Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

उकालो यात्रामा सेयर बजार, लगानीकर्ता उत्साहित

खबरडबली संवाददाता
काठमाडौं । करिब दुई वर्ष लामो गिरावटपछि सेयर बजारले उकालो यात्रालाई पुनः निरन्तरता दिएको छ । करिव १७ सय अंकसम्म झरिसकेको नेप्से परिसूचक पछिल्ला दिनमा दुई हजारभन्दा माथि उक्लिएको छ । मंगलवारमात्रै करिब तीन महिनापछि नेप्से परिसूचक दुई हजारमाथि पुगेको थियो, जुन बुधवार पनि कायम रह्यो। पछिल्ला १० कारोबार दिनलाई हेर्ने हो भने सेयर बजार पुँजीकरण दैनिक रुपमा बढिरहेको छ ।  १० दिनअघि २७ खर्ब २४ अर्व ६५ करोड रुपैयाँ रहेको सेयर बजार पुँजीकरण क्रमशः बढ्दै बुधवारसम्म २९ खर्ब ७८ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत कम्पनीहरूको मर्जर तथा प्राप्ति र सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा कर तिर्नुपर्ने व्यवस्था गरिएसँगै लगानीकर्ता असन्तुष्ट बनेका थिए।  लगानीकर्ताका संस्थाहरूको निरन्तर दबावपछि अर्थमन्त्री प्रकाशशरण महतले अन्योल भएका केही विषय स्पष्ट पारेपछि सेयर बजारले उकालो यात्रा तय गरेको हो। पछिल्ला दिनको उकालो यात्रालाई विश्लेषकहरूले बजार लयमा फर्कने क्रममा रहेको विश्लेषण गर्न थालेका छन्। लगानीकर्ताहरूको मनोबल उच्च हुँदै जाँदा पछिल्ला दिनमा बजार बढ्न थालेको उनीहरूको बुझाइ छ। नेप्से परिसूचकमात्र बढेको छैन, कारोबार रकम पनि बढेको छ। यसरी लगातार बजार तथा कारोवार रकम बढ्दै जाँदा घटिरहेको बजार पुँजीकरण पनि बढिरहेको छ । बुधवार सेयर बजार दिनभर हरियाली रह्यो। तर, कारोवारको अन्तिम समयमा बजारले एकाएक ५० अंक गुमाउन पुग्यो र त्यसको केही मिनेटमै पुनः लयमा फर्कियो। यसले बजार लयमा फर्कने प्रयास रहेको बुझिने लगानीकर्ता बताउँछन्। यो समाचार कारोबार दैनिकमा छ ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending