Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

‘बुलाकी’ शो नपाएपछि २ दिनमै हलबाट फिर्ता

खबरडबली संवाददाता

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलाकीलाई निर्माण टिमले हलबाट निकाल्ने घोषणा गरेको छ।

दर्शकबाट राम्रो प्रतिक्रिया पाए पनि घेराबन्दीमा पारेर निर्माता डुबाउने खेल गरिएको भन्दै फिल्मलाई हलबाट निकाल्ने निर्णय गरिएको कलाकार तथा निर्माता विराज विष्टले जनाएका छन्। 

उनकाअनुसार आइतबारदेखि नै फिल्मलाई हलबाट फिर्ता लिने निर्णय निर्माण पक्षले गरेको छ। उनले फिल्मलाई हलबाट निकाल्नुका ६ कारण पनि उल्लेख गरेका छन्।

दर्शकको राम्रो प्रतिक्रिया हुँदाहुँदै चलचित्रलाई हल व्यावसायीले गरेको अपहेलना, प्राप्त सबै शोज अफटाइममा, मोफसलका मुख्य स्टेशनमा १ शो पनि उपलब्ध नगराएको,  प्रायः सबै शोज बिहान मात्रै दिएको, दोस्रो दिनबाटै ७०५ शो कटौती गरेको र अग्रिम बुकिङमै न्यून शोज उपलब्ध गराएको आरोप उनले लगाएका छन्।

सुरक्षा पन्त, नरेन खड्का र डेब्यु अभिनेता विराज विष्टको मुख्य भूमिका रहेको फिल्म कर्णाली प्रदेशमा विद्यमान जारी प्रथाबारेमा केन्द्रित छ।

कर्णाली प्रदेशमा बोलिने खस भाषालाई सिनेमामा संवादका रुपमा प्रयोग गरिएको छ।  ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह-अवरोहलाई प्रस्तुत गरिएको छ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा मोति विष्टको प्रस्तुति रहेको सिनेमा शिव ढकालले खिचेका हुन्। अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राजबहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता विष्टको पटकथा तथा संवाद छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending