Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

यथार्थपरक बजेट ल्याउन गण्डकी प्रदेश सरकारलाई विज्ञको सुझाव

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेश सरकार आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याउने तयारीमा जुटिरहेका बेला बजेटको अनुमान यर्थापरक हुनुपर्नेमा विज्ञहरूले जोड दिएको छन् । 

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित ‘वित्तीय सङ्घीयता र अन्तरसरकार सम्बन्ध’ विषयक संवाद कार्यक्रममा उहाँहरूले स्रोतमा आधारित रहेर वस्तुनिष्ठ बजेट बनाउनुपर्ने सुझाव दिएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले बजेट बनाउँदा राजस्वको लक्ष्य यथार्थपरक र पूर्वानुमानयोग्य हुनुपर्ने बताए । “तथ्यपरक अनुमान गर्न सकिएन भने बजेट बनाउनुको औचित्य छैन”, उहाँले भने, “योजनाको चाप या राजनीतिक दबाब छ भन्दै राजस्वको अनुमान बढाएर बजेटको आकार बढाउन थालियो भने त्यसले विकृति निम्त्याउँछ ।”

वास्तविक धरातलमा नटेकी ल्याइएको बजेट कार्यान्वयन हुन नसक्ने उहाँले उल्लेख गरे । “बजेट भनेको अनुशासन पनि हो, यसको संवेदनशीलतालाई ख्याल गरौँ, तीनै तहका सरकारबीच समन्वय बढाऔँ”, अध्यक्ष पौडेलले भन्नुभयो । 

सङ्घीय सरकारले प्रदेश सरकारलाई दिने समानीकरण अनुदान बढाउनुपर्ने उहाँले बताउनुभयो । बजेट र योजना तर्जुमामा प्रदेश सरकारलाई बढी अधिकार कार्यजिम्मेवारी दिने हो भने सशर्ततर्फको अनुदान पनि एकमुष्ट दिनुपर्ने अध्यक्ष पौडेलको सुझाव छ । 

“नीति र मापदण्ड तोकेर सशर्त अनुदानलाई एकमुष्ट दिने हो भने प्रदेशले आफ्ना प्राथमिकता तय गर्न सक्छ, यो विषयमा सङ्घ सरकारलाई सहमत गराउन आवश्यक छ”, उहाँले भन्नुभयो, “अहिले समानीकरणतर्फको बजेट पनि घटेर आएको छ, राजस्व बाँडफाँट पैसा पनि भनेजति आएको छैन, बजेट निर्माणमा प्रदेशलाई दबाब छ ।”

सङ्घीयताका विज्ञ यमनाथ शर्माले नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्दा प्रदेशले स्थानीय तहसँग समन्वय गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले क्षेत्रगत नीति तय गरेर त्यसमै आधारित कार्यक्रम र बजेट ल्याउन प्रदेश सरकारलाई सुझाव दिनुभयो । “नतिजामा ध्यान दिऔँ, काममा दोहोरोपना हटाऔँ”, उहाँले भन्नुभयो ।

शर्माले स्थानीय तहलाई सेवा प्रवाह र प्रदेश सरकारलाई आर्थिक तथा पूर्वाधार विकास गर्ने शासकीय एकाइका रुपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रदेश सरकारले पुँजी र प्रविधि सघन र स्थानीय तहले श्रम सघन कार्यक्रम तथा योजनामा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिमा बन्द हुँदा सरकारी अस्पतालमा बिरामीको चाप

चितवन। चितवनका दुई ठुला निजी शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भरतपुरका सरकारी अस्पतालहरूमा परेको छ । बिराम...

अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र तलब–भत्ता फिर्ता गर्न त्रिविको अन्तिम चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीलाई तलब–भत्ता तथा अन्य दायित्वको रकम फिर्ता गर्न अन्तिम पटक १...

बालकलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

बाजुरा। बाजुरामा जिपले बालकलाई ठोकेर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं(७ बस्ने २४ वर्षीया गोपाल वली...

टिपरको ठक्करबाट गौरादहमा एकको मृत्यु

दमक। झापाको गौरादहमा टिपरले किच्दा एक साइकल यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल...

वर्षायाममा सडक खन्न रोक, अनुमति बिना उत्खनन गर्न नपाइने

काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजनाभन्दा पुराना सम्पन्न गर्न जोड

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...

सरकारले ‘ब्लक बजेट’ को अवधारणा अपनाएको भन्दै नेकपा सांसद दुलालको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको यस्तो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...

सर्लाहीको गोडैता–५ का वडाध्यक्ष गुप्ता पक्राउ

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending