको याे चलचित्रकाे विषयमा लिएर भारतमै विवाद भएकाे हाे ।
भारत तथा अन्य देशका हलहरूमा एकै पटक छाएकाे चलचित्रले पहिलो दिन नै फिल्मसँग सम्बन्धित व्यक्तिले कीर्तिमानी कमाइ गरेको दाबी पनि गरेका छन् । तर रिलिजसँगै यो फिल्म सामाजिक सञ्जालमा दर्शकको निशानामा परेको छ। चलचित्रको संवादलाई लिएर धेरैले आपत्ति र आक्रोश व्यक्त गरिरहेका छन्।
सिनेमामा हनुमानको संवाद निकै नै विवादित भएको छ। लंका जलाउनुअघि हनुमानले भनेका छन्, ‘कपडा तेरे बाप का, तेल तेरे बाप का, आग भी तेरे बाप की और जलेगी भी तेरे बाप की(कपडा तेरो बाउको, तेल तेरो बाउको, आगो तेरो बाउको र अब जल्छ पनि तेरै बाउकै)।'
फिल्मका अन्य केही संवादको पनि निकै आलोचना गरिएको छ। एउटा दृश्यमा रावणको राक्षस हनुमानलाई भन्छ, 'तिम्रो फूपुको बगैँचा हो र हावा खान आयौ'
अर्को तर्फ अंगदले राणावलाई चुनौती दिंदा भन्छन्, 'रघुपति राघव, राजा राम भन र आज आफ्नो ज्यान बचाउ नत्र आज उभिएको छौ भोलि भुइँमा पसारिएको भेटिनेछौ।'
चलचित्रमा प्रयोग गरिएको भाषालाई ‘अभद्र र अपमानजनक’ भन्दै दर्शकले सामाजिक सञ्जालमा आफ्ना गुनासो पोखिरहेका छन्।
यसलाई फिल्म आरआरआरसँग तुलना गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘आरआरआरको केही मिनेटको यो दृश्य सम्पूर्ण आदिपुरुषभन्दा धेरै गुणा राम्रो छ।
यसै क्रममा एक प्रयोगकर्ताले लेखेका छन्, ‘मैले आदिपुरुषको टिकट रद्द गरेको छु किनभने म मेरी छोरीलाई गलत रामायण सिकाउन चाहन्नँ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: