Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

बैंकमा पैसाको थुप्रै- निजी क्षेत्र किन लिँदैन कर्ता ?

खबरडबली संवाददाता

काठमाडौं । वर्षको सुरुमा बैंकबाट ऋण नपाएको निजी क्षेत्रको गुनासो सुनिने गर्थ्यो। निजी क्षेत्रका कतिपय अगुवाहरूले बैंकमा पैसा हुँदाहुँदै पनि कर्जा नपाएको भन्दै आक्रोश पोख्थे ।

बैंकहरूसँग पर्याप्त पैसा (लगानीयोग्य रकम / तरलता) नभएकाले उनीहरूले सहजै कर्जा पाउने अवस्था थिएन । तर, अहिले अवस्था उल्टोजस्तै भएको छ। अहिले बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम सहज अवस्थामा आइपुगेको छ, तर निजी क्षेत्रले कर्जा उठाएको छैन।

बैंकहरूमा २ खर्ब ७० अर्ब रुपैयाँ तरलता रहँदा पनि निजी क्षेत्रले कर्जा नउठाउँदा बैंकमा पैसा थुप्रिन थालेको छ। यसलाई परिचालन गर्न बैंकहरूले विभिन्न अफर सार्वजनिक गर्न थालेका छन्। बैंक तथा वित्तीय संस्थाहरूमा ३ खर्ब ७० अर्व ७८ करोड रुपैयाँ निक्षेप संकलन भएको छ, जुन गत असारको तुलनामा ७।३ प्रतिशतको वृद्धि हो । 

गत साउनदेखि वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले १ खर्व ५३ अर्व १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत असारको तुलनामा यो ३.३ प्रतिशतको वृद्धि हो ।

बैंकमा पैसा थुप्रिंदा पनि निजी क्षेत्रले किन कर्जा उठाउन चाहेको छैन ? अहिले यो प्रश्न उठ्न थालेको छ। निजी क्षेत्रले कर्जाको माग नै नगरेको बैंकरहरूले बताइरहेका छन् । उद्योगी व्यवसायीहरूले भने विभिन्न समस्या देखाउँदै कर्जा माग गर्न नसकेको बताइरहेका छन् । 

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले अहिले अर्थतन्त्रमा आएको सुस्तताका कारण बजारमा वस्तुको माग नै नभएपछि उद्योगी व्यवसायीले कर्जाको माग नगरेको बताए।

“विगतमा १०० वटा वस्तुको माग थियो, अहिले ५० वटा वस्तुको पनि मुस्किलले माग छ” उनी भन्छन्, “यस्तो अवस्थामा कर्जा लिएर मात्रै के गर्ने ? व्यवसायीहरूले ऋण लिनका लागि उपयुक्त समय पर्खिएर बसेका छन्।” 

अहिले बजारमा वस्तुको माग नहुँदा उत्पादन पनि घटाउनु परेकाले कर्जा नलिएको उनले बताए । अहिले व्याजदर पनि घट्दो क्रममा रहेको भन्दै उनले अब विस्तारै बजारमा वस्तुको माग पनि बढ्छ कि भन्ने आशा रहेको सुनाए। बजारमा माग सिर्जना भएको अवस्थामा कर्जाको माग बढ्न सक्ने अध्यक्ष अग्रवालको अनुमान छ। यो समाचार कारोबार दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending