Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

समस्याग्रस्त सहकारीका बचत फिर्ता प्रक्रिया अघि बढ्दै

खबरडबली संवाददाता

काठमाडौँ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्य सुरु गरेको छ।

समितिका अध्यक्ष पूर्वन्यायाधीश डिल्लीराज आचार्यका अनुसार  बचतकर्तालाई आवश्यक माग दाबी तथा विवरण बुझाउन आग्रह गरिएको छ ।

समितिले  बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बचत फिर्ता तथा सरकारी वा सार्वजनिक निकायसँग सम्बन्धित काम सञ्चालन गर्ने जनाएको छ ।

साथै बचतकर्ताको चाप र प्रक्रिया व्यवस्थापनलाई प्रभावकारी बनाउन समय तालिका तोकी सोही अनुसारको  व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

त्यस्तै, सेवाग्राहीको गुनासो व्यवस्थापन, स्टेटमेन्ट उपलब्ध गराउने लगायतका सेवा भने दिउँसो ३ बजेपछि मात्रै सञ्चालन गरिने जानकारी समितिले  दिइएको छ।

सेवाप्रवाहमा गरिएको नयाँ समय व्यवस्थापनबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति कार्यालयले क्षमायाचना समेत गरेको छ। समस्याग्रस्त सहकारी सम्पत्ति व्यवस्थापन समितिले विभिन्न कामका लागि सम्पर्क गर्ने जिम्मेवारीसमेत स्पष्ट पारेको छ।

जस अनुसार स्टेटमेन्ट माग, निवेदन दर्ता, गुनासो सुनुवाइ, बचत फिर्ता सिफारिस, ऋण तथा धितोसम्बन्धी प्रक्रिया, कानुनी मुद्दा तथा सम्पत्ति रोक्का–फुकुवासम्मका कामका लागि सम्बन्धित शाखा प्रमुख, सदस्य सचिव तथा समितिका पदाधिकारीलाई जिम्मेवारी तोकिएको जनाइएको छ।

समितिले बचतकर्तालाई आवश्यक कागजातसहित समयमै कार्यालयमा सम्पर्क गर्न आग्रह गर्दै प्रक्रिया व्यवस्थित र पारदर्शी बनाइने प्रतिबद्धता जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत। सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ । जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै ...

१२ वर्षदेखि अलपत्र घुमाउने पुलको ठेक्का रद्द

तनहुँ । पोखरा–नारायणगढ सडकको वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता...

समस्याग्रस्त सहकारीका बचत फिर्ता प्रक्रिया अघि बढ्दै

काठमाडौँ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्...

कोइराला पक्षको आकस्मिक छलफल

काठमाडौं । शेखर कोइरालाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्। गगन थापा ले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय सदस्यमा म...

संघीय संसद्का ८ संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ८ वटा संसदीय समितिका बैठक बस्दैछन्। विभिन्न समितिहरूमा मन्त्रालयका कामकारबाही, बजेट कार्यान्वयन, सडक सुरक्षा, शिक्षा...

रास्वपाले बुधबार बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ३० गते बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ९ बजे वन...

गुल्मीका पाँच छात्रासहित छ जनाले ल्याए ४ जीपीए

गुल्मी। शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका अनुसार जिल्लामा छ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । तीमध्ये पाँच जना छात्रा रहेका छन् । र...

एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...

पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending