Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

प्रधानमन्त्री दाहालको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता

खबरडबली संवाददाता

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय प्रतिनिधमण्डलबीच वार्ता भएको छ ।

बैठकमा अर्थतन्त्र, ऊर्जा, पूर्वाधार, शिक्षाका क्षेत्रमा विस्तारित कनेक्टिभिटी लगायतका एजेन्डाबारे छलफल हुने बताइएको छ । ‘यसमा हाम्रो पुरानो सम्बन्धलाई बलियो बनाउने एजेन्डा पनि समावेश छ,’ भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

बैठकमा विभिन्न सम्झौताहरुमा हस्ताक्षर पनि हुनेछन् । यसअघि आज नै प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीसँग वार्ता गरेका थिए । त्यस्तै बिहान महात्मा गान्धिको समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए ।  बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्नेछन् ।

प्रधानमन्त्री दाहालले आजै दिउँसो ४ बजे भारतका उपराष्ट्रपति धनगढ र साढे ४ बजे राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यसूची छ । साँझ साढे ५ बजे नेपाल र भारतका उद्योगी व्यवसायीले होटेलमा आयोजना गर्ने संयुक्त कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

तेस्रो दिन अर्थात् भोलि बिहान ८ बजे विमानमार्फत प्रधानमन्त्री दाहाल भारतको सफा मानिने मध्यप्रदेशको ठूलो सहर इन्दोर जानेछन् । दिउँसो त्यहाँ फोहोर व्यवस्थापन प्लान्टको निरीक्षण गर्ने कार्यक्रम छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र तलब–भत्ता फिर्ता गर्न त्रिविको अन्तिम चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीलाई तलब–भत्ता तथा अन्य दायित्वको रकम फिर्ता गर्न अन्तिम पटक १...

बालकलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

बाजुरा। बाजुरामा जिपले बालकलाई ठोकेर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं(७ बस्ने २४ वर्षीया गोपाल वली...

टिपरको ठक्करबाट गौरादहमा एकको मृत्यु

दमक। झापाको गौरादहमा टिपरले किच्दा एक साइकल यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल...

वर्षायाममा सडक खन्न रोक, अनुमति बिना उत्खनन गर्न नपाइने

काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजनाभन्दा पुराना सम्पन्न गर्न जोड

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...

सरकारले ‘ब्लक बजेट’ को अवधारणा अपनाएको भन्दै नेकपा सांसद दुलालको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको यस्तो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...

सर्लाहीको गोडैता–५ का वडाध्यक्ष गुप्ता पक्राउ

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending