Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भारत रेल दुर्घटना: ‘म बाँचेँ तर म वरपरका धेरैले ज्यान गुमाए’

खबरडबली संवाददाता

काठमाडौं । भारतको पूर्वी राज्य ओडिशामा शुक्रवार साँझ दुई यात्रुवाहक रेल र एक मालवाहक रेल ठोक्किँदा भएको दुर्घटनालाई चार दशकयताकै खराब मानिएको छ।

अधिकारीहरूले बालासोर जिल्लामा शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेसका कैयौँ डिब्बाहरू पटरीबाट बाहिर खसेका थिए जसले रोकिराखेको एउटा मालवाहक रेललाई ठक्कर दिँदा त्यसका कैयौँ डिब्बाहरू विपरीत दिशाको पटरीमा परे।

अर्को यसवन्तपुरदेखि हावडातर्फ गइरहेको हावडा सुपरफास्ट एक्सप्रेसले पल्टिएका डिब्बाहरूमा ठक्कर दिएको थियो।

बीबीसीले उक्त दुर्घटना देखेका त्यस गाउँका दुई जना,कोरोमण्डल एक्सप्रेसमा यात्रा गरेका एक जना घाइते यात्रु र एक जना मृतकका आफन्तसँग कुराकानी गरेको छ।

यस सामग्रीमा रहेका विवरणहरूले कतिपय पाठकहरूलाई विचलित पार्न सक्छ।

गिरिजा शङ्कर रथ

गिरिजा शङ्कर रथमालवाहक रेल भिन्न पटरीमा रोकिएको अवस्थामा थियो। कोरोमण्डल एक्सप्रेस पटरीबाट बाहिर खस्दै मालवाहक रेलसँग ठोक्किन पुग्यो।

त्यहाँ अस्तव्यस्त अवस्था सिर्जना भयो। अर्कोतर्फबाट आएको रेल शालिमार एक्सप्रेस थियो। त्यो पछाडिबाट [कोरोमण्डल एक्सप्रेसमा] ठोक्कियो। त्यसका दुई वटा डिब्बा पटरीबाट निस्किए।

त्यस बेला ठूलो आवाज आयो। त्यहाँ सबैतिर धुवाँ थियो।
त्यहाँको अस्तव्यस्त अवस्थामाझ मानिसहरू जताततै दगुरिरहेका थिए। म पटरीनजिकै थिएँ र दगुरेर घटनास्थलमा पुग्ने निधो गरेँ।

हामीले त्यहाँ अड्किएका केही यात्रुलाई निकाल्ने प्रयास गर्‍यौँ। हामीले केहीलाई जीवितै निकाल्न सक्यौँ तर हामीले निकालेकामा केही शवहरू समेत थिए। त्यहाँ निकै धेरै घाइते थिए, हामीले कसरी तिनलाई त्यहाँबाट निकाल्ने भनेर सोच्न सकेनौँ।

उद्धारकर्ताहरू आएपछि केही सहज भयो। त्यो काम रातभर चल्यौँ। घटनाबाट म अझै स्तब्ध छु।

सूर्यवीर

सूर्यभिरमेरी आमा र हजुरआमा दुर्घटनामा परेको रेलमा हुनुहुन्थ्यो। वहाँहरू सहरमा औषधी किन्न जाँदै हुनुहुन्थ्यो। दुर्घटनाको केही घण्टापछि मैले हजुरआमालाई भेटेँ। वहाँ जीवितै हुनुहुन्थ्यो।

तर मेरो आमा हराइरहनुभएको थियो। हामीले वहाँलाई सबैतिर खोज्यौँ तर भेट्न सकेका थिएनौँ। मैले के गर्ने सोच्न सकिनँ र आमाको फोटो मेरा साथीहरू र सहकर्मीहरूलाई फरवार्ड गरेँ।

मैले वहाँको नम्बर र पछिल्लो पटक देख्दा लगाएको लुगाको रङ्ग उनीहरूलाई बताएँ। आज बिहान मलाई एक जना साथीले फोन गरे। उनीहरूले मलाई एक शवको तस्बिर पठाएँ – त्यो मेरी आमाको थियो। वहाँले त्यही नै लुगा लगाउनु भएको थियो।

अहिले मैले वहाँको शवलाई घर लैजाने र वहाँलाई चिर शान्तिमा राख्ने मात्र सोचिरहेको छु। तर यहाँ निकै भद्रगोल छ – कुनै रेल चलेका छैनन् र सबैतिर बाटो जाम छ। एम्बुलेन्सले छिट्टै घर पुर्‍याउला भन्ने आशा गरेका छौँ।

टुटु विस्वास

टुटु विस्वासहामीले चर्को आवाज सुन्यौँ। घरबाट बाहिर निस्कँदा हामीले उक्त घटना देख्यौँ। मैले मालवाहक रेल अर्को रेलमाथि चढेको देखेँ।

जब म घटनास्थल पुगेँ त्यहाँ मैले धेरै घाइते र धेरै मृतकहरू देखेँ। एउटा बालक रोइरहेका थिए, सायद उसका उसका अभिभावकको मृत्यु भएको हुनुपर्छ। केही बेरपछि ती बालकको समेत मृत्यु भयो।

यहाँ धेरै मानिसहरूले पानी मागिरहेका थिए। मैले सक्दो धेरैलाई पानी दिएँ। हाम्रो गाउँबाट यहाँ मानिसहरू आएर आफूले सक्नेजती सहयोग गरे। त्यो कहालीलाग्दो थियो।

मुकेश पण्डित

मुकेश पण्डितएक्कासी झट्का महसुस भएर रेलले पटरी छाड्दा म त्यस रेलभित्र थिएँ। त्यहाँ ठूलो गर्जनजस्तो आवाज आयो र रेल पल्टियो। म त्यहाँ फसेँ र आधा घण्टापछि स्थानीय मानिसहरूले मलाई उद्धार गरे।

हाम्रा सबै सामानहरू भित्र छितरिएका थिए। मैले ती कुनै पाउन सकिनँ। म बाहिर निस्किएँ र भुइँमा बसेँ। मेरो गाउँबाट यात्रा गरेका चार जना यात्रुहरू बाँचे तर धेरै मानिसहरू कि घाइते छन् कि अझै हराइरहेका छन्।

म बसेको डिब्बामा रहेर यात्रा गरिरहेका धेरै मानिसहरूको मृत्यु भयो। गम्भीर घाइते भएकाहरूलाई अस्पताल ल्याइएको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending