Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

भरतपुरमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

खबरडबली संवाददाता
चितवन । भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले बजेट नपुगेका कामदारलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै तालिम लिन चाहनेका लागि तालिममा पठाउन थालेको छ ।
 
कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७४ जनाले रोजगारी पाएका छन् । १८ जनालाई कामका लागि निजी क्षेत्रमा पठाइएको छ । पाँच जनाले ‘इन्टन’ गरिरहेका छन् । आउँदो वर्षका लागि आठ सय ९० जनाले महानगरको प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिइसकेका छन् ।
रोजगार संयोजक सन्देश वाग्लेका अनुसार नगर परिषद्ले यसवर्ष आठ  वडा छनोट गरेको थियो । गतवर्ष पाँच सय ९० जनाले आवेदन दिएका थिए । 
 
ती वडामा ७४ जनाले रोजगारी पाएको उहाँले जानकारी दिनुभयो । तीमध्ये पाँचवटा वडामा काम भइरहेको छ, भने दुई वटा वडामा कामदार छनोट भएर कामको तयारी भइरहेको छ । यसवर्ष रु ४४ लाख ८६ हजार मात्रै बजेट प्राप्त भएकाले सबैले रोजगारी नपाएका हुन् । यस कार्यक्रम अन्तर्गत सार्वजनिकस्थलका रुखमा रङगरोगन गर्ने, कुलो सफा गर्ने, झाडी फाँड्ने, खानेपानी पाइपलाईन विस्तार गर्ने, पार्क, विद्यालय, मन्दिर, ताल सरसफाइ गर्ने, गोरेटो बाटो निर्माण गर्ने जस्ता काम भइरहेका छन् । कामदारले दैनिक रु छ सय १२ पाउने छन् । छनोट भएकालाई एक सय दिन काम उपलब्ध गराइने छ ।
 
वडा कार्यालयले कामको छनोट गरी सिफारिस गरे अनुसार काम गराइदै आएको छ । ती कामदारलाई बुट, पञ्जा, हेल्मेट, कपडा जस्ता सामग्री महानगरपालिकाले उपलब्ध गराएको छ । वाग्लेले सूचीकृत भएका कामदारलाई सरकारी र निजी क्षेत्रमा कामका लागि पठाउने गरी संयोजनको काम गरिरहेको बताउनुभयो । यस वर्ष हालसम्म १८ जनालाई निजी विद्यालय, क्याम्पस, शैक्षिक परामर्श केन्द्र, अटो पसल, होटल, उद्योग लगायतमा पठाइसकिएको छ ।
 
नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमा सहकार्य गरेर पाँच जनालाई इन्टन गर्न पठाइएको उहाँले बताउनुभयो । उद्योग सङ्घ चितवनसँग सहकार्य गरेर रोजगार पोर्टल सञ्चालन ल्याउन लागिएको छ । यससँगै कामदार र रोजगारदाता कम्पनीलाई एकआपसमा जोडेर रोजगार दिइने छ । यसै कार्यालयले श्रम स्वीकृतिको कामसमेत गरेको छ ।
 
विसं २०७५ बाट यो कार्यक्रम सुरु भएको हो । गत वर्ष ८५ जनालाई रोजगारी दिइएको थियो । महानगर प्रमुख रेनु दाहालले महानगरभित्र बसोबास गर्ने बेरोजगारको पहिचान गरी उनीहरुलाई रोजगारसँग जोड्ने यो कार्यक्रम पहिलेभन्दा प्रभावकारी हुँदै गएको बताउनुभयो । उहाँले महानगरको सौन्दर्यकरण र विकास निर्माणलाई यस कार्यक्रमसँग जोडेर लैजाने तयारी गरिएको बताउनुभयो । जति गर्नपर्ने हो गर्न नसकिएको भन्दै आगामी दिनमा कार्यक्रम थप प्रभावकारी बनाइने बताउनुभयो ।
 
स्थानीय समाजसेवी धर्म कार्कीले बेरोजगार भएर हातमुख जोर्न नसकेकाहरुले काम पाएसँगै उनीहरुको जीविकोपार्जनमा सहयोग पुगेको बताउनुभयो । देशमै विकासको नमुना काम भइरहेको भरतपुर महानगरका बासिन्दा बेरोजगार हुन नपर्नेगरी महानगरले काम अघि बढाएको जनाउँदै उहाँले सबैले सहयोग गरेर कार्यक्रम सफल बनाउनु पर्ने बताउनुभयो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीनै तहको सरकारसँग सहकार्य गर्दै स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित छ: श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...

भारतको नयाँ मापदण्डका कारण इलामका चिया उद्योग ठप्प, सरकार मौन रहेको सांसद राईको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...

जुम्लाको तातोपानीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण , एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण जारी, एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

आफ्नो भुमिकामाथि प्रश्न उठेपछि सभामुख अर्यालले गराए नियमावलीको स्मरण

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, रास्वपाद्वारा अभिव्यक्ति हटाउन माग

काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...

अन्तरजातीय विवाह गर्ने ११ दम्पती नगदसहित सम्मानित

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ ।  दुई वर्षअघिको बाढी...

कालीमाटी–बल्खु क्षेत्रमा यात्रु हैरानी गर्ने ३५ जना पक्राउ

काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending