काठमाडौं। मनीष डाँगीको निर्णायक गोलको मदतले नेपालले शुक्रबार लाओसलाई २–१ ले पराजित गर्दै थ्री नेसन्सकपको उपाधि जितेको छ ।
उनले खेल सकिन तीन मिनेट अगाडि गोल गरे । खेल अतिरिक्त समयतर्फ अग्रसर भएको बेला अञ्जन विष्टले सिर्जना गरेको अवसरमा मनीषले गोल गरेका हुन् ।
नेपालले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको हो ।
नेपालले यसअघि सन् २०२१ मा बंगलादेश र कीर्गिस्तान यू–२३ टिम सम्मिलित थ्री नेसन्सकप जितेको थियो । यस जितसँगै नेपालले पाँच हजार डलर पनि हात पारेको छ । नेपाल पूरा प्रतियोतिगामा अपराजित रह्यो । यसअघि लिग चरणको खेलमा नेपालले लाओसलाई नै २–० ले हराएको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो ।
दशरथ रंगशालामा भएको खेलमा लाओसले १७ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि ‘डिफ्लेक्ट’ भएको बलमा साङभिलले गोल गरे । लाओसको अग्रता लामो समय भने टिकेन् । नेपाल २४ औं मिनेटमा गोल फर्काउन सफल रह्यो । एरिक विष्टको पासमा आयुष घलानले गोल गरे । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको लाओसले त्यसलाई दोस्रो हाफमा दोहाउन सकेन् ।
दोस्रो हाफ पूर्णतः नेपालको पक्षमा रह्यो । आयुषले ६१ औं मिनेटमा नजिकको दूरीबाट गरेको हेड पोस्टको केही माथिबाथि बाहिरिएको थियो । यस्तै खेलका ६८ औं मिनेटमा निशान खड्काले प्रहार गरेको फ्रि किक पोस्टमा लागेर फर्केको थियो । मनीषले ७५ औं मिनेटमा गरेको प्रहारले पोस्टको दिशा लिए पनि त्यो ‘अफ साइड’ मा रह्यो र त्यसले मान्यता पाएन् ।
‘फिफा विन्डो’ मा नपरेको हुनाले यो खेलको औपचारिक अन्तर्राष्ट्रिय मान्यता भने हुने छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: