Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

सेन्ट्रल जेलमा लागुऔषधदेखि अनलाइन जुवासम्मको धन्दा, जेलर विरुद्ध जताततै उजुरी

खबरडबली संवाददाता

काठमाडौं ।   केन्द्रीय कारागार सुन्धारामा कैदी (बन्दीहरूलाई ब्यापक शोषण र दमन गर्दै ‘अवैध धन्दा’ मौलाइरहेको भन्दै त्यहाँका केही कैदी बन्दीले गृहमन्त्रालय तथा कारागार व्यवस्थापन विभागमा उजुरी दिएका छन् ।

उनीहरूले जेलर तथा नाइके र त्यहाँका चौकीदारहरू मिलेर कैदीमाथि दमन, शोषण र त्यहीँबाट अवैध कामहरू गरिरहेको विवरणहरू पनि मन्त्रालय र विभागलाई दिएका छन् । त्यो उजुरी अख्तियारसम्म पुगिसकेको छ। मन्त्रालयले उजुरी दर्ता पनि गरिसकेको छ ।

उजुरीमा उल्लेख भएअनुसार चौकिदार शान्ती तामाङ्ग, हस्पिटल नाईके कोपिला मगर, हेडमास्टर निशा खिनाललगायतको मिलोमतोमा कारागारभित्रै लागु औषध, चुरोट र मदिरा बेचबिखन गर्ने गरिएको छ। त्यसमा मूल नाइके रमेश भनिने बै लामाको पनि संरक्षण रहेको उजुरीमा उल्लेख छ।

कारागार भित्र यसरी लुटतन्त्र मच्चाउदै आएकाहरुलाई जेल प्रशासनलेनै संरक्षण दिएको स्रोतको दाबी छ। स्रोतका अनुसार कारागार भित्र अवैध धन्दा चलाउनेहरुलाइ कारागार प्रमुख ललित बस्नेतलेनै संरक्षण दिएका छन् । उनले भित्र बेथीतीको बारेमा बोल्नेलाइनै अनेत्र कारागार चलानको धम्की दिने गरेका छन् । 

उजुरीमा उल्लेख भएअनुसार कारागारको प्रशासन जेलर भवनमा मुल नाईके, चौकिदार, वैदार, ठुलो वैदार जस्ता कैदीबन्दीहरुको कारागार प्रशासनको जेलर भवनसम्म सहज रुपमा आउन पाउँछन्। उनीहरू कारागार प्रशासन जेलर भवनमा आउँदा र जाँदा पनि चेक जाँच हुँदैन। जसले गर्दा कैदी बन्दीलाई भेटघाट गर्ने वहाना बनाई बाहिरबाट आएको व्याक्ति र मुल नाईके, चौकिदार, वैदार, ठुलो वैदारजस्ता कैदीबन्दीहरुको सहज भेटघाट हुनेगर्छ। यसैको फाइदा उठाउँदै मुल नाईके, चौकिदार, वैदार, ठुलो वैदारले कारागार भित्र लागु औषध, चुरोट र मदिरा भित्राउँछन् र १० औं गुणा महंगोमा कारागारका अन्य कैदी बन्दीलाई विक्री वितरण गरिन्छ ।

त्यस्तै कारागारका क्यान्टिन तथा पसलहरूमा पनि कैदी बन्दीहरूबाट ३ गुणाभन्दा महंगोमा सामान बेचिन्छ । उजुरीमा बताइएअनुसार कारागार भित्र कैदी बन्दीको लागि मेस तथा होटल संचालन गर्नेले सिधै बजारबाट खाद्यान्न तथा तरकारी खरिद गर्न दिइदैंन । तरकारी तथा खाद्यान्न पसल कैदी बन्दी चौकिदार प्रभाकर नरसिंह राणा र किराना पसल प्रीतम मानन्धरले सञ्चालन गर्दै आएका छन् । मेस तथा होटललाई खरिद मुल्य भन्दा ३ गुणा बढी लिएर विक्रि गर्छन। जसले गर्दा होटल तथा मेसमा पाईन खानेकुरा महंगो हुनेगर्छ । परिणाम सरकारले प्रति कैदीलाई दिएको भत्ताले मेसमा खाएको तिर्न पुग्दैन । फलस्वरुप कैदी बन्दीले घर परिवारबाट रुपैया पैसा मगाउँन बाध्य छन् ।

त्यसैमाथि आफन्तहरूले कैदीबन्दीलाई दिएको रकम पनि उनीहरू ५० प्रतिशतभन्दा ‘कमिसन’ काट्ने गरेका छन् । उनीहरूका अनुसार कैदी बन्दीका आफन्तले कैदीलाई रुपैया पैसा दिन चाहे सिधै कैदीलाई दिन पाउँदैनन्। मूल नाईकेले त्यसदिन खटाएको कैदी (जसलाई स्टाफ भनिन्छ) को हातमा दिनुपर्छ । उक्त रकम स्टाफ बसेको कैदी मार्फत पाएपछि मुल नाईकेले कमिशनको नाममा ५० प्रतिशत रकम उठाउने गरेका छन् ।

उजुरीकर्ताहरूका अनुसार जेलभित्रै मिटर ब्याज, अनलाइन जुवा ९वेटिङ०लगायतका धन्दाहरू पनि मौलाउँदै गएका छन्। उनीहरूले आफ्नो उजुरीमा लेखेका छन् -कारागार भित्र कैदी बन्दीलाई रुपैया पैसा उधारो लिन उकास्ने र त्यस्तो रुपैया पैसाको १०० बरावर मासिक ५ रुपैयाका दरले हिसाव गरी मिटर व्याज उठाउँने गरेको छन् ।

त्यस्तै जेलमा भएका विकृती र विसंगती तथा त्यस्ता अवैध धन्दाहरूको विरोध गर्ने कैदी बन्दीलाई धम्क्याउने, मानसिक र शारिरीक यातना दिने तथा सरुवा गर्ने र रोक्नेजस्ता कामहरू पनि हुँदै आएका छन् । उजुरीकर्ताहरूले कैदीहरूको सरुवामा पनि व्यापक पैसाको चलखेल भइरहेको पनि लगाएका छन् ।

‘निषेधित बस्तुको विकि वितरण र महङ्गीको विरोध गर्ने उपर चौकिदार प्रभाकर नरसिंह राणा, मुल नाईक रमेश भन्ने बै लामा, ठूलो बैदार प्रीतम मानन्धर समेत भई शारीरिक तथा मानसिक यातना दिने तथा जेलरसँग मिली जेल स्थान्तरण समेत गर्ने गरेका छन् ।

हालसालै दिपकराज दाहाललाई नख्खु कारागार र खेम बहादुर डाँगीलाई नेपालगञ्ज कारागारमा चलान गरिएको छ । विकृतीका विरुद्धमा बोलेको कारणले कुटपिट समेतको शारीरिक यातना दिई निजहरुलाई चलान गर्ने गरेका छन्’ उजुरीकर्ताले भनेका छन् ‘चौकिदार शान्ती तामाङ्ग, हस्पिटल नाईके कोपिला मगर, हेडमास्टर निशा खिनाल समेत भई पुराना कैदीहरुलाई जेलबाट सरुवा रोकिदिने भनि १ लाख देखि २ लाखसम्म रकम उठाउँने गर्छन् र उक्त रकम जेलरसम्म पुर्याई कैदीको कारागार सरुवा रोक्नेसम्मको काम हुने गरको छ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र लघुवित्त पीडितबीच सात बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending