Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

निर्माताले प्रियंकाको भित्री वस्त्र हेर्न चाहेपछि...

खबरडबली संवाददाता

काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले हालै एक अन्तर्वार्तामा बलिउडमा आफूसँग भएको एक घटना खुलासा गरेकी छन् । 

उनले विगतमा चलचित्र छायांकनको दौरान आफूलाई एक निर्माताले गरेको व्यवहारबारे उक्त अन्तर्वार्तामा उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘यो वर्ष २००२ वा २००३ को कुरा हो । एक चलचित्रको सुट चलिरहेको थियो । कथाअनुसार एउटा रोलमा मैले एक पुरुषलाई सेड्युस गर्नुपर्ने थियो । जहाँ मैले आफूले लगाएको एउटा कपडा खोल्नुपर्ने थियो । म उक्त पुरुषलाई सेड्युस गर्ने प्रयास गरिरहेको थिएँ । म त्यो कपडा खोल्दा पनि आफूलाई अप्ठ्यारो नपर्ने गरी आफ्नो चरित्र निभाउन चाहन्थे । तर, फिल्म मेकरलाई भने त्यो मञ्जुर थिएन । उनीहरुलाई मेरो अन्डरवेयर हेर्नु थियो । भन्दै हुनुहुन्थ्यो, ‘मलाई यस चलचित्रमा उनको अन्डरवेयर हेर्नुछ। नत्रभने यो फिल्म हेर्न दर्शक किन हलसम्म आउने ?’

प्रियंकाले उक्त कुरा आफूलाई सीधै नभनिएको सुनाइन् । 

‘उहाँले यो कुरा मलाई डाइरेक्ट भन्नुभएन । उहाँले मेरो अगाडि भएको स्टाइलिस्टलाई मैले सुन्ने गरी भन्नुभयो । त्यो मेरो लागि एकदमै अमानवीय क्षण थियो । एउटा चलचित्र चलाउन मलाई कसरी प्रयोग गर्ने भन्नेमात्र सोचिँदोरहेछ भन्ने महसुस भएको थियो । चलचित्रमा मैले गर्ने योगदान र मेरो कलाको कुनै महत्त्वपूर्ण रहेनछ भन्ने अनुभूति भइरहेको थियो’, उनले थपिन् ।

दुई दिन काम गरेपछि आफूले उक्त चलचित्र छाडेको प्रियंकाले बताएकी छन् । उनले जोडिन्, ‘दुई दिनपछि मैले चलचित्र छाडें । यो घटना थाहा पाएपछि मेरो बुवाले मलाई चलचित्र छायांकनमा मेरो लागि लागेको खर्च पनि आफ्नै पैसाबाट फिर्ता गर्न भन्नुभयो । उक्त व्यक्तिलाई म अहिले पनि सम्झिन चाहन्न ।’

अहिले प्रियंका बलिउडमात्र नभएर हलिउडमा पनि छाएकी अभिनेत्री हुन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending