काठमाडौं । सोमबार त्रिवि क्रिकेट मैदानमा युएईलाई १०६/९ को कमजोर अवस्थामा राखेको नेपाल एसिसी प्रिमियर कपको उपाधिनजिक छ । वर्षाका कारण फाइनलको पहिलो इनिङ्स २७.३ ओभरबाट अगाडि जान सकेन । मंगलबार ‘रिजर्भ डे’मा युएईले यही अवस्थाबाट खेल्नेछ । ह्याट्रिकनजिक रहेका नेपालका ललित राजवंशीले बलिङ गर्नेछन् । युएईको अन्तिम एक विकेट लिँदा नेपालले सहज लक्ष्य प्राप्त गर्न सक्छ । सोमबार वर्षाका कारण खेल रोकिनुअघि ललितले लगातार बलमा विकेट लिएका थिए । प्रतियोगिताको विजेतालाई सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा प्रतिस्पर्धा गर्ने अवसर छ । एसिसी प्रिमियर कपको विजेताले सीधै एकदिवसीय फम्र्याट र टी–२० विश्वकपका पूर्वविजेता भारत र पाकिस्तानसँग खेल्नेछ । युएई र नेपालबीच चलिरहेको उपाधि भिडन्तको रिजर्भ डेमा फेरि वर्षाले खेल बिथोलिदिन सक्छ । यदि, नेपालले लक्ष्य पछ्याउँदा झरीले प्रभावित पारे डिएलएस नियमअनुसार नयाँ लक्ष्य पाउनेछ । तर, यसका लागि नेपालले २० ओभरको खेल खेल्नुपर्छ । डिएलएस नियम लागू भएन भने उपाधिको छिनोफानो सम्भवतः सुपर ओभरबाट हुन सक्छ । सुपर ओभरमा समेत खेल गएन भने आइसिसीको एकदिवसीय वरीयताअनुसार विजेता घोषणा हुनेछ । यस्तो अवस्थामा नेपाल युएईभन्दा वरीयतामा माथि छ । आइसिसी एकदिवसीय वरीयतामा नेपाल १४औँ र युएई १९औँ स्थानमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: