Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

सेन्ट्रल जेलमा लागुऔषधदेखि अनलाइन जुवासम्मको धन्दा, जेलर विरुद्ध जताततै उजुरी

खबरडबली संवाददाता

काठमाडौं ।   केन्द्रीय कारागार सुन्धारामा कैदी (बन्दीहरूलाई ब्यापक शोषण र दमन गर्दै ‘अवैध धन्दा’ मौलाइरहेको भन्दै त्यहाँका केही कैदी बन्दीले गृहमन्त्रालय तथा कारागार व्यवस्थापन विभागमा उजुरी दिएका छन् ।

उनीहरूले जेलर तथा नाइके र त्यहाँका चौकीदारहरू मिलेर कैदीमाथि दमन, शोषण र त्यहीँबाट अवैध कामहरू गरिरहेको विवरणहरू पनि मन्त्रालय र विभागलाई दिएका छन् । त्यो उजुरी अख्तियारसम्म पुगिसकेको छ। मन्त्रालयले उजुरी दर्ता पनि गरिसकेको छ ।

उजुरीमा उल्लेख भएअनुसार चौकिदार शान्ती तामाङ्ग, हस्पिटल नाईके कोपिला मगर, हेडमास्टर निशा खिनाललगायतको मिलोमतोमा कारागारभित्रै लागु औषध, चुरोट र मदिरा बेचबिखन गर्ने गरिएको छ। त्यसमा मूल नाइके रमेश भनिने बै लामाको पनि संरक्षण रहेको उजुरीमा उल्लेख छ।

कारागार भित्र यसरी लुटतन्त्र मच्चाउदै आएकाहरुलाई जेल प्रशासनलेनै संरक्षण दिएको स्रोतको दाबी छ। स्रोतका अनुसार कारागार भित्र अवैध धन्दा चलाउनेहरुलाइ कारागार प्रमुख ललित बस्नेतलेनै संरक्षण दिएका छन् । उनले भित्र बेथीतीको बारेमा बोल्नेलाइनै अनेत्र कारागार चलानको धम्की दिने गरेका छन् । 

उजुरीमा उल्लेख भएअनुसार कारागारको प्रशासन जेलर भवनमा मुल नाईके, चौकिदार, वैदार, ठुलो वैदार जस्ता कैदीबन्दीहरुको कारागार प्रशासनको जेलर भवनसम्म सहज रुपमा आउन पाउँछन्। उनीहरू कारागार प्रशासन जेलर भवनमा आउँदा र जाँदा पनि चेक जाँच हुँदैन। जसले गर्दा कैदी बन्दीलाई भेटघाट गर्ने वहाना बनाई बाहिरबाट आएको व्याक्ति र मुल नाईके, चौकिदार, वैदार, ठुलो वैदारजस्ता कैदीबन्दीहरुको सहज भेटघाट हुनेगर्छ। यसैको फाइदा उठाउँदै मुल नाईके, चौकिदार, वैदार, ठुलो वैदारले कारागार भित्र लागु औषध, चुरोट र मदिरा भित्राउँछन् र १० औं गुणा महंगोमा कारागारका अन्य कैदी बन्दीलाई विक्री वितरण गरिन्छ ।

त्यस्तै कारागारका क्यान्टिन तथा पसलहरूमा पनि कैदी बन्दीहरूबाट ३ गुणाभन्दा महंगोमा सामान बेचिन्छ । उजुरीमा बताइएअनुसार कारागार भित्र कैदी बन्दीको लागि मेस तथा होटल संचालन गर्नेले सिधै बजारबाट खाद्यान्न तथा तरकारी खरिद गर्न दिइदैंन । तरकारी तथा खाद्यान्न पसल कैदी बन्दी चौकिदार प्रभाकर नरसिंह राणा र किराना पसल प्रीतम मानन्धरले सञ्चालन गर्दै आएका छन् । मेस तथा होटललाई खरिद मुल्य भन्दा ३ गुणा बढी लिएर विक्रि गर्छन। जसले गर्दा होटल तथा मेसमा पाईन खानेकुरा महंगो हुनेगर्छ । परिणाम सरकारले प्रति कैदीलाई दिएको भत्ताले मेसमा खाएको तिर्न पुग्दैन । फलस्वरुप कैदी बन्दीले घर परिवारबाट रुपैया पैसा मगाउँन बाध्य छन् ।

त्यसैमाथि आफन्तहरूले कैदीबन्दीलाई दिएको रकम पनि उनीहरू ५० प्रतिशतभन्दा ‘कमिसन’ काट्ने गरेका छन् । उनीहरूका अनुसार कैदी बन्दीका आफन्तले कैदीलाई रुपैया पैसा दिन चाहे सिधै कैदीलाई दिन पाउँदैनन्। मूल नाईकेले त्यसदिन खटाएको कैदी (जसलाई स्टाफ भनिन्छ) को हातमा दिनुपर्छ । उक्त रकम स्टाफ बसेको कैदी मार्फत पाएपछि मुल नाईकेले कमिशनको नाममा ५० प्रतिशत रकम उठाउने गरेका छन् ।

उजुरीकर्ताहरूका अनुसार जेलभित्रै मिटर ब्याज, अनलाइन जुवा ९वेटिङ०लगायतका धन्दाहरू पनि मौलाउँदै गएका छन्। उनीहरूले आफ्नो उजुरीमा लेखेका छन् -कारागार भित्र कैदी बन्दीलाई रुपैया पैसा उधारो लिन उकास्ने र त्यस्तो रुपैया पैसाको १०० बरावर मासिक ५ रुपैयाका दरले हिसाव गरी मिटर व्याज उठाउँने गरेको छन् ।

त्यस्तै जेलमा भएका विकृती र विसंगती तथा त्यस्ता अवैध धन्दाहरूको विरोध गर्ने कैदी बन्दीलाई धम्क्याउने, मानसिक र शारिरीक यातना दिने तथा सरुवा गर्ने र रोक्नेजस्ता कामहरू पनि हुँदै आएका छन् । उजुरीकर्ताहरूले कैदीहरूको सरुवामा पनि व्यापक पैसाको चलखेल भइरहेको पनि लगाएका छन् ।

‘निषेधित बस्तुको विकि वितरण र महङ्गीको विरोध गर्ने उपर चौकिदार प्रभाकर नरसिंह राणा, मुल नाईक रमेश भन्ने बै लामा, ठूलो बैदार प्रीतम मानन्धर समेत भई शारीरिक तथा मानसिक यातना दिने तथा जेलरसँग मिली जेल स्थान्तरण समेत गर्ने गरेका छन् ।

हालसालै दिपकराज दाहाललाई नख्खु कारागार र खेम बहादुर डाँगीलाई नेपालगञ्ज कारागारमा चलान गरिएको छ । विकृतीका विरुद्धमा बोलेको कारणले कुटपिट समेतको शारीरिक यातना दिई निजहरुलाई चलान गर्ने गरेका छन्’ उजुरीकर्ताले भनेका छन् ‘चौकिदार शान्ती तामाङ्ग, हस्पिटल नाईके कोपिला मगर, हेडमास्टर निशा खिनाल समेत भई पुराना कैदीहरुलाई जेलबाट सरुवा रोकिदिने भनि १ लाख देखि २ लाखसम्म रकम उठाउँने गर्छन् र उक्त रकम जेलरसम्म पुर्याई कैदीको कारागार सरुवा रोक्नेसम्मको काम हुने गरको छ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending