Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

पलसँग चिढिँएकी पूजा- एकसाथ स्टेज चढिन् तर बोलिनन्

खबरडबली संवाददाता

काठमाडौं । शुक्रबार आयोजना भएको ‘सिने सर्कल अवार्ड’मा वि.सं २०७८ सालमा रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’बाट नायक पल शाह र नायिका पूजा शर्माले ‘बेष्ट पर्दाको जोडी’को अवार्ड प्राप्त गरे । 

यो अवार्ड घोषणा भैरहँदा नायक पल शाह हलमा थिए । तर, पूजा शर्मा कार्यक्रम स्थलमा आइपुगेकी थिइनन् । यसैले, पलले एक्लै स्टेजमा गएर यो अवार्ड थापे । 

यसको केही मिनेटपछि पूजा शर्मा हलमा प्रवेश गरिन् । सायद, पूजा आएको थाहा पाएर हुनसक्छ कार्यक्रम संचालक तथा आयोजक दिनेश डीसीले यही अवार्ड प्रदान गर्न पूजालाई फेरि स्टेजमा बोलाए । उनले, पूजासँग पललाई पनि स्टेजमा बोलाएका थिए । 

स्टेज नजिक भएकाले पल स्टेजमा पुगे र पूजालाई पर्खिए । पूजा केही समयपछि स्टेजमा चढिन् । सो समयमा पूजा र पलको खासै बोलचाल भएन । पाठकलाई जानकारी गराऔं कि, जेलबाट निस्किएको साढे २ महिनापछि पहिलो पटक पूजा र पल आमुन्ने सामुन्ने भएका थिए । 

पूजाले अवार्ड ग्रहण गरिन् । पलले पहिले नै अवार्ड लिइसकेका थिए । त्यसपछि, पूजाले पललाई तानिन् र स्टेजको केही अगाडिको भागमा लगिन् । दुबै जनाले क्यामेरातिर फर्किएर अवार्ड देखाए । 

तर, उनीहरुबिच त्यस्तो कुनै गफगाफ भएको वा दुबैले एक अर्काको अनुहारमा हेरेर खुशी साटेको देखिएन । यसपछि, दुबै जना स्टेजबाट फर्किएर आफू बसेको स्थानमा गएका थिए । 

अवार्ड सकिएपछि मिडियाकर्मीसँग कुराकानी गर्ने क्रममा पनि पूजाले पलसँग ‘हाई हेल्लो’ मात्र भएको बताएकी थिइन् । 

जेलबाट निस्किएपछि पल र पूजाको सम्बन्धमा तिक्तता आएको भन्ने खालका खबर सार्वजनिक भैरहेको समयमा एकसाथ स्टेज चढेर पनि यी दुई बेष्ट पर्दाका जोडीले खुलेर खुशी साट्न सकेनन् । यसले, यी दुइबिच राम्रै खटपट भएको वुझ्न सकिन्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending