काठमाडैं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओला लिग प्रबन्धक संघ (एलएमए) को वर्षको उत्कृष्ट प्रशिक्षाक घोषित भएका छन् ।
गुआर्डीओलाले तेस्रोपटक यो ट्रफी जितेका हुन् । यसअघि म्यानचेस्टर युनाइटेडका सर एलेक्स फर्गुसनले यो ट्रफी तीन पटक जितिसकेका छन् । ५२ वर्षीय स्पेनिस गुआर्डीओलाले प्रिमियर लिगको वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि जितेका छन् । उनको टोलीले लगातार तेस्रो र ६ सिजनमा पाँचौं उपाधि जितेको थियो ।
गुआर्डीओलाले भने, ‘यो ट्रफी प्राप्त गर्न पाउनु अविश्वसनीय सम्मान हो । हामी विश्वको उत्कृष्ट लिगमा छौं र म तपाईंलाई वाचा गर्छु कि हामी अर्को सिजन त्यहाँ हुनेछौं ।’
गुआर्डीओला डेभिड मोयेसजस्तै तीन एलएमए प्रशिक्षक अवार्ड जित्ने तेस्रो प्रशिक्षक बनेका छन् । उनीहरुभन्दा अघि सर एलेक्स फर्गुसन दुई अवार्डले अघि छ । आर्सनलका मिकेल अर्टेटा, ब्राइटनका रोबर्टो डे जर्बी, न्युक्यासलका एडी होवे, बर्नलीका भिन्सेन्ट कोम्पनी र प्लाइमाउथका स्टिभन शुमाकर पनि वर्षको उत्कृष्ट व्यवस्थापकको सूचीमा परेका थिए । कोम्पनी र शुमाकरले क्रमश: च्याम्पियनसिप र लिग वन म्यानेजर अफ द इयर अवार्ड जित्न सफल भए ।
सिटीले शनिबार एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । जुन १० मा च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग खेल्दा त्यो खेलमा जितले ट्रेबल जित्ने मौका पाउनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: