काठमाडौं । यार्चा टिप्न हिमाली दार्चुला र बझाङका पाटन उक्लिएका ६ जना हिमपहिरोमा परेर बेपत्ता भएका छन् । दार्चुलाको व्यास–१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनका लागि बसेका बेला माथिबाट आएको हिमपहिरोमा पुरिएर ५ जना बेपत्ता भएका छन् ।
यार्चा संकलनका लागि पार्थी हिमाल क्षेत्रमा पुगेकी बझाङको सुर्मा–१ देवडीकी ३३ वर्षीया झल्लादेवी बोहोरा हिमपहिरोमा परेर बेपत्ता भएकी छन् ।
दार्चुलामा मंगलबार दिउँसो पौने ३ बजे आएको हिमपहिरोमा फसेका ७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
दार्चुलाको व्यासमा बेपत्ता हुनेमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, ईश्वरी थापा, क्षिभी सोमो थापा र दार्चुला दुहु–४ का कमला कुँवर र प्रवीण कुँवर रहेको प्रहरीले जनाएको छ ।
जोरायल–२ का खुर्पा थापा, छप्तेन थापा, पासाङ छरपेल बिष्ट, धुक्तेल थापा, हुम्लाको नाम्खा–५ का लाक्पा ग्याल्बो तामाङ, दार्चुला दुहु–४ का कलावती कार्की र अर्जुन कार्कीको सकुशल उद्धार गरिएको हो ।
भोलिङमा हिमपहिरो खसेको खबर पाएपछि व्यास–१ छाङरुमा रहेको नेपाल प्रहरी र सशस्त्रको गुल्मबाट उद्धारका लागि टोली गएको थियो । पालमुनि बसेका १२ जनामध्ये भाग्न सफल भएका ७ जनाको उद्धार गरिएको सीतापुल प्रहरी चौकीका असई प्रकाशबहादुर सिंहले बताए ।
उद्धार गरिएकामध्ये दुई जना सामान्य घाइते छन् । पानीसँगै हिउँ परिरहेका बेला हिमपहिरो आएको हो । छाङरुबाट तीन घण्टा हिँडेर प्रहरी घटनास्थल पुगेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: