Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

वर्षा राउतले किन लेखिन् कालो ब्याग्राउन्डमा ‘सम्झौता धेरै भयो’ ?

खबरडबली संवाददाता

काठमाडौं । नायिका वर्षा राउत मिडियामा खासै आएकी छैनन् । फिल्म ‘के घर के डेरा’ रिलिजको समयमा उनले आफ्नो व्यक्तिगत जीवनको बारेमा दिएको बयानले चर्चा पाएको थियो । 

उनै, वर्षाले मंगलबार लेखेको स्टाटसले फेरि मिडियाकर्मी र उनका फ्यानहरुको ध्यान तानेको छ । वर्षाले कालो ब्याग्राउन्डमा लेखेकी छिन्–‘अब समाज भन्दा आफ्नो मानसिक शान्ती रोज्दैछु । संझौता धेरै भयो ।’

उनले ‘म ति मानिसहरुको वरिपरी रहँदा थाकिसकेँ, जसले इमानदारिता र वफादारिताको अवधारणा वुझ्दैनन्’ भनेर समेत लेखिकी छिन् । वर्षाको यो स्टाटसले धेरैलाई अचम्मित बनाएको छ । 

उनले, आफ्नो अर्को पोष्टमा लेखेकी छिन्–‘यो संझौता भन्ने शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ?’

वर्षाको यो गम्भिर स्टाटसले उनको व्यक्तिगत जीवनमा केही हलचल भैरहेको वुझ्न सकिन्छ । केही समय अगाडि उनी र नायक संजोग कोइरालाबिच डिभोर्स हुन लागेको खबर समेत सार्वजनिक भएको थियो ।

त्यसपछि, वर्षाले दिएको अन्तरवार्तामा आफूहरुबिच झगडा परेपनि अहिले सबै राम्रो रहेको बताएकी थिइन् । तर, इन्स्टाग्रामको स्टोरीमा लेखेका यी शब्दले कतै उनको व्यक्तिगत जीवनमा केही भइरहेको त छैन भन्ने अड्कल लगाउन सकिन्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending