चितवन । उद्योग वाणिज्य सङ्घ चितवनले आफ्नो व्यावसायिक भवनमा बहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको आज बसेको नियमित बैठकले सङ्घको नाममा सहिद चोकमा रहेका व्यावसायिक भवनमा बहालमा लिई व्यवसाय गर्ने व्यवसायीलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो ।
आर्थिक जटिलताका कारण व्यवसायी आर्थिक समस्यामा परेकाले उद्योग वाणिज्य सङ्घ चितवनले घरभाडामा लगाउने घरधनीलाई आफ्नो अनुकूलताअनुसार घरभाडामा छुट दिन अपिलसमेत गरेको छ । देशमा व्यापक चरम आर्थिक मन्दीका कारण व्यावसायिक गतिविधिमा ह्रास आएको र व्यवसायीहरू घरभाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेको सङ्घले जनाएको छ ।
कोभिड–१९ र त्यसपछि सिर्जना भएको व्यावसायिक जटिलता, बैंक ब्याज वृद्धि जस्ता समस्याको सामना गर्दै आएका उद्योगी व्यवसायी अहिले चरम आर्थिक मन्दीमा परेका कारण व्यवसायीलाई छुट दिने कार्य आफैँबाट सुरु गरिएको सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले बताए ।
उनले वर्तमान अवस्थालाई मध्यनजर गरी अरू घरधनीले कम्तीमा यो अवस्था सहज नहुँदासम्मका लागि घर भाडामा केही प्रतिशत छुट दिन अनुरोध गरे । घर बहाल सम्झौताबमोजिम यस वर्ष घर बहालमा वृद्धि गर्ने समय आएका घरधनीलाई यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्नसमेत सङ्घले अपिल गरेको छ । सङ्घको मातहतमा रहेका व्यावसायिक भवनमा व्यवसाय गरिरहेका व्यवसायीलाई सम्झौताबमोजिम यस वर्ष वृद्धि हुने बहाल रकमसमेत छुट दिएको अध्यक्ष श्रेष्ठले बताए ।
केही दिनअघि मात्र घरबहाल उपभोक्ता मञ्च चितवनले घरभाडा छुट दिन घरबेटी र छुट गराएर मात्र भाडा तिर्न व्यवसायीलाई आह्वान गरेको थियो । विभिन्न व्यावसायिक सङ्घसंस्थाको समर्थनमा मञ्चले दबाबमूलक कार्यक्रमसमेत गरिरहेको छ । मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीले आर्थिक मन्दीका कारण व्यवसाय धरासायी बनेको भन्दै घरभाडा छुट नभएसम्म व्यवसाय टिकाउन नसकिने अवस्था आएको बताए । उनले मञ्चले गरेको आग्रहअनुसार उद्योग वाणिज्य सङ्घबाटै घरभाडा छुटको सुरुआत हुनु सकारात्मक भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: