Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

चौताराका शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना

भूपेन्द्र भण्डारी

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका शतप्रतिशत बालबालिकाहरूलाई विद्यालयमा भर्ना गराएको छ । 

अनिवार्य तथा निःशुल्क शिक्षाको सुनिश्चितताका लागि मोबाइल भर्ना अभियानसमेत सञ्चालन गरी आधारभूत शिक्षाका उमेर समूहका शतप्रतिशत बालबालिकाहरूलाई विद्यालयमा भर्ना गराई विद्यालय बाहिर बालबालिका नरहेको घोषणा गरेको छ ।

त्यस्तै नगरले विद्यार्थीको सिकाइमा अभिभावकलाई समेत सहभागी गराउन १०६४ जनालाई अभिभावक शिक्षा प्रदान गरेकव बताएको छ । शिक्षकको पेशागत दक्षता अभिवृद्धि गर्नका लागि अंग्रेजी शिक्षण तालिम, विषयगत तालिम, विविध प्रकारका गरी जम्मा १०४ जना शिक्षकलाई तालिम दिएको जनाएको छ ।

सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार्न अनुगमन र सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको छ । विद्यालयको शैक्षिक, भौतिक, शैक्षणिक र व्यवस्थापकीय सुधार गर्नका लागि अनुगमन, निरीक्षण र सुपरिवेक्षण कार्यलाई नियमित र प्रभावकारी बनाउँदै लगिएको जानकारी दिएको छ ।

विद्यार्थी संख्या, भौगोलिक अवस्थालगायतका आधारमा विद्यालयको नक्साङ्कन गरी चार वटा विद्यालयमा कक्षा कटौति गरिएको छ । विद्यालयमा शिक्षक कमी हुन नदिनका लागि शिक्षक दरबन्दी मिलान गर्नुका साथै नगरपालिका र वडाको अनुदानमा शिक्षक व्यवस्थापन गरिएको नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले बताए ।

विद्यार्थीको बहुप्रतिभा प्रस्फुटनका लागि विज्ञान तथा गणित प्रदर्शनी, हाजिरी जवाफ, वक्तृत्वकला, नृत्यकला, वादविवाद आदि जस्ता अतिरिक्त क्रियाकलाप नगर स्तरमा सञ्चालन गरिएको छ ।

विद्यालयमा शैक्षिक पूर्वाधार विस्तार गर्दै जाने नीति अनुरुप तीन वटा विद्यालयमा विज्ञान प्रयोगशाला, ३ वटा विद्यालयमा पुस्तकालय, ४ वटा विद्यालयमा शौचालय, ३ वटा विद्यालयमा खानेपानी व्यवस्था गरिएको छ भने २२ वटा विद्यालयलाई कार्यसम्पादनमा आधारित अनुदान प्रदान गरिएको मेयर सापकोटाले बताए ।

प्रारम्भिक बालविकासलाई पूर्वाधार युक्त, गुणस्तरीय र प्रभावकारी बनाउन नर्सरी र केजी कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै ३० वटा बालकक्षामा सिकाइ सामग्री व्यवस्थापन र ६५ जना सहजकर्तालाई सघन तालिम प्रदान गरिएको छ ।

माध्यमिक तहमा १३ जना, आधारभूतमा १ जना र प्रारम्भिक बालविकासमा ११ जना गरी जम्मा २५ जना नगर अनुदानका शिक्षक व्यवस्थापन गरिएको छ ।

चौतारा-५ को टुँडिखेल पिपलबोट चोकमा खुल्ला ब्यायमशाला ९ओपन जिम० निर्माण गरी सञ्चालनमा गरेको छ । नगरपालिकाको सामुदायिक र नीजि विद्यालयहरू सहभागी हुने गरी नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गरिएको छ । साथै जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी भई १८ स्वर्ण पदकसहित प्रथम स्थान हाँसिल गरेको छ ।

सेतिदेवि आ.वि. कदमबास र समाज विकास आ।वि। बतासेको विद्यालय भवनको निर्माण कार्य सम्पन्न गरिएको छ । साथै वडा नं। ३ स्थित सेतिदेवि पञ्चकन्या आ.वि. को विद्यालय भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending