Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

मेडिकल कलेज सञ्चालनको प्रारूपमै अलमल

खबरडबली संवाददाता

कैलाली । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको प्रारुपमै अलमल देखिँदा स्थानीयवासीमा चिन्ता र चासो बढेको छ ।

अलमलका बीच मेडिकल कलेजलाई विश्व विद्यालयको प्रारूपमा नै सञ्चालन गर्नुपर्ने मागसहित स्थानीयवासीले संघर्ष गरिरहेका छन् । संघर्ष समितिको आह्वानमा आज गेटा क्षेत्रमा रहेको अत्तरिया बजार बन्द गर्नुका साथै मेडिकल कलेजको भवनमा ‘सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ लेखिएको साइन बोर्ड टाँगेका छन् । संघर्ष समितिको अगुवाइमा सरकारलाई ज्ञापनपत्र दिनुका साथै जनसमर्थन जुटाउन लगातार प्रदर्शन, घेराउ र सार्वजनिक बहस कार्यक्रम भइरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत फागुनमा गेटा मेडिकल कलेजका भवन संरचनाको स्थलगत निरीक्षणका क्रममा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी गराएका थिए ।

सरकारले हालै संसद् समक्ष प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यक्रममा यो कलेजलाई एकसय शय्यासहित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन बजेट विनियोजन गरेको विषय समेटिएको छ ।  मेडिकल कलेजलाई कुन प्रारूपमा सञ्चालन गर्ने भन्ने बारेमा सरकारबाट नै आएका दुई फरक निर्णयबाट अन्योल सिर्जना भएको स्थानीयवासीको भनाइ छ ।   

गोदावरी नगरपालिका–५ गेटा गाउँमा निर्माणाधीन यो मेडिकल कलेजका संरचना निर्माणको काम लगभग पूरा हुने चरणमा छ । सरकारको प्राथमिकता प्राप्त यो कलेज निर्माणमा हालसम्मको पाँच अर्ब ४५ करोड खर्च भइसकेको छ । ६०० शय्याको निर्माण गर्ने लक्ष्यसहित विसं २०६६ मा यो कलेजको संरचना निर्माण सुरु भएको थियो ।

मेडिकल विश्वविद्यालय स्थापनाको पहल गर्न गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ ले मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारूपमा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णयबाट खुसी भएका जनता अहिले सरकारको नीति कार्यक्रममै यो कलेजलाई प्रतिष्ठानको प्रारूपमा सञ्चालन गर्ने विषय समेटिँदा निराश भएको बताए ।

उनले भने, “नीति कार्यक्रममा प्रतिष्ठान बनाउने विषयलाई सच्याएर विश्वविद्यालयको प्रारूपमा सञ्चालन गर्नुपर्ने जनताको माग छ ।” निर्माणको गुरुयोजनाबमोजिम कलेजका झण्डै ४२ संरचनामध्ये २८ भवन संरचना तयार भई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको छ । बाँकी संचना हस्तान्तरणको चरणमा छन् । आउने असारसम्म सबै संरचनाको निर्माण पूरा भइसक्ने जनाइएको छ ।

हाल खानेपानी, सडक पूर्वाधार जस्ता साना काम निर्माणाधीन रहेको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए। विश्व विद्यालय सञ्चालन भएमा स्वास्थ्य क्षेत्रमा उच्चस्तरको जनशक्ति उत्पादनका साथै गुणस्तरीय स्वास्थ्योपचार सेवा प्राप्त हुने र सुदूरपश्चिमको समग्र क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा गणेशबहादुर सिंहले भने, “तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले यो कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारूपमा सञ्चालन गर्ने भनेर जानुभएको थियो, अहिले प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारूपमा सञ्चालन गर्ने भन्नुभएको छ ।”

उनका अनुसार देशका दुई शीर्ष नेताबाट मेडिकल कलेज सञ्चालनको प्रारूपका बारेमा आएको फरक धारणाले अन्योलता बढ्न स्वाभाविक हो । उनले थपे “सञ्चालनको प्रारूपका बारेमा संसद्बाट पारित भएपछि मात्र ढुक्क हुने अवस्था हुन्छ ।” सुदूरपश्चिम प्रदेशमा पहिलो पटक विसं २०५६ मा मेडिकल कलेज सञ्चालन गर्ने पहल सुरु भएको थियो ।

काँचीकामा कोठी पीठका जगत्गुरु शंकराचार्यको संरक्षकत्व र लगानीमा विसं २०५६ मा यसै ठाउँमा स्वास्थ्य आयु विज्ञान प्रतिष्ठान बनाउने पहल गरिएको थियो । कलेज निर्माणका लागि जगत्गुरु शंकराचार्यबाट भवन शिलान्यास भएको थियो । तर विविध कारणले थप काम अघि बढ्न सकेन ।  

त्यसपछि सरकारले यसै ठाउँमा विसं २०६८ मा मेडिकल कलेज बनाउने निर्णय गरेको हो । झन्झटिलो र लामो प्रक्रियाका कारण कलेजका संरचना निर्माण कार्य ढिलो सुरु भएको थियो । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending